Thursday, 08 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

पर्यटन

अबको पर्यटकिय गन्तव्य – कुन्छाल
–निराजन गोेपाली

       मकवानपुर जिल्लाको उत्तरी भेगको भौगोलिक भू–वनोटको आधारमा सुविधा सम्पन्न वडाको रुपमा बज्रवाराहीलाई लिन सकिन्छ । शिक्षा, स्वास्थ्य, सडक संजाल संचार र खानेपानी आदिको राम्रो व्यवस्था भएको यस ठाउ“को पुरानो नाम टिष्टुङ हो । अर्थात टिष्टुङ उपत्यकाको नामले परिचित यस ठा“उ प्राकृतिक वातावरण को   कारणले पनि सबैको रोजाइमा पर्न सफल भईसकेको छ । चारैतिरबाट वन जंगलले घेरिएको तथा बीचमा समथर खेतीयोग्य जमिन रहेको भूवनोट असाध्यै रमणिय छ । विषेशगरी वडागत रुपमा बाहुन, क्षेत्री, ठकुरी, नेवार, तामाङ, गुरु·, तथा विभिन्न दलित जातजातिहरुको बसोवास रहेको कारणले पनि यसको छुटै विषेशता रहेको छ ।      

    राज्यको आ“खाबाट ओझेल परेको यस ठा“उका विभिन्न क्षेत्रहरु तथा गाउ“हरु पर्यटकिय गन्तव्य बनाउन सकिने आधारहरु प्रसस्तै छन् । वज्रबाराही अन्तरगत कुन्छाल गाउ“ एउटा पर्यटकिय गन्तव्यको रुपमा विकास गर्ने हो भने यस गाउ“को मात्र विकास नभइ सिंगै नगरको लगायत उत्तरी क्षेत्रकै पर्यटनको विकासमा टेवा पु¥याउन कुरामा आशावादी हुन सक्छौ । 
 उत्तरी मकवानपुरको थाहा नगरपालिका वडा नं. मा कुन्छाल गाउ“ रहेको छ । यस गा“उ सम्म पुग्न सदरमुकाम हेटौडाबाट त्रिभुवन राजपथ हदै ६५ किमि तथा भिमफेदी कुलेखानी मार्खु हुदै ५५ किमि को यात्रामा पुग्न सकिन्छ । यसै गरी राजधानी काठमाडौबाट त्रिभुवन राजपथ हुदै ६० किमि , थानकोट चित्लाङ कच्ची बाटो हुदै ३० किमि तथा फर्पि· फाखेल मार्खु हुदै ५५ किमि को दुरीमा पुग्न सकिन्छ । यस ठाउ“सम्म पुग्नको लागि हाल ति सबै मार्गबाट सहज यातायातको व्यवस्था रहेको छ ।

चारैतिर देखिने पूर्वी मोहडा सिरानमा लाली गुरा“सको घना जंगल तथा त्रिभुवन राजपथ रहेको यस गाउ“को पुछार बाट कुन्छाल कुलेखानी सडक पार गरेको छ । यसैगरी कुन्छाल खोला बगेको छ । गा“उबाट अगाडि देखिने खेतका समथर गह्राहरुको दृश्यावलोकन अतिनै लोभलाग्दो छ । गा“उको १० मिनेटको दुरीका रहेको बज्रवाराही माइको मन्दिर सगै बगेको खोला अगाडिको घना जंगल समथर चौर माथिरहेको फलफुल बगैचा आदि स्थानहरु लाग्छ स्वर्गको एउटा टुक्रा नै हो । 
      विशेषगरी नेपालको इतिहासमा प्रथम शासक भनेर चिनिने गोपाली जातिहरुको एकल बसोवास रहेको यस गाउ“मा करिव २४० घरधुरी रहेको तथ्यांक छ । अन्य जातिहरुको उपस्थिती नरहेको यस गा“उका बासिन्दाहरुको आफ्नै मौलिक चाल चलन परम्परा रितीरिवाज कला संस्कृति, भेषभूषा आदि रहेको छ । यहा“ बनेका घरहरु प्राय ः एकै प्रकारका छन भने अधिकांश घरहरुको छानो टायलले छाएको छ । टाढा बाट हेर्दा रातै देखिने यो गा“उ पर्यटकहरुको लागि आर्कषणको केन्द्र हुन सक्दछ । अधिकांश मानिसहरुको पेसा कृषि      रहेको पाइन्छ । कृषि पेशा नै आफ्नो मौलिक पेशा मान्दै आएका यहा“का बासिन्दाहरुले यसलाई  अझैपनि कृषि पेशामा आत्म निर्भर हुने पेशाको रुपमा अपनाईरहेकोे पाइन्छ । विशेष गरी अर्म–पर्म बाट खेतीपाती गदै आएका यहाँका मानिसहरुले समय सँगै नया“नया“ खेतीहरु गर्न शुरु गरीसकेको छ । यसका साथसाथै यहा“ मनाईने आफ्नै प्रकारका मौलिक चाडपर्वहरु र ती चाडपर्वहरुमा पकाईने परिकारहरुले पनि पर्यटकहरुलाई लोभ्याउन सक्ने देखिन्छ ।

यहा“का अधिकांश घरहरुमा अहिले पनि घरेलु कपडा अन्तरगत हाकु पटासी पटुका बुन्ने कार्य  भईरहेको छ । परम्परा देखिनै बुन्दै आईरहेको यो सीप आजसम्म पनि निरन्तर चलिरहेको छ । पर्यटकहरुलाई लोभ्याउने अर्को महत्वपुर्ण  कुरा यहाँको मौलिक कला संस्कृति रहेको छ । २ रात सम्म नचाईने १२ वर्षे नाच तथा हिले नाचले पनि पर्यटकहरुलाई लोभ्याउन सकिन्छ । त्यसैगरि महिना दिन गाईने कात्र्तिक भजन गाईजात्रा, कुमारी पूजा , दशै, तिहार, गुठी परम्पराहरु आदिको आफ्नै छुट्टै विशेषता रहेको छ । त्यसैगरी यस ठाउ“बाट दामन,मुलावारी चौर, भेडाफारम,    इन्द्रसरोवर ताल आदि ठा“उहरुमा सहजै पुग्न सक्ने र पर्यटकहरुका लागि आवश्यक हामस्टे सञ्चालनमा आएको छ ।  पुरातन र मौलिक स“स्कृति बोकेको यो गाउ“ आन्तरिक तथा बाह्य पर्यटकको केन्द्र विन्दु वन्न सक्छ । 
 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...

थाहामा विपद् जोखिम क्षेत्रका बासिन्दालाई सचेत गराउँदै सशस्त्र प्रहरी र नगर प्रहरीको सूचना अभियान
FB_IMG_1790166728872-1790166744.jpg

मकवानपुरको थाहा नगरपालिकाका विपद् जोखिम क्षेत्रका नगरवासीलाई सम्भावित मनसुनजन्य विपद्बारे सचेत गराउने...