pani-1786865868.jpg
Friday, 09 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

पर्यटन

कार्यविधि बन्नासाथ चित्लाङको भ्युटावर संचालन हुन्छ:-नगर प्रमुख

FB_IMG_1691577586975-1691577779.jpg

प्रदेश सरकारले निर्माण गरेको ‘भ्यु टावर’ लगायतका यी पर्यटन पूर्वाधार सञ्चालन र व्यवस्थापन गर्न स्थानीय तह इच्छुक देखिएका छन् । 
प्रदेश सरकारको लगानीमा काठमाडौँको पश्चिममा रहेको मकवानपुरको थाहा नगरपालिका–९ मा पर्ने चित्लाङ ‘हिल स्टेसन’ निर्माण सम्पन्न भइसकेको मकवानपुर थाहा नगरपालिकाका प्रमुख विष्णुबहादुर विष्टले जानकारी दिए ।

“काठमाडौँनजिकै भएकाले आन्तरिक पर्यटकको बाक्लो उपस्थिति हुने गरेको छ, प्रदेश सरकारले बनाएका यी पूर्वाधार हामीलाई हस्तान्तरण गरेलगत्तै कार्यविधि बनाएर सञ्चालन र व्यवस्थापन गर्छौं,” नगरप्रमुख विष्टले भने ।
मकवानपुर जिल्लाको चित्लाङ ‘हिल स्टेसन’ निर्माणका लागि प्रदेश सरकारले दुई करोड ९९ लाख ४१ हजार ८७३ रुपियाँ उपलब्ध गराएको थियो ।
प्रदेश सरकारको लगानीमा बनेको ‘भ्यु टावर’ हस्तान्तरण भने हुन बाँकी छ । बागमती प्रदेश सरकारको निर्माण भएका पर्यटकीय पूर्वाधारको प्रभावकारी सञ्चालन, दिगो व्यवस्थापन एवं समुचित उपयोगका लागि कार्यविधि निर्माण भइरहेको छ । यसका लागि तयार गरिएको पर्यटन पूर्वाधार सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७९ को मस्यौदा सहमतिका लागि साउन ९ गते आर्थिक मामिला तथा योजना मन्त्रालय पठाइएको छ ।

मस्यौदामा निर्माण सम्पन्न भइसकेका ‘भ्यु टावर’ स्थानीय तहलाई हस्तान्तरण गरिने प्रावधान छ । स्थानीय तहले व्यवस्थापन गर्न नसके निजी क्षेत्रलाई र वन क्षेत्रमा बनेका ‘भ्यु टावर’ सम्बन्धित सामुदायिक वनलाई व्यवस्थापनको जिम्मा दिने गरी मस्यौदा तयार गरिएको पर्यटन विकास आयोजना हेटौँडाका प्रमुख रोशनकुमार श्रीवास्तवले जानकारी दिए ।

कार्यविधिको मस्यौदामा पर्यटन पूर्वाधार वा सम्पदा परिसर प्रवेशमा लाग्ने प्रवेश शुल्कलगायतका शुल्क स्थानीय तहले तोकेबमोजिम हुने र निजी क्षेत्रको हकमा सम्बन्धित स्थानीय तहसँग समन्वय गरी शुल्क निर्धारण गर्न सकिने उल्लेख छ । पूर्वाधारको सेवा शुल्कबाट प्राप्त रकमको कम्तीमा १० प्रतिशत पर्यटन पूर्वाधार वा सम्पदाको संरक्षण, प्रवर्धन र विकासमा खर्च गरिनुपर्ने व्यवस्था छ । 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...