pani-1786865868.jpg
Friday, 09 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण

FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने उद्देश्यले ३५ जनालाई हाइजिन किट वितरण गरेको छ। नगरपालिकाको ‘समुदायमा आधारित पुनर्स्थापना सहयोग कार्यक्रम’ (CBR) अन्तर्गत क वर्गका अपाङ्गता भएका व्यक्तिहरूका अभिभावकलाई हेरचाह सम्बन्धी तालिमसहित उक्त किट प्रदान गरिएको हो।
महिला, बालबालिका तथा अपाङ्ग परिचयपत्र शाखाकी प्रमुख प्रतिमा मोक्तानका अनुसार पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै सरसफाइ सामग्री वितरणसँगै उनीहरूको उचित हेरचाह कसरी गर्ने भन्ने विषयमा व्यावहारिक तालिम पनि सञ्चालन गरिएको थियो।
यसैक्रममा नगरभित्र ग र घ श्रेणीमा पर्ने अपाङ्गता भएका व्यक्तिहरूको जीविकोपार्जनमा सहयोग पुर्‍याउने उद्देश्यले १६ जना अपाङ्गता भएकालाई टेवा रकमसमेत वितरण गरिएको छ। थाहा नगर प्रमुख विष्णु बिष्टले यस्तो सहयोगले भत्ता नपाउने अपाङ्गता परिचयपत्र वाहकहरूलाई सानो आयआर्जनतर्फ उन्मुख गराउन मद्दत पुग्ने विश्वास व्यक्त गरे।
उनले भने, “स्थानीय तहबाट यस्ता कार्यक्रमले अपाङ्गता भएका नागरिकलाई आत्मनिर्भर बनाउन सहयोग पुर्‍याउँछ। सानो सहयोगले पनि ठूलो परिवर्तन ल्याउन सक्छ।”
कार्यक्रममा उपप्रमुख भरत गोपालीले पनि यस्ता पहलहरू दीर्घकालीन रूपमा प्रभावकारी हुने उल्लेख गर्दै भने, “यो सानो बीउ पूँजी जस्तै हो, जसले भविष्यमा ठूलो परिवर्तन ल्याउन सक्छ।”
त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत निरज पौडेलले नगरपालिकाले समावेशी विकासलाई प्राथमिकतामा राख्दै अपाङ्गता भएका व्यक्तिहरूको सशक्तीकरणका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए।
उनले भने, “अपाङ्गता भएका व्यक्तिहरूलाई आत्मनिर्भर बनाउने दिशामा नगरपालिका प्रतिबद्ध छ, र आगामी दिनमा यस्ता कार्यक्रम अझ प्रभावकारी रूपमा अघि बढाइनेछ।”

कार्यक्रम थाहा नगरपालिकाको आर्थिक सहयोग तथा मकवानपुर अपाङ्ग उत्थान समाजको सहकार्यमा सञ्चालन गरिएको हो।
समाजका अध्यक्ष राम थापाको अध्यक्षता तथा नगरप्रमुख बिष्णु बिष्टको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख भरत गोपाली,थाहा नगर प्रमुख प्रशासकीय अधिकृत निरज पौडेल, वडा न ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझी,वडा न ४ का अध्यक्ष नारायण लामा,सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने,ईलाका प्रहरी कार्यालय पालुङका प्रमुख रुक्सा बज्राचार्य,महिला बालबालिका तथा अपाङ्ग परिचयपत्र शाखाका प्रमुख प्रतिमा मोक्तान,अपाङ्ग सरोकार मन्च थाहाका संयोजक मनलाल गोपाली लगायतको उपस्थिती रहेको थियो
कार्यक्रमकै क्रममा थाहा नगरपालिका र मकवानपुर अपाङ्ग उत्थान समाजले थाहा–२ निवासी ८ वर्षीया सुस्मिता बिष्टलाई खुट्टाको उपचारका लागि २५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको थियो।
कार्यक्रममा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक लक्ष्मी पौड्यालले अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य तथा महिला स्वास्थ्यसम्बन्धी प्रशिक्षण दिएका थिए भने जीवनशैली विज्ञ रमन भट्टराईले सकारात्मक जीवनशैली सम्बन्धी प्रशिक्षण प्रदान गरेका थिए।
थाहा नगरपालिका स्तरीय अपाङ्गता समन्वय समितिका अध्यक्ष मनलाल गोपालीका अनुसार मध्यम तथा सामान्य श्रेणीका अपाङ्गता भएका व्यक्तिहरूलाई उनीहरूको आवश्यकताअनुसार टेवा रकम उपलब्ध गराइएको हो।
कार्यक्रम दुई दिन सम्म संचालन भएको थियो।
२०७८ सालको जनगणना अनुसार बागमती प्रदेशमा १ लाख २४ हजार १ सय अपाङ्गता भएका व्यक्तिहरू रहेका छन्। स्थानीय तहबाट सञ्चालन गरिने यस्ता कार्यक्रमहरूले अपाङ्गता भएका समुदायलाई सशक्त बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...