pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

६६ औं सहकारी दिवस:-लघुबित्तमा देखियको समस्यालाई सहकारीमा नजोडौं : सहकारीकर्मी,

IMG_20230403_153456_982-1680534238.jpg

सहकारीको दिगोपनः स्वनियमन र सुशासन’ भन्ने ६६ औं सहकारी दिवसकोक मुल थिमलाई सार्थक हुनेगरी सहकारीका समसामयिक मुद्दाहरुलाई समेत उजागर गरी ६६ औं सहकारी दिवस थाहा नगरमा छलफल कार्यक्रमको आयोजना गरि मनाइएको छ।
पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा संस्थाको सभाहलमा उक्त कार्यक्रमको आयोजना गरियको हो।
विश्वव्यापी आर्थिक मन्दीको प्रभावले विगत लामो समयदेखि नेपालमा पनि उद्योग व्यवसायहरूको कारोबारमा संकुचन, बैंक, वित्तिय संस्था तथा सहकारी क्षेत्रमा तरलताको अभाव, चर्को मूल्यवृद्धि लगायतका कारणले नागरिकहरू मर्माहत भएका छन् । वर्तमान संकटमा समेत कति पनि विचलित नभई सहकारीमा सदस्यको बचतको सुरक्षाका लागि जिम्मेवार र प्रतिबद्ध रहेको सन्देश प्रवाहित हुने गरि तथा अभियानका तर्फबाट राखिएका मागहरूमा सम्बन्धित निकायको ध्यानाकर्षण हुने गरि नगरभित्र रहेका  सम्पूर्ण सहकारीकर्मीहरूको एउटै आवाज र छलफल सहित राष्ट्रिय सहकारी दिवस मनायको संस्थाका अध्यक्ष तथा बरिस्ठ चार्टर एकाउन्टेन्ट उमेश ढकालले बताए । 
कार्यक्रममा ढकालले सहकारीकर्मी हरुले सहकारीलाइ पार्ट टाइम समय दिने गरेकोले पनि समस्या रहेको बताउदै सहकारीको स्वनियम र सुसासनलाइ आत्मसात गरि संचालन गरेमा मात्र दिगोपना हुने बताउनुभयो साथै वहाँले लघुबित्तमा देखियको राष्ट्रिय समस्यालाई सहकारीमा जोड्न नमिल्ने तर्क गर्नुभयो।
ढकालले सहकारी हरुले राष्ट्र बैंकको सुचक लाई मानी संचालक हरुलाइ ऋण प्रवाह गर्न नहुने धारणा राख्नुभयो। 
छलफल कार्यक्रममा शिखर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मनोज रायमाझीले सहकारीको स्वनियमको लागि नियमक निकाय स्थानिय तहलाई नियमन गर्ने अधिकार दिय उपयुक्त हुने धारणा राख्दै 
"वर्तमान अवस्थामा सहकारी संचालनको अवसर र चुनौती "विषयक कार्यपत्र प्रस्तुत गर्दै नेपालमा सहकारीको अवस्था र यसका अवसरहरुको बारेमा सहजीकरण गरेका थिय।
थाहा नगर भित्र रहेका सहकारी संस्थाका अध्यक्ष ,व्यवस्थापक तथा संचालक समिती सदस्यहरुको सहभागिता रहेको छलफल कार्यक्रममा सहभागीहरुले थाहा नगरपालिका भित्र रहेका सहकारीहरुको संजाल गठन गर्नुपर्ने तथा एक आपसमा बित्तिय सुचना आदानप्रदान गर्दै सहकारीमा आवद्ध संचालक समिती र सदस्यहरुले आचारसंहिता बनाइ आफै स्वनियन्त्रीतभै जथाभावी कर्जा प्रवाहमा अंकुस लगाउनुपर्नेमा जोड दियका थिय।
वि.सं. २०१३ साल चैत्र २० गते चितवनमा बखानपुर ऋण सहकारी समिति स्थापना भएको दिनलाई स्मरण गर्दै नेपालको सहकारी अभियानले उक्त दिन विविध कार्यक्रम गरि सहकारी दिवस मनाउने गरेका छन् ।

 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...