Thursday, 23 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

राजनीति

२०७४ को घोषणापत्र, एमाले र माओवादीका योजना गफ मात्रै

Screenshot_20221021-11422-1666332008.png

 

तत्कालीन अवस्थामा वाम गठबन्धन बनाएर चुनाव लडेको नेकपा एमालेले करिब ४२ महिना सरकारको नेतृत्व गर्‍यो । माओवादीसँगको पार्टी एकीकरणपछि बनेको नेकपामा भएको विवादलाई लिएर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणापत्रमा दिएको राजनीतिक स्थिरताको नारालाई नै लत्याएर गैरराजनीतिक र गैरसंवैधानिक ढंगबाट दुईदुई पटक संसद विघटन गरे ।

एमाले नेतृत्वको सरकारले कामभन्दा बढी प्रचारबाजी गर्‍यो । नेकपामा समाहित भएर सरकारमा सहभागी नेकपा माओवादी केन्द्रले पनि वाम गठबन्धनको घोषणापत्र बिर्सियो ।

दुई वर्षभित्र राष्ट्रव्यापी नापीवैज्ञानिक भूमिसुधारसहित दुई वर्षभित्र नेपाललाई आधारभूत खाद्यान्न तथा माछामासुअण्डा र दूधमा आत्मनिर्भर बनाउने वाम घोषणापत्रमा उल्लेख छ । यस्तै पाँच वर्षभित्र खाद्यान्न निर्यात गर्ने दाबी पनि एमालेमाओवादीले गरेका थिए । तरअघिल्लो आवमा मात्रै ३ खर्ब रुपैयाँको कृषि तथा पशुजन्य वस्तु विदेशबाट आयात भएको छ । आयात हुनेमा सबैभन्दा धेरै चामल छ । आर्थिक वर्ष २०७८/७९ मा ४७ अर्ब ५७ करोड रुपैयाँको चामल मात्रै आयात भएको थियो ।

विभिन्न क्षेत्रमा कृषि बजारमा आधारित आधुनिक औद्योगिक शहर विकास गरिने र ग्रामीण क्षेत्रका जनतालाई यिनै शहरहरूमा पुनस्र्थापित गरिने घोषणापत्रमा उल्लेख थियो । तरयी कार्यक्रम कार्यान्वयनको कुनै विवरण सरकारसँग छैन । यस्तैकृषि उत्पादनमा आवश्यक रासायनिक र प्राङ्गारिक मल देशभित्रै उत्पादन गरिने पनि एमाले/माओवादीको दाबी थियो तर अहिलसम्म यसबारे ठोस मोडालिटी समेत बनेको छैन ।

पाँच वर्षमा सम्पूर्ण कृषिभूमिमा आधुनिक सिंचाइ प्रणाली पुर्‍याउने विषय घोषणापत्रमा प्राथमिकताका साथ उल्लेख थियो । तराईमधेश र भित्री तराईको कृषिभूमि सिंचाइ गर्न तमोरमोरङ डाइभर्सनसुनकोशीकमला र सुनकोशीमरिनवागमती डाइभर्सनकालीगण्डकीतिनाउ डाइभर्सनराप्तीसुराई डाइभर्सनभेरीबबई डाइभर्सनपश्चिमसेतीकैलालीपाण्डुन जस्ता नदी डाइभर्सनमा केहीमा भर्खरै काम सुरुवात भएको छ भने अधिकांश आयोजना चर्चामा मात्रै सीमित छन् ।

तत्कालीन वाम गठबन्धनले पाँच वर्षमा सबै उत्पादन क्षेत्रऔद्योगिक क्षेत्र र सडकमा चौबीसै घण्टा पर्याप्त विद्युत् उपलब्ध गराइने महत्वाकांक्षी योजना अघि सारे पनि यो कार्यान्वयनमा छैन । उत्पादनभण्डारणवितरणपारिवारिक चुलोहोटलरेस्टुरेन्टहरूमा विद्युत् ऊर्जा प्रयोग गरिने विषय भर्खरै सानो आकारमा कार्यान्वयनमा आएको छ ।

वाम गठबन्धनले घोषणा गरेको अर्को योजना थियो तीन वर्षमा काठमाडौं उपत्यकाभित्र विद्युतीय सवारी साधन मात्र उपयोग गर्ने कार्ययोजना । सत्ता सम्हालेको दुई वर्षमा पेट्रोल गाडी विस्थापन गरेर लागू गरिने योजना योजनामै सीमित भयो ।

दुई कार्यकाल सत्ता सम्हाल्दा १० वर्षभित्र २० हजार मेगावाट विद्युत् उत्पादन गरिने अर्को महत्वाकांक्षी योजना पनि एमाले/माओवादीको थियो । तर पाँच वर्षमा जम्मा देशभरको कुल विद्युत् उत्पादनको जडित क्षमता २२०० मेगावट छ । बचेको उत्पादित ऊर्जा भारतचीन र बंगलादेशको बजारमा निर्यात गर्ने योजना आंशिक मात्रामा यस वर्षदेखि कार्यान्वयनमा आएको छ ।

१० वर्षमा कर्णाली चिसापानीबूढीगण्डकीपश्चिम सेतीनलसिंगाडउत्तरगङ्गानौमुरेमाथिल्लो झिमरुकसुनकोशीसुनकोशीतमोरतामाकोशी३ लगायत परियोजनाको कार्यान्वयन तीव्र बनाउने भनिए पनि यसमा खासै प्रगति छैन । सरकार बनेको तीन वर्षमा सिंगो नेपाललाई विद्युतीकरणमा लगिने घोषणापत्रको वाचा अझै पनि अधुरै छ ।

वाम गठबन्धनले पाँच वर्षअघिका चुनावी आमसभामा सबैभन्दा धेरै बोलेको कुरा हो— ‘नेपालमा सरर रेल कनेक्टिभिटी । रसुवागढीकाठमाडौंवीरगञ्जमा तीव्रगतिको विद्युतीय रेलपाँच वर्षमा काठमाडौं उपत्यकाका चक्रपथहरूमा आवश्यक गतिका रेल सञ्चालनकाठमाडौंलगायत अन्य मुख्य शहरहरूमा संभाव्यता हेरी मेट्रो र मोनोरेलट्राम र अत्याधुनिक सार्वजनिक यातायात सञ्चालन गरिने घोषणाले अहिले एमाले/माओवादीलाई नै गिज्याउँछ ।

चार वर्षभित्र काठमाडौंतराई द्रुत मार्ग निर्माण गरिनेपूर्वपश्चिम राजमार्गलाई पाँच वर्षभित्र ८ र ६ लेनमा स्तरोन्नति गरिनेतीन वर्षमा हुलाकी राजमार्गलाई ४ र ६ लेनमा स्तरोन्नति गरिने र डुबान क्षेत्रमा भने ४ लेनको आकाशे मार्ग निर्माण गरिनेपाँच वर्षमा ४ र ६ लेनको भित्री तराई औद्योगिक करिडोर राजमार्ग निर्माण र सडक सञ्जाल निर्माण गर्दा आवश्यकता अनुसार उच्च पुल र सुरुङ प्रविधिको व्यापक प्रयोग गरिने ती वाचाहरू अहिले आएर प्रगति हेर्दा हास्यास्पद लाग्छन् ।

उत्तरदक्षिण राजमार्ग तथा तराईका सबै जिल्लामा राजमार्गदेखि नेपालभारत सिमानासम्म ४ र ६ लेनका राजमार्ग निर्माणप्रत्येक प्रदेशका केन्द्रहरूलाई ४ देखि ८ लेनका आधुनिक सडकहरूमार्फत मुख्य राष्ट्रिय राजमार्गसँग जोडिनेपाँच वर्षमा पूर्वपश्चिम राजमार्गपूर्वपश्चिम औद्योगिक करिडोर राजमार्गमध्यपहाडी पुष्पलाल राजमार्गहरूका समानान्तर तीव्र गतिका विद्युतीय रेलमार्ग संचालनको घोषणा जनताका लागि मजाक जस्तै भएको छ ।

पाँच वर्षभित्र निजगढमा अत्याधुनिक अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिने र दुई वर्षभित्रमा भैरहवा र तीन वर्षभित्रमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न गरिने वाम घोषणापत्रमा उल्लेख थियो । तरतोकिएको समयभन्दा ढिलै भए पनि भैरहवा विमानस्थल सञ्चालनमा आएको छ भने लक्ष्य अनुसार पोखरा सञ्चालनमा आएको छैन । निजगढ अझै अन्योलको भुमरीमै छ ।

विराटनगरनेपालगञ्जसुर्खेत तथा धनगढी विमानस्थलहरूलाई अन्तर्राष्ट्रियस्तरमा विस्तार र स्तरोन्नति चर्चामै सीमित भयो भने नेपाल वायु सेवा निगमका विमानको संख्या बढाइने विषय यसै सेलायो ।

कोशीगण्डकी र कर्णाली नदीमा आन्तरिक र बाह्य जलमार्गको सम्भाव्यता अध्ययन अधुरो रह्यो भने उच्च बाँधयुक्त जलाशयमा जलमार्गको विकास योजनामै सीमित भयो । निकै चर्चा भएको प्रशान्त र हिन्द महासागरमा नेपाली ध्वजावाहक पानीजहाज संचालनको योजना पनि पाँच वर्षमा तुहियो ।

सबै वडा केन्द्रबाट आधा घण्टामा गाउँपालिका र नगरपालिकाको केन्द्रमा तथा त्यस्ता केन्द्रबाट अधिकतम दुई घण्टामा राजमार्गमा पुग्ने गरी आधुनिक सडक विकाससडकले नछुने उच्च हिमाली क्षेत्रका बस्तीलाई केवलकार यातायातविद्युत्टेलिफोनका तारग्याँसका पाइपखानेपानीका पाइप भूमिगत राखिने योजना अधिकांश अलपत्र छन् ।

एक वर्षभित्रै तुइनहरूलाई झोलुङ्गे पुलद्वारा विस्थापन गरिने वाम गठबन्धनको योजना चाहिं पूरा भएको योजनामा पर्छ । हुलाकी राजमार्गपूर्वपश्चिम राजमार्गभित्री तराई राजमार्गपुष्पलाल मध्यपहाडी राजमार्गमा १०० हाराहारी आधुनिक शहर विकासको घोषणा गरेर जग्गा कारोबारीलाई सहयोग गर्ने कार्यबाहेक थप काम भएन ।

मर्स्याङ्दी उपत्यकाइलामअरुण उपत्यकादामनवालिङलुम्बिनीजुम्लाडडेलधुरासाँफेबगरलगायत स्थानमा आधुनिक नयाँ शहर निर्माण योजना अलपत्र पर्‍यो भने सबै शहरका केन्द्रमा स्मार्ट सिटी विकास गर्ने घोषणा पनि कागजमा सीमित रह्यो । खेल पूर्वाधारतर्फ पनि एमाले माओवादी गठबन्धनको घोषणापत्र कार्यान्वयनमा आएन ।

उपत्यकामा अन्तर्राष्ट्रियस्तरका चार रङ्गशाला स्थापना गरिनेछखेलकुद महाविद्यालय संचालन गरिनेछप्रत्येक प्रदेश सदरमुकाममा एक अत्याधुनिक र साधनसम्पन्न खेलग्रामसहित रंगशाला निर्माण गरिने विषय कागजमा सीमित रहे । यस्तै प्रत्येक स्थानीय तहमा रंगशालाखेलमैदानयुवा क्लब तथा विचरण पार्कहरूको निर्माण पनि अधुरै रह्यो ।

अस्पताल पूर्वाधारतर्फ प्रत्येक प्रदेश सदरमुकाममा सुविधासम्पन्न १ हजार शय्याको अस्पताल स्थापना पनि घोषणा मात्रै भयो । स्वास्थ्य शिक्षालाई नाफा कमाउने माध्यम बनाउन निरुत्साहित गरिने योजनाले अहिले पनि एमालेमाओवादीलाई गिज्याउँछ ।

ताप्लेजुङदेखि दार्चुलासम्म जोड्ने गरी हिमाली पर्यटकीय पदमार्ग निर्माणलुम्बिनीपशुपतिनाथजनकपुरधाममुक्तिनाथहलेसीलगायत महत्वपूर्ण पर्यटकीय गन्तव्यको विकास गरिनेछ । तीन वर्षभित्र अत्याधुनिक प्रविधिको प्रयोग गरी धरहराको पुनःनिर्माण गर्ने वाम घोषणापत्रमा प्राथमिकतासाथ उल्लेख भएका विषय थिए ।

प्रत्येक स्थानीय तहमा स्थानीय विशेषतासहित न्यूनतम एक पर्यटकीय गन्तव्यको विकास१० वर्षमा ५० लाख पर्यटक भित्र्याउने गरी प्रचारप्रसारबजार प्रवर्द्धनपूर्वाधार निर्माण र पथप्रदर्शकहरूका लागि तालिम केन्द्रहरूको स्थापना र पर्यटन विश्वविद्यालय सञ्चालनलगायत कार्यक्रम अलपत्र छन् । पर्यटकीय स्थानमा केवलकार र मोनोरेल सञ्चालनका कार्यक्रम सुन्दा पनि हास्यास्पद लाग्छन् ।

औद्योगिक विकासमार्फत उत्पादन वृद्धिरोजगारी सृजना र आयात प्रतिस्थान गर्ने एमाले माओवादीको चुनावी घोषणापत्रले व्यवहारतः नतिजा निकालेन । एक प्रदेश न्यूनतम एक आधुनिक र ठूला औद्योगिक क्षेत्र स्थापना१० वर्षमा १० लाखलाई उद्योगमा रोजगारी सृजना कागजमा मात्रै सीमित भए ।

यस्तैपाँच वर्षभित्र मुस्ताङमा युरेनियम उत्खनन र प्रशोधन जस्ता आयोजना अघि नै बढेका छैनन् भने पाँच वर्षभित्र दैलेखलगायतका स्थानमा फेला परेको पेट्रोलियम र नवलपरासीमा रहेको फलाम खानी उत्खननप्रशोधन र विकास पनि पूरा नभएका आयोजना हुन् ।

एमाले माओवादीले यस अवधिमा चुनावी घोषणापत्रमा उल्लेख गरेर कार्यान्वयनमा गम्भीर लापरबाही गरेको क्षेत्र शिक्षा र स्वास्थ्य हो । सार्वजनिक शिक्षामा लगानी वृद्धि र निजी लगानीलाई नियमन गर्दै दुईखाले शिक्षा प्रणालीमा रहेको विषमता हटाइने घोषणापत्रको ठीक उल्टो काम भएको छ ।

स्वास्थ्यमा पनि वाम गठबन्धनको चुनावी घोषणा घोषणबाहेक केही भएन । प्रति २५ हजार नागरिकका लागि ७ चिकित्सक र ६० शय्या पुर्‍याइने घोषणा अधुरै छ । सबै नागरिकलाई अनिवार्य स्वास्थ्य बीमागरिबीको रेखामुनि रहेका जनताको लागि बीमा रकमको ५० प्रतिशत सरकारले भुक्तानी गरिदिने योजना अधुरै छन् भने १५ वर्ष मुनिका बालबालिका र ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइने कार्यले चाहिं केही मूर्तरूप लिएको छ ।

हरेक गाउँपालिकाको केन्द्रमा कम्तीमा २५ तथा नगरपालिकाको केन्द्रमा ५० शय्याका सुविधासम्पन्न अस्पताल सञ्चालन स्रोत व्यवस्थापन नगरी शिलान्यास मात्रैमा सीमित भयो । बालमृत्युदर शून्यमा पुर्‍याइने भनिए पनि यस्तो दर अझै प्रति हजारमा १८ जना छ ।

उच्च रक्तचापमुटु रोगमधुमेहमिर्गौला रोगदमखोकीक्यान्सर आदि घातक रोगहरूको औषधिरक्त परीक्षण र स्वास्थ्य जाँच निःशुल्क रूपमा उपलब्ध गराइने वितरणमुखी योजना केही कार्यान्वयनमा आए पनि यसबाट जनता लाभान्वित हुनसकेका छैनन् ।

मिर्गौला रोगीका लागि डायलिसिस र प्रत्यारोपण निःशुल्क भनिए पनि बिरामीले सरकारी स्वास्थ्य केन्द्रबाट समयमै सेवा पाउन सक्दैनन् । प्रत्यारोपणमा ५ लाख रुपैयाँ सरकारले दिए पनि यो बिरामीका लागि पर्याप्त छैन । विकट गाउँहरूको लागि एयर एम्बुलेन्सको व्यवस्था गरिनेआकस्मिक दुर्घटनाप्राकृतिक प्रकोप र विपत्बाट हुने घाइतेहरूको सम्पूर्ण उपचार निःशुल्क गरिने जस्ता कार्यक्रम भने केही मात्रामा कार्यान्वयनमा छन् ।

अस्पताल पूर्वाधारतर्फ प्रत्येक प्रदेश सदरमुकाममा सुविधासम्पन्न १ हजार शय्याको अस्पताल स्थापना पनि घोषणा मात्रै भयो । स्वास्थ्य शिक्षालाई नाफा कमाउने माध्यम बनाउन निरुत्साहित गरिने योजनाले अहिले पनि एमाले, माओवादीलाई गिज्याउँछ ।

सामाजिक सुरक्षा भत्ता मासिक ५ हजार पुर्‍याइने घोषणा ४ हजार पुगेको छ भने ६५ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई सबै किसिमका यातायात भाडामा २५ प्रतिशत र ८० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुटको व्यवस्था आंशिक कार्यान्वयनमा छ ।

सबै जनप्रतिनिधित्व क्षेत्रमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चितता र शिक्षित र दक्ष युवालाई देशभित्रै उच्च पारिश्रमिक आधारित रोजगारी सिर्जना पनि कागजमा सीमित भयो ।

सबै विद्यालयप्रशासनिक भवनसभा भवनस्वास्थ्य चौकीहुलाक कार्यालय र सेवाकेन्द्रमा निःशुल्क इन्टरनेट सुविधापाँच वर्षमा देशभरि वाईफाई सेवा निःशुल्क पनि योजनाविहीन घोषणामै सीमित रह्यो । सबै स्थानीय तहका केन्द्र र तराईमधेश तथा पहाडी जिल्लाका स्थानीय तहको वडा केन्द्रसम्म दुई वर्षभित्र ब्रोडब्याण्ड इन्टरनेट सुविधा पनि अपूरै रह्यो ।

काठमाडौं उपत्यकालगायत टिस्टुङकुलेखानीबैरेनी र नौबिसेत्रिशूली उपत्यकामेलम्चीइन्द्रावती उपत्यका र दोलालघाटपाँचखालभकुन्डेबेसीबनेपाधुलिखेल र पनौतीसहित समावेश गरी बृहत्तर राजधानी उपशहर क्षेत्र विकास गरिने योजना अलपत्र छ । काठमाडौं उपत्यकामा भित्रीबाहिरी र बृहत् गरी तीन वटा चक्रपथ निर्माणविस्तार तथा विकास गरिने योजना घोषणामा मात्रै चर्चामा आए ।

वागमती नदीको मुहानदेखि चोभारसम्म ५० मिटर चौडाइको नदी प्रवाह क्षेत्र कायम गरिनेराजधानीलाई फोहोरधुलोहिलो र प्रदूषण मुक्त गरिने योजना अलपत्र छ भने काठमाडौं उपत्यकाका पेट्रोलियम वाहनहरूलाई दुई वर्षमा विद्युतीय वाहनबाट प्रतिस्थापन गरिने भनेपनि विद्युतीय सवारीमा कर थोपरेर आफ्नै घोषणाको खिल्ली उडाउने काम भयो ।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष पुष्पराज कँडेल भन्छन्, ‘घोषणापत्र भनेको भविष्यको योजना जनतालाई बताउने काम हो । त्यसैले यो अलिक महत्वाकांक्षी नै हुन्छ ।

झट्ट हेर्दा वाम गठबन्धनको घोषणापत्र केही महत्वाकांक्षी भयो भन्ने पनि छ । तरयसलाई हामीले दीर्घकालीन कार्यान्वनयमा जाने गरी बनाएका छौं कँडेलले भने, ‘वाम गठबन्धनले गरेको वाचाको कार्यान्वयन पहिलो दुई वर्षमा सुरुवात भएको छ ।  अनलाइन खबर बाट


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
सुमो र स्कारपियो ठोक्किँदा ९ जना घाइते
FB_IMG_1776523640535-1776526469.jpg

मकवानपुरको भिमफेदी गाउँपालिका–६ जुरिखेतमा सुमो र भारतीय स्कारपियो एकआपसमा ठोक्किँदा ९ जना घाइते भएका छन्...

दामनमा एक हप्ते युवा नेतृत्व प्रशिक्षण सुरु, ‘आरोग्य थाहा नगर’ अभियानलाई टेवा
FB_IMG_1776525419381-1776525449.jpg

थाहा नगर  — ‘आरोग्य थाहा नगर’ निर्माण गर्ने उद्देश्यसहित द आर्ट अफ लिभिङको आयोजना तथा थाहा नगरपालिका र...

स्थानीय र पर्यटकलाई राहत: कुन्छाल-चित्लाङ जोड्ने सडक अब स्तरोन्नति हुने
InShot_20260417_174300276-1776427456.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङलाई काठमाडौँ र अन्य क्षेत्रसँग जोड्ने छोटो दूरीको महत्त्वपूर्ण...

निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः...

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...

khane-1774766593.png