Wednesday, 15 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

राजनीति

एमाले मकवानपुरको कार्यबाहक अध्यक्षमा हिदम लामा

InShot_20260308_175618241-1772971902.jpg

नेपाल कम्युनिस्ट पार्टी (एमाले) मकवानपुर जिल्ला कमिटीको आज बसेको आठौँ सचिवालय बैठकले पार्टी जिल्ला कमिटीका उपाध्यक्ष हिदम लामालाई कार्यबाहक अध्यक्षको जिम्मेवारी प्रदान गरेको छ।

पार्टीका जिल्ला अध्यक्ष श्रीधर पोख्रेल ले सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो अध्यक्ष पदबाट राजीनामा सार्वजनिक गरेपछि आज बसेको सचिवालय बैठकले लामालाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो।

बैठकले पार्टीको संगठनात्मक कामलाई निरन्तरता दिन तथा जिल्ला कमिटीका नियमित गतिविधि सञ्चालन गर्न उपाध्यक्ष लामालाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको जनाइएको छ।

पार्टीभित्र संगठन सुदृढीकरण गर्ने, कार्यकर्ताबीच एकता कायम राख्ने तथा आगामी कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गर्ने अपेक्षासहित उक्त जिम्मेवारी प्रदान गरिएको एक सचिवालय सदस्यले बताएका छन्।

यस निर्णयसँगै पार्टीका नेता तथा कार्यकर्ताहरूले कार्यबाहक अध्यक्षको जिम्मेवारी सम्हालेका हिदम लामालाई विभिन्न माध्यमबाट बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिरहेका छन्। साथै, राजीनामा दिएका अध्यक्ष श्रीधर पोख्रेलले पार्टी र जिल्लाको राजनीतिमा पुर्‍याएको योगदानको पनि सराहना गरिएको छ।

पार्टी स्रोतका अनुसार अब आगामी बैठकहरू मार्फत जिल्लामा संगठनात्मक गतिविधि तथा राजनीतिक कार्यक्रमहरूलाई अझ सक्रिय रूपमा अघि बढाइने बताइएको छ।


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः...

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...

मकवानपुरमा एसइई :-७ हजार १ सय ९२ परीक्षार्थी सहभागी
FB_IMG_1775138700363-1775139023.jpg

  आज बाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मकपानपुरका ७ हजार १ सय ९२ परीक्षार्थी सहभागी हुँदै छन् ।...

मकवानपुरमा एसइई परीक्षा:- ७ हजार १ सय ९२ परीक्षार्थी सहभागी
FB_IMG_1775138700363-1775138735.jpg

आज बाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मकपानपुरका ७ हजार १ सय ९२ परीक्षार्थी सहभागी हुँदै छन् । जसमा...

थाहामा पहिलो पटक नगरस्तरीय क्रिकेट प्रतियोगिता हुने
FB_IMG_1775054864856-1775054875.jpg

थाहा नगरपालिका क्षेत्रमा पहिलो पटक नगरस्तरीय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। हिमाली डाफे युवा क्लब,...

६० दिन नाघ्ने बक्यौता नतिरे लाइन काटिँदै: पालुङ विद्युतको कडा अभियान
FB_IMG_1774886033279-1774886048.jpg

विद्युत महशुलको वक्यौता रकम बढ्दै गए पछि नेपाल विद्युत प्राधिकरण पालुङ  वितरण केन्द्रले वक्यौता विद्युत महशुल...

हृदय रोग निवारण प्रतिष्ठान थाहाको तेस्रो साधारणसभा सम्पन्न
FB_IMG_1774696151904-1774696266.jpg

नेपाल हृदय रोग निवारण प्रतिष्ठान नेपाल थाहा नगर इकाई समितिको तेस्रो साधारणसभा सम्पन्न भएको छ। थाहा नगरको...

khane-1774766593.png