gumba-1715660528.jpg
Thursday, 16 May, 2024
पर्यटन

अबको पर्यटकिय गन्तव्य – कुन्छाल
–निराजन गोेपाली

       मकवानपुर जिल्लाको उत्तरी भेगको भौगोलिक भू–वनोटको आधारमा सुविधा सम्पन्न वडाको रुपमा बज्रवाराहीलाई लिन सकिन्छ । शिक्षा, स्वास्थ्य, सडक संजाल संचार र खानेपानी आदिको राम्रो व्यवस्था भएको यस ठाउ“को पुरानो नाम टिष्टुङ हो । अर्थात टिष्टुङ उपत्यकाको नामले परिचित यस ठा“उ प्राकृतिक वातावरण को   कारणले पनि सबैको रोजाइमा पर्न सफल भईसकेको छ । चारैतिरबाट वन जंगलले घेरिएको तथा बीचमा समथर खेतीयोग्य जमिन रहेको भूवनोट असाध्यै रमणिय छ । विषेशगरी वडागत रुपमा बाहुन, क्षेत्री, ठकुरी, नेवार, तामाङ, गुरु·, तथा विभिन्न दलित जातजातिहरुको बसोवास रहेको कारणले पनि यसको छुटै विषेशता रहेको छ ।      

    राज्यको आ“खाबाट ओझेल परेको यस ठा“उका विभिन्न क्षेत्रहरु तथा गाउ“हरु पर्यटकिय गन्तव्य बनाउन सकिने आधारहरु प्रसस्तै छन् । वज्रबाराही अन्तरगत कुन्छाल गाउ“ एउटा पर्यटकिय गन्तव्यको रुपमा विकास गर्ने हो भने यस गाउ“को मात्र विकास नभइ सिंगै नगरको लगायत उत्तरी क्षेत्रकै पर्यटनको विकासमा टेवा पु¥याउन कुरामा आशावादी हुन सक्छौ । 
 उत्तरी मकवानपुरको थाहा नगरपालिका वडा नं. मा कुन्छाल गाउ“ रहेको छ । यस गा“उ सम्म पुग्न सदरमुकाम हेटौडाबाट त्रिभुवन राजपथ हदै ६५ किमि तथा भिमफेदी कुलेखानी मार्खु हुदै ५५ किमि को यात्रामा पुग्न सकिन्छ । यसै गरी राजधानी काठमाडौबाट त्रिभुवन राजपथ हुदै ६० किमि , थानकोट चित्लाङ कच्ची बाटो हुदै ३० किमि तथा फर्पि· फाखेल मार्खु हुदै ५५ किमि को दुरीमा पुग्न सकिन्छ । यस ठाउ“सम्म पुग्नको लागि हाल ति सबै मार्गबाट सहज यातायातको व्यवस्था रहेको छ ।

चारैतिर देखिने पूर्वी मोहडा सिरानमा लाली गुरा“सको घना जंगल तथा त्रिभुवन राजपथ रहेको यस गाउ“को पुछार बाट कुन्छाल कुलेखानी सडक पार गरेको छ । यसैगरी कुन्छाल खोला बगेको छ । गा“उबाट अगाडि देखिने खेतका समथर गह्राहरुको दृश्यावलोकन अतिनै लोभलाग्दो छ । गा“उको १० मिनेटको दुरीका रहेको बज्रवाराही माइको मन्दिर सगै बगेको खोला अगाडिको घना जंगल समथर चौर माथिरहेको फलफुल बगैचा आदि स्थानहरु लाग्छ स्वर्गको एउटा टुक्रा नै हो । 
      विशेषगरी नेपालको इतिहासमा प्रथम शासक भनेर चिनिने गोपाली जातिहरुको एकल बसोवास रहेको यस गाउ“मा करिव २४० घरधुरी रहेको तथ्यांक छ । अन्य जातिहरुको उपस्थिती नरहेको यस गा“उका बासिन्दाहरुको आफ्नै मौलिक चाल चलन परम्परा रितीरिवाज कला संस्कृति, भेषभूषा आदि रहेको छ । यहा“ बनेका घरहरु प्राय ः एकै प्रकारका छन भने अधिकांश घरहरुको छानो टायलले छाएको छ । टाढा बाट हेर्दा रातै देखिने यो गा“उ पर्यटकहरुको लागि आर्कषणको केन्द्र हुन सक्दछ । अधिकांश मानिसहरुको पेसा कृषि      रहेको पाइन्छ । कृषि पेशा नै आफ्नो मौलिक पेशा मान्दै आएका यहा“का बासिन्दाहरुले यसलाई  अझैपनि कृषि पेशामा आत्म निर्भर हुने पेशाको रुपमा अपनाईरहेकोे पाइन्छ । विशेष गरी अर्म–पर्म बाट खेतीपाती गदै आएका यहाँका मानिसहरुले समय सँगै नया“नया“ खेतीहरु गर्न शुरु गरीसकेको छ । यसका साथसाथै यहा“ मनाईने आफ्नै प्रकारका मौलिक चाडपर्वहरु र ती चाडपर्वहरुमा पकाईने परिकारहरुले पनि पर्यटकहरुलाई लोभ्याउन सक्ने देखिन्छ ।

