Saturday, 04 May, 2024
पर्यटन

ऋषेश्वर क्षेत्रमा प्राचीन हवनकुण्ड पत्ता लाग्यो।

Screenshot_20220616-20123-1655391636.png

थाहा नगरपालिका वडा नं.४ दामन-सिमभन्ज्याङमा अवस्थित प्रख्यात धार्मिक पर्यटकिय गन्तव्य  ऋषेश्वर महादेव मन्दिर तथा छ्युमी झ्याङ्झ्युप गुम्बा क्षेत्र जहाँ बौद्ध धर्म गुरु रिन्पोछे(पद्मसम्भव) ले परापुर्ब समयमा  तपस्या गरि बिबिध सिद्धी प्राप्त गरेका थिए। सो  स्थानमा आज माओवादी केन्द्र,थाहा नगर कमिटीको अध्यक्ष बिनोद लामा,वडा नं.४ को अध्यक्ष नारायण लामा लगायत स्थानीय पर्यटन व्यवसायीहरुद्वारा यस पुण्य क्षेत्रको सम्भावित धार्मिक पर्यटन बिकास र प्रबर्द्धनको निम्ति अवलोकन गरेका छन। टोलिले गुरु पद्मसम्भवले प्रयोग गरेको ओदान आकारको ढुङ्गा (हवन कुण्ड) , तारेभिर लगायत आसपासका क्षेत्र  अवलोकन गरेको छ। यस क्षेत्रको बिकासको लागि आवश्यक भौतिक संरचनाहरु निर्माण गर्न सकिने वा के गरेर यश क्षेत्रको बिकास गर्न सकिन्छ भनी अवलोकन गरियको वडा न ४ का अध्यक्ष नारायण लामाले बताए। यहि स्थान भएर समुद्री सतहदेखी २,५०० मिटर उचाइमा रहेको पर्यटन बिकासको लागि ठूलो सम्भावना बोकेको तारेभिरको अवलोकन गर्दै सिमभन्ज्याङ फनपार्क सम्मको पैदल यात्रा अनुगमन टोलीले गरेका थिए। सिमभन्ज्याङ फनपार्क देखि तारेभिर, ऋषेश्वर महादेव मन्दिर र गुम्बा जोड्ने प्राचीन पैदलमार्गको स्तर उन्नति गरि धार्मिक पर्यटकहरुलाई सेवा-सुबिधा  दिने गरि त्यस पुण्य क्षेत्रको बिकास गर्न सकिने  माओवादी केन्द्रका नगर अध्यक्ष बिनोद लामाले बताउनुभयो।

https://thahapati.com/public/images/users/Untitled-2-1626087684.jpg
दावा शेर्पा
dawa@tahhapati.com

दावा शेर्पा थाहापाटी अनलाईनका रिपाेर्टर हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५९०६००२

Screenshot_20220616-20124-1655391669.png
Screenshot_20220616-20121-1655391670.png

world-link-1690434568.jpg
चित्लाङ चन्द्रागिरी सडकमा लोडरले किच्दा एकजनाको ज्यान गयो।
FB_IMG_1714829160942-1714829186.jpg

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शनिबार दिउँसो सो सडकको...

प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...

ऐलेको ब्यवस्था ल्याउन मजदुरको योगदान महत्त्वपूर्ण : कुमारी मोक्तान
1714614339309-1714614354.jpg

हेटौंडा १९ बैशाख/ऐलेको ब्यवस्था ल्याउन मजदुरहरुको योगदान महत्त्वपूर्ण भएको नेकपा माओबादी केन्द्रकी केन्द्रीय...

पत्रकार शन्तराम बिडारीको ‘आमसञ्चारको परिचय’
Aamsancharko-Parichya-768-1714570744.jpg

शन्तराम बिडारी विगत एक दशकदेखि पत्रकारिता तथा आम सञ्चार विषय अध्यापन गर्दै आइरहेका छन् भने हाल त्रिभुवन...