pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

१०४ वर्ष अगाडि चित्लाङको शिवालय मन्दिर ‎

FB_IMG_1754662118242-1754662714.jpg

तस्विर सामाजिक संजाल

पुरानो बस्ती रहेको चित्लाङ, त्रिभुवन राजपथ बन्नु अगाडि सम्म उपत्यकाबाट तराइ जाने बाटो पर्दथ्यो । राणाकालमा चित्लाङको महत्व एकदम धेरै थियो । काठमाडौबाट शिकारका लागि तराइ झर्दा भनौ वा भारत भ्रमणमा जाँदा यहि बाटो भएर दक्षिण लाग्दथे । त्यस्तै अंग्रेज अफिसरहरु पनि यहिँ बाटो आउँदथे । यो बाटो धेरै हिड्नुपर्ने हुँदा श्री ३ चन्द्रशमशेरले श्री ३ का लागि एउटा दरवार र श्री ५ का लागि अर्को दरवार बनाएका थिए । 

‎यस चित्लाङको इतिहास बुद्धकालिन समय वा त्यसपछि सम्म जोड्न सकिन्छ । सम्राट अशोकको नेपाल आगमन र छोरी चारुमतीको उपत्यकासंग नाता गाँसिए पछि यहि बाटो नै आवतजावत हुने गर्दथ्यो । सम्राट अशोकले बनाएको अशोक चैत्यको नामबाट नै यस गाउँको नाम चित्लाङ रहन गएको हो । चैत्य भएको ल अर्थात बाटो भएको हुँदा चैत्य लः भन्दा चित्लाङ भएको भन्ने गरिन्छ । 

‎उपत्यकामा पहिलो पटक राज्य सञ्चालन गर्ने गोपालहरु उपत्यकाबाट धपाइए पछि यहि चित्लाङमा बस्न थालेका थिए । यहाँ किरातकालीन शिवालय पनि रहेको छ । तीनवटा गजूर र तीन ढोका भएको यस त्रिपुरेशवर शिवालय वास्तवमा तीनवटा शिवको संयुक्त मन्दिर हो । यस मन्दिरको उत्तर तर्फको शिव जगदिश्वर, दक्षिण तर्फको शिव भक्तेश्वर र बिचको शिवको नाम भने जङ्गभक्तेश्वर हो । तीनवटा शिवका लागि तीन ढोका र तीन गजूर राखिएको छ । चित्लाङको माझ पौवामा रहेको शिवालय हाल पनि देख्न सकिन्छ । तस्विरमा १०४ वर्ष अगाडिको अवस्था देख्न सकिन्छ ।

‎शिवालयको ठिक अगाडि राखिएको संरचनामा कुनै बेला घण्ट राखिएको होला तर १०३ वर्ष अगाडि नै त्यहाँबाट घण्ट हराइसकेको देखिन्छ । हाल त सो घण्ट झुन्ड्याउने ढुङ्गाको संरचना पनि हाल छैन । त्यस संरचनाको माथि नागको आकृति पनि देख्न सकिन्छ । साथै सिँढीको माथि नै केही पूजा गर्ने थलो देखिन्छ । तर हाल भने यस्तो केही छैन । 

‎तीनवटै ढोकामा ढुङ्गामा कुँडिएको सुन्दर छेपु देख्न सकिन्छ । सय वर्ष अगाडिको तस्विरमा आकर्षक ढोका देखिन्छ । तर हाल सो ढोका छैन । पुरानो शैलीमा ढुङ्गाले बनेको मन्दिरको गजूर भने चारवटा नागले सुरक्षित बनाएको छ । जुन हाल पनि देख्न सकिन्छ । श्रोत सामाजिक संजाल 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...