pani-1786865868.jpg
Saturday, 24 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

गिरिराजमणि पोखरेललाई फापेको तारा चुनाव चिह्न

FB_IMG_1772372326858-1772372367.jpg

महोत्तरी क्षेत्र नम्बर १ का नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार गिरिराजमणि पोखरेल आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि प्रचारप्रसारमा व्यस्त छन् ।
पोखरेलको घरदैलो अभियान अन्तिम चरण पुग्दै गर्दा समग्र क्षेत्र तारा चुनाव चिह्नमय भएको छ । स्मरण रहोस पोखरेललाई विगतमा पनि तारा चुनाव चिह्न फाफेको थियो ।
यसपटक पनि पोखरेललाई तारा चुनाव चिह्न फाफ्ने उनको पक्षमा देखिएको जनलहरले देखाईसकेको छ । पोखरेल पहिलोपटक २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा पनि महोत्तरी क्षेत्र नम्बर १ बाट चुनावी प्रतिष्पर्धामा रहँदा तत्कालिन जनमोर्चा नेपालको तर्फबाट तारा चुनाव चिह्नबाट नै विजयी भएका थिए ।
पोखरेल महोत्तरी क्षेत्र नम्बर १ बाट तारा चुनाव चिह्न लिएर २०६४ सालमा विजयी हुँदा २०७० र २०७४ सालमा भएको संसदीय निर्वाचनमा भने तत्कालिन नेकपा माओवादी केन्द्रको गोलाकारभित्रको हसिया हथौडा चुनाव चिह्नबाट विजयी भएका थिए ।
तत्कालिन नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी लगायतका वाम घटकहरु मिलेर नेपाली कम्युनिष्ट पार्टी गठन गरिएपछि यो पार्टीले निर्वाचन आयोगबाट तारा चुनाव चिह्न पाएको हो । महोत्तरी क्षेत्र नम्बर १ का नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार गिरिराजमणि पोखरेल हाल तारा चिह्न लिएर निर्वाचनमा होमिरहँदा पुनः यस क्षेत्रमा तारा चम्किने सो पार्टीका नेता कार्यकर्ता बताउँछन । महोत्तरी-१ बाट पोखरेलले अन्तिम पटक चुनावी प्रतिस्पर्धामा छन् । उनले यसपछिका निर्वाचनमा प्रतिस्पर्धा नगर्ने यसअघि नै बताएका थिए ।
राजनीतिक विश्लेषकहरूका अनुसार निर्वाचन मिति नजिकिँदै जाँदा महोत्तरी क्षेत्र नम्बर १ का नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार गिरिराजमणि पोखरेलले प्रस्तुत गरेको स्पष्ट कार्यक्रम र संगठनात्मक सुदृढताले जनविश्वास बढाएको संकेत मिलिरहेको छ ।
जनताको दैनिकीसँग प्रत्यक्ष जोडिएका मुद्दामा केन्द्रित उम्मेदवार पोखरेलको अभियानले महोत्तरी क्षेत्र नम्बर १ का बर्दिवास नगरपालिका, गौशाला नगरपालिका र भंगहा नगरपालिकाको चारवटा वडासम्म सकारात्मक प्रभाव पारेको बताइन्छ ।
फागुन २१ को निर्वाचनलाई परिवर्तन, स्थायित्व र समृद्धिको मार्गचित्रसँग जोड्दै नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार गिरिराजमणि पोखरेल जनताको घरदैलोमा निरन्तर संवाद गरिरहेका छन् । क्षेत्रभर देखिएको यो उत्साह र समर्थनलाई नेपाली कम्युनिष्ट पार्टी महोत्तरी १ ले जनमतको बलियो आधारका रूपमा लिएको छ ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg