jkmv-english-1784299234.jpg
Saturday, 15 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस

FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः सहकारीको प्राथमिकता” भन्ने मूल नाराका साथ प्रभातफेरी गरि सहकारी दिवस मनाइएको हो ।

हेटौंडा ४ हुप्रचौरबाट सुरु भएको प्रभातफेरी र्याली हेटौंडा बजार परिक्रमा गरी चौकीटोलमा रहेको हिमालयन दरबारमा पुगी सहकारी दिवस समारोहमा परिणत भएको थियो ।

सहकारी दिवस मूल समारोह समितिका संयोजक नारायण प्रसाद देवकोटाको सभाध्यक्षता तथा बागमती प्रदेश सरकारका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा दिवस समारोह मनाइएको हो ।

समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले मकवानपुरमा समुदायमा आधारित सहकारी भएको र  सहकारीले उत्पादनमा आधारित भएर लगानी गर्नुपर्ने बताए । राज्यको आर्थिक मेरुदण्डको रुपमा रहेको सहकारीलाई थप व्यवस्थित गर्न प्रदेश सरकारले आवश्यक सहयोग गर्ने मुख्यमन्त्री बानियाँले बताए ।
कार्यक्रममा जिल्ला स्थित बचत तथा ऋण, बहुउद्देश्यीय, कृषि, दुग्ध उत्पादक लगायत अन्य सहकारी संस्थाहरुले संस्थाको व्यानर, प्लेकार्ड बोकेर विशेषता पोषाकमा सहभागी भएका थिए भने केही सहकारीहरुले नौमति बाजा र खैजडी भजनसहित सहभागीता जनाएका थिए ।

समारोहमा प्रभातफेरीमा उत्कृष्ट प्रदर्शन गर्ने सहकारीहरुलाई नगदसहित पुरस्कृत गरिएको थियो । पुरस्कृत हुनेमा हेटौंडा १३ को महिला मिलन बचत तथा ऋण सहकारी संस्था लि. प्रथम, हेटौंडा १८ स्थित साना किसान कृषि सहकारी संस्था लि. हर्नामाडी द्वितीय, हेटौंडा १७ को साना किसान कृषि सहकारी संस्था लि. हटियाले तेस्रो स्थान हाँसिल गरेका थिए ।

त्यस्तै, हेटौंडा ११ को बागेश्वरी महिला बचत तथा ऋण सहकारी संस्था लि., हेटौंडा १९ को साना किसान कृषि सहकारी संस्था बसामाडी, हेटौंडा २ को हातेमालो बचत तथा ऋण सहकारी संस्था लि., हेटौंडा ७ को हेटौंडा बचत तथा ऋण सहकारी संस्था लि., ले सान्त्वना स्थान हाँसिल गरेका थिए ।

यसैगरी सहकारी दिवसको अवसरमा नौमती बाजा प्रदर्शन गर्ने महिला मिलन बचत तथा ऋण सहकारी संस्था लि., साना किसान कृषि सहकारी संस्था लि. मनहरी र खैजडी भजन प्रदर्शन गर्ने सुपिङ दुग्ध उत्पादक सहकारी संस्थालाई नगदसहित प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रदेश सरकारका सहकारी तथा गरिवी निवारण मन्त्री विनु रायमाझी, बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख ललित बहादुर घलान, राष्ट्रिय सहकारी महासंघका सञ्चालक बद्रीप्रसाद लम्साल, केन्द्रिय दुग्ध सहकारी संघका सञ्चालक विदुर हुमागाई, जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरकि अध्यक्ष कल्पना श्रेष्ठ, जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपाने, जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरि प्रसाद कंडेल, जिल्ला कृषि सहकारी संघ, मकवानपुरकि अध्यक्ष रेखा खतिवडा, राष्ट्रिय सहकारी बैंकका प्रमुख समीर श्रेष्ठ, नेफ्स्कुन फिल्ड कार्यालय हेटौंडाकि प्रमुख ज्योति महत लगायतको आतिथ्यता रहेको थियो ।

सहकारी दिवसकै अवसरमा चैत्र १८ गते रक्तदान कार्यक्रम, १९ गते सहकारी संरक्षण, सम्बर्द्धनमा अभियान र निययामकीय भूमिका बिषयक अन्तरसंवाद कार्यक्रम आयोजना गरिएको थियो ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...

करदातालाई सहज सेवा प्रवाह गर्न थाहानगर उद्योग वाणिज्य संघद्वारा तीनदिने कर शिविर
FB_IMG_1785769904475-1785771869.jpg

थाहा, मकवानपुर । थाहानगर उद्योग वाणिज्य संघले उद्योगी, व्यवसायी तथा करदातालाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान...

दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...