pani-1786865868.jpg
Sunday, 25 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

रास्वपाको जित्ने सूचीमा छैन 'मकवानपुर'

FB_IMG_1772354916611-1772354940.jpg

यहि २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिसक्दा दलहरु आन्तरिक जोड घटाउमा लागिपरेका छन् । निर्वाचना होमिएका दलले कुन कुन प्रदेशमा कति सिट जित्न सकिन्छ भन्ने आन्तरिक जोडघटाउ गरिरहेका छन् । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले देशभरबाट प्रत्यक्षमा ५० सिट जित्ने दावी गरिरहँदा मकवानपुरलाई भने जित्ने सुचीमा राखेको छैन । २ निर्वाचन क्षेत्र रहेको मकवानपुरमा जित निकाल्न मुस्किल रहेको सूचीमा राखेको तथ्य बाहिरिएको छ । बागमती प्रदेशको ३३ मध्ये १५ सिट जित्ने दावी गरेको रास्वपाले मकवानपुरको दुवै सिट जित्न नसकिनेको सूचीमा राखेको हो । बागमतीका मकवानपुर बाहेक चितवनको तीनै सिट, काठमाडौको निर्वाचन क्षेत्र नम्बर ३, ६, ७, ८ र ९ लाई जित सुनिस्चित भएको सुचीमा समावेश गरेको छ । यस्तै काभ्रे, सिन्धुली र सिन्धुपाल्चोकको एकएक वटा, नुवाकोट र धादिङको दुइवटै क्षेत्र जित्न सकिने सुचीमा राखेको छ । जित्ने सुचीमा नरहेको तथ्य बाहिरिएसंगै रास्वपाका उम्मेदवार समेत निराश बनेका छन् । रास्वपाले मकवानपुर १ मा माओवादीबाट गएका प्रकाश गौतम र क्षेत्र नम्बर २ मा बालेनको टिमका भनिएका प्रशान्त उप्रेतीलाई उम्मेदवार बनाएको छ । जित्ने सुचीमा नहुनुका साथै टिकट वितरणमा आर्थिक लेनदेन गरेको आरोप लगाउँदै पार्टी सभापति भरत पराजुली, नेता निराजन बर्तौला लगायतले रास्वपा छोडेर कांग्रेस प्रवेश गरिसकेका छन् । अन्य नेताहरु समेत रास्वपा छोड्ने तयारीमा रहेको बताइएको छ । रास्वपाले जित्ने दावी गरेको ५० मध्ये १६ सिट रहेको सुदुरपश्चिममा ४ वटा, १२ निर्वाचन क्षेत्र रहेको कर्णालीको एक वा दुई, २६ निर्वाचन क्षेत्र रहेको लुम्बिनीमा ११ वटा, १८ क्षेत्र रहेको गण्डकीमा ८ क्षेत्र जित्ने दावी गरेको छ । यस्तै ३२ क्षेत्र रहेको मधेशमा ६ वटा र २८ क्षेत्र रहेको कोशीमा ७ वटा जित्ने दावी गरेको छ ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg