himalen-2083-1778725505.jpg
Sunday, 31 May, 2026
jkmv2083-1778723862.jpg

पर्यटन

अर्को रुट तयार पार्नुस हामी फेरि आउछौं ,

FB_IMG_1688883337456-1688883398.jpg

राजाराम फुँयाल नयाँ पदयात्री होइनन् । उनी हप्तैपिच्छे एक्लै भएपनि पदयात्रामा रमाउने व्यक्ति हुन् । पेशाले उनी प्रेसका संचालक हुन । तर, उनमा व्यवसायिकतासंगै पदयात्रामा असाध्यै रमाउने व्यक्ति हुन् । उनको ‘ह्याप्पी हाइकर’ नामको टिम नै छ । यहि टिममा करिब ५ सय ७८  जनाजती छन् । टिमको नेतृत्व भने उनै पदयात्री फुयाँलले गर्दछन् ।

फुयाँलको टिम व्यवसायिक नभई प्रवद्र्धनात्मक हो । नयाँ ठाउँ (ट्रेकिङ रुटहरु) सार्वजनिक गर्ने र प्रवद्र्धन गर्ने यो टिमको उद्देश्य हो । टिममा खर्च भएको कुललाई घुम्न जाने व्यक्तिले दामासायी भागमा पर्ने पैसा तिर्छन् र, घुम्छन् । यो पारदर्शिताको नमुना पनि हो । अघिल्लो साताको शनिबार १६ असारमा ‘ह्याप्पी हाइकर’ टिम थाहानगरको टिष्टुङ आएको थियो । त्यहाँको नर्बे ढुङ्गा, खुकरी पार्क, मुस्कान झरना, मुलाबारी चौर (प्रस्तावित राष्ट्रिय विभूति पार्क) लगायतको क्षेत्र उनीहरुले घुमेका थिए । यो घुमफिरको दृश्य थाहानगरका फोटो पत्रकार गणेश विष्टले नियाली रहेका थिए । विष्ट थाहाका पर्यटन प्रवद्र्धनका लागि योगदान दिने व्यक्ति हुन् । उनी पर्यटकीय क्षेत्रको फोटो खिच्छन्, समाजिक सञ्जाल र सञ्चार माध्यममा प्रेषित गर्छन् ।

‘ह्याप्पी हाइकर’ टिमलाई थाहानगरका फोटो पत्रकार गणेश विष्टले खिचेको फोटोले ध्यान तान्यो । मुख्यतः पछिल्लो समय चर्चामा रहेको आग्राको उनीउ चौरले मोहित तुल्यायो । टिम लिडर फुयाँलले विष्टलाई फेसबुकै पछ्याइहाले । फुयाँलको रिक्वेस्ट विष्टलाई आयो, फेसबुकमा साथी भने र यहाँको विषयमा कुराकानी हुन थाल्यो । तर, थाहानगरको आग्रामा रहेको उनीउ चौर सम्मको ट्रेकिङ रुट कम्लिट थिएन । बरु, यसको शुरुवात आवश्यक थियो । यहि कुरालाई लिएर पालुङका होमस्टे व्यवसायी माधव कार्की, यादवजंग रायमाझी र अरु केही उनका साथीहरुसंग हाइकिङ रुट बनाउनमा विष्टले छलफल चलाए । औपचारिक अनौपचारिक छलफल पश्चात् रुटको ड्राफ्ट तयार गरे । उनका साथीहरुले प्राविधिक सहयोग पनि गरे । विष्ट र कार्कीको ‘कन्सेप्ट’लाई साथीहरुले खुलेर सघाए । नाम राखियोे–‘पालुङ–आग्रा ट्रेकिङ रुट ।’ यो कुरा विष्टले बारम्बार फुयाँललाई अपडेट दिइरहेका थिए । २३ असारमा ‘ह्याप्पी हाइकर’ टिम आउने पक्का भयो । अतिथीहरुलाई स्वागत गर्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरु एकमत भए । सबैले आ–आफ्नो ढंगले प्रचार गरे । सबैको उद्देश्य एउटै थियो–‘थाहाको पर्यटन प्रवद्र्धन गर्ने, २३ असारमा हुने–‘पालुङ–आग्रा ट्रेकिङ’ सफल पार्दै ट्रेकिङ रुटलाई प्रचार गर्ने ।

पर्यटकलाई स्वागत, ट्रेकिङको शुरुवात

‘ह्याप्पी हाइकर’ टिम थाहानगरको शिखरकोट आउने वित्तिकै जनप्रतिनीधि र स्थानीयले स्वागत गरे । ट्रेकिङ रुटको शुरु बिन्दु नै शिखरकोट विकास घर स्थित रुपचन्द्र विष्टको शालिक भएकोले पनि अथितीहरुलाई यहिँ टिका लगाएर स्वागत गरिएको थियो । अतिथीहरुलाई थाहा नगरपालिकाका ३ नम्बर वडाध्यक्ष हिरेन्द्रकुमार रायमाझी तथा अन्य स्थानीयहरुले भव्य स्वागत गरे । बाटोमा स्थानीयहरु पनि टिममा मिसिँदै ट्रेकिङमा सहभागी भए ।

