pani-1786865868.jpg
Sunday, 25 Oct, 2026
worldlink1-1789963258.gif

अपडेट

सुमो र स्कारपियो ठोक्किँदा ९ जना घाइते

FB_IMG_1776523640535-1776526469.jpg

मकवानपुरको भिमफेदी गाउँपालिका–६ जुरिखेतमा सुमो र भारतीय स्कारपियो एकआपसमा ठोक्किँदा ९ जना घाइते भएका छन् ।

शनिबार साँझ करिब ६ बजे  स्थित हेटौडा–भिमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्डमा  काठमाडौँबाट हेटौंडातर्फ आउँदै गरेको ना.३च ६०५२ नम्बरको सुमोलाई सोही दिशाबाट ओभरटेक गर्ने क्रममा बिआर २२ एजेट २५१७ नम्बरको भारतीय स्कारपियोले ठक्कर दिँदा दुबै सवारीसाधन सडकमा पल्टिएका थिए।

घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भिमफेदीबाट प्रहरी नायब निरीक्षक बिकु नारायण कासिछुवाको कमाण्डमा ट्राफिकसहित ८ जनाको टोली घटनास्थल पुगेको थियो। सशस्त्र प्रहरी बल कारागार सुरक्षा बेस भिमफेदीबाट सशस्त्र प्रहरी निरीक्षक सुरेश चौधरीको नेतृत्वमा ७ जनाको टोली समेत खटिएको थियो ।

उनका अनुसार दुर्घटनामा सुमो चालक पर्सा वीरगञ्ज महानगरपालिका–१४ बस्ने ४८ वर्षीय महाबुव आलम मन्सुरीको ढाडमा सामान्य चोट लागेको छ भने सुमोमा सवार हेटौडा उपमहानगरपालिका–५ शान्तीनगर निवासी ४१ वर्षीय न्युटन बहादुर क्षेत्री घाइते भएका छन्। उनीहरूको दाहिने खुट्टा, हात, टाउको र छातीमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ। सुमोमा रहेका अन्य दुई जना भने सकुशल रहेको बताइएको छ।

स्कारपियोमा सवार ७ जनामध्ये चालक भारत बेतिया निवासी २६ वर्षीय सरुप पटेलको दाहिने खुट्टामा चोट लागेको छ। अन्य घाइतेहरूमा गौरव कुमार सराफ, रिसव कुमार सराफ, रेश्मी देवी सराफ, शिला देवी सराफ, ११ वर्षीय रवी कुमार सराफ र १५ वर्षीया नन्दनी कुमारी सराफ रहेका छन् ।

उनीहरूमध्ये अधिकांशलाई सामान्य चोट लागेको छ भने नन्दनी कुमारी सराफको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg