Sunday, 07 Jun, 2026
jkmv2083-1778723862.jpg

राजनीति

रास्वपाको जित्ने सूचीमा छैन 'मकवानपुर'

FB_IMG_1772354916611-1772354940.jpg

यहि २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिसक्दा दलहरु आन्तरिक जोड घटाउमा लागिपरेका छन् । निर्वाचना होमिएका दलले कुन कुन प्रदेशमा कति सिट जित्न सकिन्छ भन्ने आन्तरिक जोडघटाउ गरिरहेका छन् । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले देशभरबाट प्रत्यक्षमा ५० सिट जित्ने दावी गरिरहँदा मकवानपुरलाई भने जित्ने सुचीमा राखेको छैन । २ निर्वाचन क्षेत्र रहेको मकवानपुरमा जित निकाल्न मुस्किल रहेको सूचीमा राखेको तथ्य बाहिरिएको छ । बागमती प्रदेशको ३३ मध्ये १५ सिट जित्ने दावी गरेको रास्वपाले मकवानपुरको दुवै सिट जित्न नसकिनेको सूचीमा राखेको हो । बागमतीका मकवानपुर बाहेक चितवनको तीनै सिट, काठमाडौको निर्वाचन क्षेत्र नम्बर ३, ६, ७, ८ र ९ लाई जित सुनिस्चित भएको सुचीमा समावेश गरेको छ । यस्तै काभ्रे, सिन्धुली र सिन्धुपाल्चोकको एकएक वटा, नुवाकोट र धादिङको दुइवटै क्षेत्र जित्न सकिने सुचीमा राखेको छ । जित्ने सुचीमा नरहेको तथ्य बाहिरिएसंगै रास्वपाका उम्मेदवार समेत निराश बनेका छन् । रास्वपाले मकवानपुर १ मा माओवादीबाट गएका प्रकाश गौतम र क्षेत्र नम्बर २ मा बालेनको टिमका भनिएका प्रशान्त उप्रेतीलाई उम्मेदवार बनाएको छ । जित्ने सुचीमा नहुनुका साथै टिकट वितरणमा आर्थिक लेनदेन गरेको आरोप लगाउँदै पार्टी सभापति भरत पराजुली, नेता निराजन बर्तौला लगायतले रास्वपा छोडेर कांग्रेस प्रवेश गरिसकेका छन् । अन्य नेताहरु समेत रास्वपा छोड्ने तयारीमा रहेको बताइएको छ । रास्वपाले जित्ने दावी गरेको ५० मध्ये १६ सिट रहेको सुदुरपश्चिममा ४ वटा, १२ निर्वाचन क्षेत्र रहेको कर्णालीको एक वा दुई, २६ निर्वाचन क्षेत्र रहेको लुम्बिनीमा ११ वटा, १८ क्षेत्र रहेको गण्डकीमा ८ क्षेत्र जित्ने दावी गरेको छ । यस्तै ३२ क्षेत्र रहेको मधेशमा ६ वटा र २८ क्षेत्र रहेको कोशीमा ७ वटा जित्ने दावी गरेको छ ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
रास्वपा मकवानपुरको अधिवेशन सम्पन्न सभापतिमा पाठक सर्वसम्मत
InShot_20260606_211208693-1780761101.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनले मनहरीका सञ्जीव पाठकलाई सभापति चयन गरेको छ ।...

थाहाको नारदतिर्थ,त्रिवेणी शंखमुलमा शंखधारा जडानकार्य सुरु
file_00000000250c7208bec6-1780760426.png

मकवानपुरको थाहा नगरपालिकास्थित ऐतिहासिक धार्मिकस्थल शंखमुलमा शंखकै आकृतिका धारा जडान गर्ने कार्य धमाधम...

नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg