Saturday, 04 May, 2024
पर्यटन

एभरेस्ट पानोरोमा छिट्टै, पुनः संचालनमा आउदै,

maxresdefault_1-1653671646.jpg

करिब तीन दशक अघि (२०४९ मा ) निर्माण भएको थाहा नगरको पहिलो सुबिधा सम्पन्न तीन तारे होटेल  एभरेष्ट पानोरामा रिसोर्ट यसै वर्षदेखि  संचालनमा आउने भएको छ।पश्चिम भारत केरलाबाट नेपाल भ्रमण गर्न आएका मृतकहरुको  असाबधानीले कोठामा  ग्यास हिटरको प्रयोग गर्दा निसास्सिएर दुई परिवारका ८ जना व्यक्तिहरु  ४ बालबालिका र ४ अभिभावकहरुको  २०७६ साल फागुन २६ गतेको दिन दु:खद निधन भए पश्चात् सो रिसोर्ट बन्द भएको थियो,साथै त्यसै वर्षदेखि  कोरोना महामारीको उत्पत्ति भएकोले लामो समयसम्म उक्त रिसोर्ट बन्द हुन पुगेको हो।  

४  परिवारका १५ जना समुहमा आएका पर्यटकहरु पोखराको बसाइँ सकाएर दिउँसोको करिबन १२:०० बजे त्यहाँबाट हिडेका थिए र उनिहरु एभरेष्ट पानोरामा रिसोर्टमा रातको ०९:०० बजे आईपुगेका थिए। खाना खाईसकेपछी ती मध्य २ परिवारका अभिभावकहरुले रातको ०१:३० बजे होटेलका कर्मचारीहरु कसैलाई पनि नभनी आफुखुसी रेस्टुरेन्टमा प्रयोग गर्न राखिएको ठूलो क्षमताको ग्यास हिटर एकजनाको कोठामा लगि प्रयोग गरेका थिए र संगैको अर्को  कोठामा बस्ने परिवार पनि हिटर ताप्न आएका थिए। लामो यात्रा,थकान अनि हिटरको न्यानो रापले सबैजना भुसुक्कै निदाए,जो जहाँ जसरी पल्टेका थिए त्यसतै अवस्थामा देह त्याग  गरे,कोहि सोफामा,कोहि खाटमा त कोहि भुइँमा लडेका थिए। सो दु:खद घटनाले अन्तर्राष्ट्रिय पर्यटन क्षेत्रमा ठुलो हलचल ल्याएको थियो।

यी सबै घटनाहरुको बाबजुद  एभरेष्ट पानोरामा रिसोर्ट पुनः  आफ्नो ऐतिहासिक सानलाई जिवन्त पार्न सकृय भएको छ। यो कदम साच्चै  नै  सराहनीय छ। एभरेष्ट पानोरामा रिसोर्ट र दामन भ्यु टावर रिसोर्टको भौतिक पुर्बाधारहरुको मर्मत,सम्भार गरि नयाँ शैलीले संचालनमा ल्याउने हो भने दामन-सिमभन्ज्याङ पुनः एकपटक चम्कने छ र कहिल्यै छायामा पर्ने छैन।

एभरेष्ट पानोरामा रिसोर्टको भौतिक पुर्वाधार मर्मत,व्यवस्थापन एबं नयाँ संरचनाहरु निर्माणको निम्ति खटिएका एक कर्मचारी नितेश अमात्यका अनुसार  रिसोर्टको प्राबिधिक पक्षहरुलाई  सुधार गर्दै पर्यटन आकर्षणको लागि नयाँ आयामहरु जिप लाइन,ए.टि.भि.मोटरबाइक  (ATV ) संचालनमा ल्याइने  जानकारी गराउनुभयो। साथै दोहोरी साँझ,नेपाली टिपिकल परिकारहरु र अन्य मनोरञ्जनका विकल्पहरु पनि थपिने बताउनुभयो। यो रिसोर्टको व्यवस्थापन पहिला फर्चुना इन्टरनेसनल प्रा.लि.मार्फत हुने गर्दथ्यो भने अब यसको व्यवस्थापन स्वयंले गर्ने भएको छ। हाल यो रिसोर्टमा निर्माण कार्य भैरहेकोले सर्वसाधारणलाई प्रवेशमा निषेध गरिएको छ।

https://thahapati.com/public/images/users/Untitled-2-1626087684.jpg
दावा शेर्पा
dawa@tahhapati.com

दावा शेर्पा थाहापाटी अनलाईनका रिपाेर्टर हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५९०६००२


world-link-1690434568.jpg
प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...

ऐलेको ब्यवस्था ल्याउन मजदुरको योगदान महत्त्वपूर्ण : कुमारी मोक्तान
1714614339309-1714614354.jpg

हेटौंडा १९ बैशाख/ऐलेको ब्यवस्था ल्याउन मजदुरहरुको योगदान महत्त्वपूर्ण भएको नेकपा माओबादी केन्द्रकी केन्द्रीय...

पत्रकार शन्तराम बिडारीको ‘आमसञ्चारको परिचय’
Aamsancharko-Parichya-768-1714570744.jpg

शन्तराम बिडारी विगत एक दशकदेखि पत्रकारिता तथा आम सञ्चार विषय अध्यापन गर्दै आइरहेका छन् भने हाल त्रिभुवन...

जन्मदिनको अवसरमा सुशान्त गोपाली द्वारा घाटदेवीका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
1714493660372-1714493682.jpg

पालुङ जेसीज बर्ष २०२४ का जनसम्पर्क अधिकारी सुसान्त गोपालीले आफ्नो जन्मदिनको अवसर पारेर थाहा नगरपालिका वडा न २...