himalen-2083-1778725505.jpg
Tuesday, 02 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो

FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा मान्यता दिएपछि थाहा नगरपालिकामा पनि पहिलो पटक भव्य रूपमा दिवस मनाइएको छ।
थाहा नगरपालिकाको आयोजनामा “आरोग्य थाहा नगर अभियान” अन्तर्गत आयोजित कार्यक्रममा योग, ध्यान तथा आरोग्य सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको हो। “हिमालको चेतना विश्वको आरोग्य” भन्ने मूल नारासहित मनाइएको कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न संघसंस्था, स्वास्थ्यकर्मी, विद्यार्थी, सुरक्षाकर्मी तथा महिला समूहहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा जीवन विज्ञान प्रतिष्ठान का संस्थापक रमेश नेपाल ले आरोग्यको अवधारणालाई समग्र मानव जीवनसँग जोड्दै यसलाई विश्वव्यापी प्राथमिकताका रूपमा स्थापित गर्नुपर्ने आवश्यकता औंल्याए। उनले आन्तरिक जागरण र आरोग्यमार्फत आर्थिक तथा आध्यात्मिक पर्यटनको विकास सम्भव रहेको धारणा राख्दै विश्वलाई स्वस्थ राख्न आरोग्यको महत्त्वबारे प्रशिक्षण दिए।
थाहा नगर प्रमुख बिष्णु बिष्ट ले स्वस्थ जीवनशैलीका लागि योग र आयुर्वेदको महत्त्व दिनप्रतिदिन बढ्दै गएको उल्लेख गर्दै नियमित योग र ध्यान अभ्यासले शारीरिक तथा मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने बताए। उनले यस्ता कार्यक्रमले “आरोग्य थाहा नगर” अभियानलाई सफल बनाउन टेवा पुग्ने विश्वास व्यक्त गरे।
शिखरकोट फल्चाबाट सुरु भएको र्याली गोपाली गाउँ हुँदै पालुङ जेसीज सभाहलमा पुगेर योग तथा ध्यान अभ्याससहित आरोग्य प्रशिक्षण कार्यक्रममा परिणत भएको थियो। कार्यक्रममा सहभागीहरूलाई विश्वभर एकैपटक ५० लाख मानिसलाई ध्यान गराउने अभियान अन्तर्गत १५ मिनेट सामूहिक ध्यानसमेत गराइएको थियो।
कार्यक्रममा बागमती प्रदेश सांसद कुमारी मोक्तान, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, थाहा नगर उपप्रमुख भरत गोपाली तथा प्रमुख प्रशासकीय अधिकृत निरज पौडेल लगायतको उपस्थिति रहेको थियो।
नेपाल सरकारको प्रस्तावमा संयुक्त राष्ट्र संघ महासभा ले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा औपचारिक मान्यता दिएको हो। गत फागुन २६ गते अनुमोदन भएको उक्त प्रस्तावपछि विश्वभर पहिलो पटक यो दिवस मनाइएको हो।
समग्र स्वास्थ्य, सुख तथा सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यसहित मनाइने यस दिवसले सस्तो, सुलभ र समावेशी स्वास्थ्य अभ्यासतर्फ विश्व समुदायलाई प्रेरित गर्ने अपेक्षा गरिएको छ।

FB_IMG_1776261466931-1776261490.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

थाक्रे–७को ढुङ्गा खानीमा मृत्यु प्रकरणले त्रिभुवन राजमार्ग अवरुद्ध,आशिका तामाङ पनि पुगिन
InShot_20260523_135114427-1779523599.jpg

धादिङ,९ जेठ – धादिङको थाक्रे गाउँपालिका वडा नं. ७ स्थित बज्रकाली रोडा ढुङ्गा उद्योगमा त्रासमय घटना भएको छ।...

रास्वापा थाहा नगर वडाः ४ को नयाँ कमिटी गठन:-हेर्नुस को को छन?
FB_IMG_1779522224539-1779522388.jpg

थाहा नगरपालिका,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) को ४ न वडा अधिवेशन सम्पन्न भएको छ। थाहा नगर सभापति श्री...

संसद् पुग्यो थाहा नगरमा फलेको आलुको भाउ, सांसद् उप्रेती भन्छन्-‘आलुकै भात, आलुकै तरकारी’
InShot_20260519_151146898-1779182836.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद प्रशान्त उप्रेतीले मकवानपुरका सडकको अवस्था खराब रहेको बताएका छन्...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg