pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

‘समुदायमा अदालत:बुझाइ र अपेक्षा विषयक न्यायीक बाह्य पहुँच अभियान अन्तर्गत थाहा नगरपालिकामा अन्तरक्रियात्मक कार्यक्रम

adalat2-1671194494.jpg

मुख्य न्यायाधीशको नेतृत्वमा उच्च अदालत पाटन हेटौंडा इजलास तथा मकवानपुर जिल्ला अदालतले न्यायमा सबैको पहुँच पुर्‍याउने उद्देश्य राखेर ‘समुदायमा अदालत:बुझाइ र अपेक्षा विषयक न्यायीक बाह्य पहुँच अभियान अन्तर्गत थाहा नगरपालिकामा एक अन्तरक्रियात्मक कार्यक्रम गरेको छ। समुदाय लक्षित अभियानले प्रभावकारी न्याय सम्पादनका लागि अदालतप्रतिको आमबुझाइको जानकारी लिँदै सर्वसाधारणको धारणा सुनेर न्यायमा सबैको पहुँच वृद्धि गराउने विषयलाई विशेष प्राथमिकतामा राखेको छ । ‘समुदायमा अदालत’ अभियानको नेतृत्व गर्दै उच्च अदालत पाटन हेटौंडा इजलासका मुख्य न्यायाधीश अब्दुल अजिज मुसलमानले प्रत्यक पालिकामा गएर न्यायिक प्रक्रियाका बारेमा ‘विचौलियाले न्याय र अदालत महँगो हुन्छभन्ने भ्रम आमसर्वसाधारणमा छरिदिएको पाइयको ले तेस्तो भ्रम चिर्न कार्यक्रम गरेको जानकारी दिदै , ‘विश्वभरका र नेपालका अदातलको न्याय सम्पादन प्रक्रियाका बारेमा नागरिकलाई जानकारी गराउँदै न्यायालयप्रति जनविश्वास बढाउन अभियान स्वरुप कार्यक्रमको आयोजना गरियको बताउदै गलत धारणाको विकास गराएर अदालतप्रति वितृष्णा पैदा हुने गरी फैलाइएको हल्ला, भ्रम एवं बुझाइलाई गाउँगाउँमा पुगेर चिर्नुपर्ने अवस्था आएको बताउनुभयो। न्यायिक सुशासनमा प्रतिवद्ध रहेर सेवाग्राहीलाई प्राथमिकतामा राख्दै उच्च अदालतको न्यायिक प्रक्रियाका बारेमा प्रष्टसँग बुझाएर आमनागरिकमा न्यायको पहुँच स्थापित गराउने कार्यक्रमको मुख्य उदेश्य रहेको जानकारी मकवानपुर जिल्ला अदालतका श्रेस्तेदार तिर्थराज भट्टराईले दिए । उनका अनुसार अदालतले प्रवाह गर्ने सेवा र न्याय सम्पादनमा हुने प्रक्रियागत ढिलाइका बारेमा भ्रम छरेर विचौलियाले अदालतलाई असहज बनाइदिने गरेको पाइयो । जसका कारण न्याय सम्पादनलाई प्रभावकारी बनाएर जनताको आड र भरोसाको केन्द्रविन्दु बन्नुपर्ने न्यायालय बदनामी बेहोरेर बस्नुपर्ने परिस्थितिको सिर्जना भएको भट्टराई को भनाइ छ । सहज रूपमा न्याय पाउन सकिन्छभन्ने कुरालाई स्थापित गराउनु र सबैले कुरा बुझाउनु अभियानको मुख्य उदेश्य रहेको उच्च अदालत पाटन हेटौंडा इजलासका न्यायाधीश राजेश्वर तिवारीले बताए । उनले भने, ‘अदालत सुधारको रणनीतिक योजनाअनुसार गाउँगाउँमा पुग्दै सर्वसाधारणको धारणा बुझेर कमीकमजोरी सुधार गर्दै अदालती कामकारबाहीलाई सुधारको बाटोतर्फ लैजानुपर्ने छ । न्यायिक सेवा प्रवाहमा नागरिकलाई सहजीकरण गर्ने र उनीहरुका गुनासा सुन्ने तथा सम्बोधन गर्ने अदालतको योजना छ ।’ उच्च अदालत पाटन हेटौंडा इजलास र मकवानपुर जिल्ला अदालतको अभियानअन्तर्गत थाहा नगरपालिकामा शुक्रबार ‘समुदायमा अदालत , बुझाइ र अपेक्षाहरु’ विषयक,न्यायिक बाह्य पहुँच अन्तरसंवाद कार्यक्रममा । मुख्य न्यायाधीश अब्दुल अजिज लगायत न्यायाधीशहरु राजेश्वर तिवारी,मेरिना श्रेष्ठ ,निर्मला साक्य जिल्ला अदालत न्यायाधीश ऋषिराम निरौला ,जिल्ला अदालतका रजिष्ट्रार तिर्थराज भट्टराई तथा उच्च अदालतका सूचना अधिकारी केशवराज कौशिक लगायत कार्यक्रममा पुगेका थिए । नगरपालिकाको उप–प्रमुख एवं न्यायिक समितिकी संयोजक भरत गोपालीले गाउँमा न्यायाधीशसँगै बसेर न्यायपालिकाका विषयमा लागेका कुरा प्रष्टसँग राख्न र समस्या उठान गर्न पाउँदा खुशी लागेको बताउदै ‘नगरमै न्यायाधीशलाई भेटेर समस्या र गुनासा राख्न पाइयो,'उनले भने ‘यसले अन्याय सहेर बसेकालाई न्यायका लागि लड्न, सबैलाई अदालनका बारेमा बुझ्न र न्यायिक प्रक्रियाका बारेमा थाहा पाउन सहज भयो ।’ कार्यक्रमका सहभागीले अदालतको सेवा प्रवाह, न्यायिक प्रक्रिया र अदालतप्रति समुदायको बुझाइका बारेमा जिज्ञासा राखेका थिए । विभिन्न खालका हिंसा, बलात्कार, अंश, बहुविवाह, घरेलु हिंसा, पारिवारिक बेमेल लगायतको न्यायिक प्रक्रियाका विषयमा उनीहरुको जिज्ञासा थियो । ढिलासुस्तीले मुद्दाको फैसला प्रक्रिया लम्बिने र मुद्दा खर्चिलो हुने गरेका कारण अदालतबाट सोचेअनुरुप न्याय पाउन कठिन हुने गरेको गुनासो कार्यक्रमका सहभागीको छ । ‘अदालतप्रति जनगुनासो धेरै बढेको छ । त्यसको निवारण र न्यायिक प्रक्रियाका बारेमा जानकारी दिन तथा अदालत–नागरिक प्रत्यक्ष संवादका लागि अदालत आँफै आफ्नो नगर आएकोमा खुसी व्यक्त गर्दै थाहा नगर प्रमुख बिष्णु बिष्टले , ‘न्याय सम्पादन प्रक्रियाका बारेमा जनतालाई प्रष्टसँग बुझाउनु अदालतको कर्तव्य भएको बताउनुभयो । अदालतसँग समुदायले गरिरहेको अपेक्षा बुझ्दै भ्रमहरुलाई चिरेर जनविश्वास बढाउने प्रयासहरु भएकोमा धन्यबाद दिदै मेयर बिष्टले छिटोछरितो र प्रभावकारी न्याय सम्पादनका साथ अदालतप्रति जनविश्वास बढाउन आग्रह गरेका छन। कार्यक्रममा थाहा नगरपालिकाका वडा अध्यक्षहरु,न्यायिक समितिका सदस्यहरु ,कार्यपालिका सदस्य हरु तथा वडा सचिव हरुको सहभागिता रहेको थियो 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...