वडा नम्बर ३ कै गोरखनाथ मन्दिर पुगेका टोलीलाई मन्दिर संरक्षण समिति र स्थानीयहरुले माला लगाएर स्वागत गरे । यो ठाउँबाट धार्मिकका साथै दृश्यावलोकनका लागि प्रशिद्ध छ । यहाँबाट दामनपालुङको फाँट, ऐतिहाँसिक गोपाली बस्ती तथा पालुङ क्षेत्र अवलोकन गर्न सकिन्छ । यस स्थानबाट कतै खेतको डिलैडिलको बाटो, कतै गोरेटो बाटो हुँदै पालुङ शहर पुगेको ट्रेकिङ टोलीलाई पालुङको महिला नौमती बाजा समूहले स्वागत गरेको थियो । महिला समूहले बजाएको बाजामा उनीहरु छमछमी नाचे, रमाए । टोलीका सदस्यहरुलाई पाण्डुकेश्वरमा मन्दिर क्षेत्र विकास समिति र स्थानीयले मन्दिर परिसरमै स्वागत गरे । खानेपानीको समेत व्यवस्था गरेका उनीहरुले संगै बसेर फोटो खिचाए । मन्दिरको विषयमा बेलीविस्तार लगाए, घुमफिरका लागि आइरहन अनुरोध पनि गरे ।

विहानै काठमाण्डौंबाट हिँडेका भएकोले टोलीको खानपानको व्यवस्था पालुङको प्रशिद्ध ‘डाँडाघरे बा को होमस्टे’ मा तय भएको थियो । ट्रेकिङमा नाच्दै रमाउँदै टोली होमस्टे पुगेर रैथाने खान्कीमा झन खुलेर रमाए । होमस्टे संचालक माधव कार्की आफै किसान भएकोले उनले आफ्नै बारीमा फलेका तरकारी छानी छानी पकाएका थिए । आफ्नै गोठमा पालेका गाईको दुधका परिकार अतिथीहरुले चाख्न पाए । होमस्टेबाटै नजिकै रहेको पाथीभरा मन्दिर, भकारी ढुङ्गा, ऐतिहाँसिक पालुङगढीलगायतको वरीपरीको क्षेत्रको विषयमा टोलीलाई स्थानीयहरुले पालै पालो बताए ।

होमस्टेको स्वागत र खानपान पछि ट्रेकिङको मुख्य आकर्षण उनीउ चौरतर्फ टोली अघि बढ्यो । टोलीले प्राकृतिक मनोरमताको अनुभव गर्दै डाँडाडाँडाबाट दृश्यावलोकन स्थानीयपनको अनुभव गर्दै उनीउ चौर पुगेको थियो । उनीउ चौरमा थाहा नगरपालिका वडा नम्बर ७ को कार्यालयको व्यवस्थापनमा तामाङ ड्याङ्ग्रो नाच प्रदर्शन सहित अतिथीहरुलाई स्वागत गरिएको थियो । उनीउ चौर पुगेका सबैले खोजेको र रोजेको ठाउँ पाए झै गरे । सबै थकान शुन्यमा झ¥यो । चौरमा रमाउँदै डाँडाबास पार्क पुगेका ट्रेकिङ टोलीलाई स्थानीय हिमशखिर बचत तथा अण सहकारी संस्थाका सदस्यहरुले उनीहरुलाई स्वागत गरे । घरैपिच्छे घडा राखेर पर्खिरहेका अथितीलाई स्वागत गर्न पाउँदा स्थानीयहरु निकै हौसिएको रत्न बहादुर गोले प्रतिक्रिया दिए ।

अतिथीहरु आउनु पहिले नै विहानै त्यो रुटमा ठाउँ ठाउँमा स्वागत व्यानर राख्न भ्याइ सकिएको थियो । यसका लागि विहानैबाट भगिरथ कार्की, विक्रम मल्ल र शुसान्त गोपाली खटिएका थिए । पर्यटकहरु डाँडाबास पुग्दा झमक्कै साँझ परेको थियो । विभिन्न संघस.स्थामा आवद्ध रहेका ट्रेकिङ टोली २३ असार बेलुकी नै काठमाण्डौं फर्केका छन् । उनीहरुले यात्रामा सहयोग गर्ने, सहकार्य गर्ने सबैलाई धन्यवाद दिए । र, फुयाँलले भने–‘हामी फेरि आउँछौं, अर्को रुट तयार गर्नुहोस, प्रचार हामी गर्छौ ।’

फोटो:-गणेश बिष्ट 

FB_IMG_1688883334944-1688883461.jpg
FB_IMG_1688883332544-1688883461.jpg
FB_IMG_1688883327081-1688883487.jpg
FB_IMG_1688883329716-1688883487.jpg
FB_IMG_1688883324650-1688883517.jpg
FB_IMG_1688883321837-1688883517.jpg
FB_IMG_1688883316184-1688883559.jpg
FB_IMG_1688883309286-1688883559.jpg
FB_IMG_1688883305420-1688883604.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

थाक्रे–७को ढुङ्गा खानीमा मृत्यु प्रकरणले त्रिभुवन राजमार्ग अवरुद्ध,आशिका तामाङ पनि पुगिन
InShot_20260523_135114427-1779523599.jpg

धादिङ,९ जेठ – धादिङको थाक्रे गाउँपालिका वडा नं. ७ स्थित बज्रकाली रोडा ढुङ्गा उद्योगमा त्रासमय घटना भएको छ।...

रास्वापा थाहा नगर वडाः ४ को नयाँ कमिटी गठन:-हेर्नुस को को छन?
FB_IMG_1779522224539-1779522388.jpg

थाहा नगरपालिका,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) को ४ न वडा अधिवेशन सम्पन्न भएको छ। थाहा नगर सभापति श्री...

संसद् पुग्यो थाहा नगरमा फलेको आलुको भाउ, सांसद् उप्रेती भन्छन्-‘आलुकै भात, आलुकै तरकारी’
InShot_20260519_151146898-1779182836.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद प्रशान्त उप्रेतीले मकवानपुरका सडकको अवस्था खराब रहेको बताएका छन्...

khane-1774766593.png