pani-1786865868.jpg
Tuesday, 25 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस

FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। नगर प्रमुख विष्णु बिष्टको अध्यक्षतामा आयोजित कार्यक्रममा सहकारी क्षेत्रसँग सम्बन्धित विभिन्न व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरज पौडेल, वडा नं. ५ का अध्यक्ष विष्णु बहादुर गुरुङ, पालुङ बहुउद्देश्यीय सहकारीका अध्यक्ष कृष्ण बहादुर बिष्ट, लालीगुराँस महिला बहुउद्देश्यीय सहकारीकी अध्यक्ष रिता प्रधान तथा सुखी भविष्य बचत तथा ऋण सहकारीका अध्यक्ष सुरेन्द्रमान प्रधानले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। नगरभित्र रहेका विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरूको पनि कार्यक्रममा उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख विष्णु बिष्टले सहकारी क्षेत्रलाई स्थानीय आर्थिक विकासको महत्वपूर्ण आधारको रूपमा लिनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “सहकारीहरू उद्यमशीलता विकास, रोजगारी सिर्जना र वित्तीय पहुँच विस्तारका महत्वपूर्ण माध्यम हुन्। पारदर्शिता र उत्तरदायित्वसहित सञ्चालन गरिएमा सहकारीले समृद्ध समाज निर्माणमा ठुलो योगदान पुर्‍याउन सक्छ।” साथै उहाँले सहकारी संस्थाहरूलाई अनुशासित, विश्वसनीय र सदस्यमुखी भएर अगाडि बढ्न आग्रह गर्नुभयो।
हरेक वर्ष चैत्र २० गते मनाइने राष्ट्रिय सहकारी दिवस २०१३ सालमा चितवनको शारदानगरमा स्थापना भएको पहिलो सहकारी ‘बखान सहकारी’को स्मरणमा मनाइँदै आएको छ। यस वर्ष “उद्यमशीलता र पारदर्शिता: सहकारीको प्राथमिकता ” भन्ने मूल नारासहित देशभर विविध कार्यक्रमका साथ दिवस मनाइएको हो।
हाल देशभर करिब ३० हजार सहकारी संस्था सक्रिय रहेका छन्। सहकारी क्षेत्रले कुल गार्हस्थ्य उत्पादनमा करिब ३ प्रतिशत र वित्तीय पहुँच विस्तारमा १५ प्रतिशत योगदान पुर्‍याएको तथ्याङ्कले देखाउँछ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...