pani-1786865868.jpg
Friday, 28 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

३ हजार २ सयले अवलोकन गर्दै सक्कियो एक साता लामो थाहा फिल्म फेस्टिभल

1701445598848-1701445631.jpg

मकवानपुर थाहा नगरपालिकामा सञ्चालन भएको एक साता लामो ‘थाहा फिल्म फेस्टिभल, २०२३’ को समापन गरिएको छ । ७ दिनसम्म पालुङ जेसिज सभाहलमा भएको फेस्टिभलको ३ हजार २ सय बढिले अवलोकन गरेको आयोजक थाहा कला केन्द्रले जनाएको छ । यस अवधिमा चलचित्र निर्देशक, कलाकारहरु, उत्पादकहरु गरी ७६ जनाले सहभागिता जनाएका थिए । उनीहरुले थाहानगरको विभिन्न क्षेत्रको अवलोकन समेत गरेका थिए ।


‘थाहा फिल्म फेस्टिभल, २०२३’ समापन समारोहका प्रमुख अतिथी एवं बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले यस किसिमको कार्यक्रमले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताइन् । जिल्लाकै पर्यटकीय नगरी थाहामा बालबालिकालाई समेत लक्षित गरी फिल्म फेस्टिभल सञ्चालन हुनु राम्रो शुरुवात भएको बताउँदै मन्त्री मोक्तानले चलचित्र उद्योगमा आकर्षण गराई नगरको प्रवद्र्धनमा फेस्टिभलले सहयोग गर्ने विश्वास व्यक्त गरिन् । उनले छिमेकी पालिकाहरुलाई समेत समेटेर थाहानगरलाई पर्यटकीय हब बनाउने विषयमा प्रदेश सरकारमा छलफल भैरहेको बताइन् । आगामि वर्षहरुमा फिल्म सम्बन्धी तालिमका कार्यक्रमहरु समेत आयोजन ा गर्ने आयोजकको योजनामा आफूहरु सकारात्मक रहेको बताउँदै सहयोग गर्ने प्रतिवद्धता जनाइन् । ‘अहिले पनि बागमती प्रदेश सरकारले सहयोग गरेकै हो, आगामि कार्यक्रमहरुमा पनि सहयोग गर्न तत्पर छौं’–मन्त्री मोक्तानले भनिन् । चलचित्र उत्पादनमा स्थानीय कलाकारहरु उत्पादनमा जोड दिन समेत मन्त्री मोक्तानको आग्रह गरिन् ।

थाहानगरमा फिल्म सिटी निर्माणका लागि पालिकाको पनि अवधारणा रहेकोले फिल्म फेस्टिभल जस्ता प्रवद्र्धनात्मक कार्यक्रमहरुप्रति स्थानीय तह सँधै सकारात्मक रहेको थाहा नगरपालिकाका नगर उपप्रमुख भरत गोपालीले बताए । उनले थाहानगरको पर्यटन प्रवद्र्धनका लागि स्थानीय कला संस्कृति, सम्पदाहरुको समेत श्रृव्यदृश्यमा समेटिने गरी काम गर्नु आवश्यक रहेको औल्याए । थाहा फिल्म फेस्टिभलको लागि नगरपालिकाको समेत सहयोग रहेको बताउँदै सकारात्मक र परिणाममुखी कामका लागि पालिका सँधै सहयोगका लागि तयार रहेको उल्लेख गरे ।

समापन समारोहका अवसरमा चलचित्र निर्देशकहरु मोहन राइ, गणेश देव पाण्डे र समल बज्राचार्यलाई सम्मान गरिएको थियो । कार्यक्रमको अवसरमा थाहा फिल्म फेस्टिभललाई सहयोग गर्ने संघसंस्था, पत्रकारहरु तथा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । समापन समारोहमा थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर विष्ट, प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, सामाजिका विकास शाखा प्रमुख अनिल लामिछाने, नेकपा माओवादी केन्द्र थाहानगर अध्यक्ष बिनोद लामा, जनकल्यण माविका प्राचार्य सानोभाइ कार्की, भूमि आयोग मकवानपुरका सदस्य अरुण रायमाझी, पालुङ बहुमुखी क्याम्पसका प्रमुख राजन मिश्र तथा विभिन्न राजनीतिक दलका प्रतिनीधीहरु, सरकारी तथा गैर सरकारी संघसंस्थाका प्रतिनीधिहरुको सहभागिता रहेको थियो ।

सात दिनसम्म सञ्चालन भएको फिल्म फेस्टिभलका ७ वटा फिचर फिल्म तथा लघुचलचित्र तथा वृत्तचित्र गरी २० वटा प्रदर्शनी गरिएको थाहा कला केन्द्रका अध्यक्ष सानोबाबु मोक्तानले जानकारी दिए । ‘थाहा फिल्म फेस्टिभल, २०२३’ का संयोजक प्रमोदकृष्ण जोशीको अध्यक्षतामा भएको कार्यक्रममा उप संयोजक राजीव स्याङ्तानसहित आयोजक टिमका अन्य व्यक्तित्वहरुको समेत सहभागिता रहेको थियो । यहि ९ मंसिरमा बागमती प्रदेशका उद्योग, वाणिज्य भूमी तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले फेस्टिभलको उद्घाटन गरेका थिए ।


फिल्म फेस्टिभल सफलता पूर्वक सम्पन्न गर्नका लागि सहयोग गर्ने बागमती प्रदेशका विभिन्न मन्त्रालयसहित थाहा नगरपालिका, हेटौंडा उपमहानगरपालिका, मनहरी गाउँपालिका, इन्द्रसरोवर, कैलाश, मकवानपुर गढी, भिमफेदी, बकैया, बागमती, राक्सीराङगाउँपालिकाहरुप्रति संयोजक जोशीले आभार व्यक्त गरेका छन् । संयोजक जोशीले चलचित्रकर्मी निर्माता, निर्देशक चलचित्र अवलोकन गर्न पठाउने विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरु, विद्यार्थी, सञ्चारमाध्यमहरु, प्राविधिक टोली, थाहा कला केन्द्रको आफ्नो सम्पूर्ण टिम तथा स्वयंसेवकहरु समेतलाई धन्यवाद दिएका छन् 

1701445605928-1701445631.jpg
1701445611452-1701445649.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...