यहा“का अधिकांश घरहरुमा अहिले पनि घरेलु कपडा अन्तरगत हाकु पटासी पटुका बुन्ने कार्य  भईरहेको छ । परम्परा देखिनै बुन्दै आईरहेको यो सीप आजसम्म पनि निरन्तर चलिरहेको छ । पर्यटकहरुलाई लोभ्याउने अर्को महत्वपुर्ण  कुरा यहाँको मौलिक कला संस्कृति रहेको छ । २ रात सम्म नचाईने १२ वर्षे नाच तथा हिले नाचले पनि पर्यटकहरुलाई लोभ्याउन सकिन्छ । त्यसैगरि महिना दिन गाईने कात्र्तिक भजन गाईजात्रा, कुमारी पूजा , दशै, तिहार, गुठी परम्पराहरु आदिको आफ्नै छुट्टै विशेषता रहेको छ । त्यसैगरी यस ठाउ“बाट दामन,मुलावारी चौर, भेडाफारम,    इन्द्रसरोवर ताल आदि ठा“उहरुमा सहजै पुग्न सक्ने र पर्यटकहरुका लागि आवश्यक हामस्टे सञ्चालनमा आएको छ ।  पुरातन र मौलिक स“स्कृति बोकेको यो गाउ“ आन्तरिक तथा बाह्य पर्यटकको केन्द्र विन्दु वन्न सक्छ । 
 


world-link-1690434568.jpg
ब्यबस्था बदल्न जनकलाकारको अहम भूमिका थियो : लामिछाने 
1715870558027-1715870647.jpg

हेटौंडा, ०३ जेष्ठ/नेपालको ब्यबस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको नेकपा माओवादी...

पेट्रोलमा ७ रुपैयाँ र डिजलमा ५ रुपैयाँ घट्यो
FB_IMG_1715786394301_1-1715786460.jpg

पेट्रोल‚ डिजेल र मट्टीतेलको भाउ घटेको छ। नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ७...

सानिमा रिलायन्स इन्स्योरेन्स पालुङ शाखा द्वारा मृत्यु दावी भुक्तानी
1715779340466-1715779357.jpg

जिवन बीमाको क्षेत्रमा अग्रणी संस्था सानिमा रिलायान्स इन्स्योरेन्स  पालुङ शाखाले बिमित स्वर्गीय...

माओवादी केन्द्र हेटौंडा १३ को बैठक सम्पन्न
1715778027846-1715778042.jpg

हेटौंडा, नेकपा (माओवादी केन्द्र) हेटौंडा उपमहानगरपालिका वडा नं. १३ को नियमित बैठक सम्पन्न भएको छ । बुधबार वडा...

क्रीकेटर सन्दीप लामिछानेले पाए सफाइ
FB_IMG_1715773290750-1715773306.jpg

उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ ।      न्यायाधीशद्वय...

सहकारी समस्या समाधान गर्न सबैपक्ष जिम्मेवार हुनुपर्छ : मन्त्री बज्राचार्य
1715772363403-1715772543.jpg

मकवानपुर, ०२ जेठ/सहकारीमा उत्पन्न समस्या समाधान गर्न सबैपक्ष जिम्मेवार हुनुपर्ने बागमती प्रदेश संस्कृति,...

विद्यार्थी एकता दिवसमा दिप प्रज्वलन
1715705485610-1715705566.jpg

हेटौंडा, ०१ बैशाख/ ६० औं विद्यार्थी एकता दिवसको  अवसरमा  अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस ...

हेटौंडा–१४ का वडा अध्यक्ष दिपक खड्काद्वारा पत्रकारमाथि अभद्रव्यवहार
Deepak-khadka-Final-photo-1715702303.jpg

  हेटौंडा । समाचार संकलनकालागि हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ को कार्यालयमा पुगेका संचारकर्मीहरुलाई...

पोलियो बिरुद्धको आइ.भि.पि खोप अभियानको लागि विद्यालय संग सहकार्य
IMG_20240514_124450_450-1715699880.jpg

खोप दिने स्वास्थ्यकर्मी तथा विद्यालयका प्रतिनिधिहरुको लागि आइ पि भि खोप अभियान २०८१ को लागि एक दिने अभिमुखिकरण...