Wednesday, 22 Mar, 2023
335140840_224188210104926-1678630254.jpg

पर्यटन

हेटौंडामा जारी महोत्सवमा गायक रमेशराजको धमकेदार प्रस्तुती, झुमे हेटौडेली


मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा हेटौंडा १० टिसिएन चौरमा जारी महोत्सवमा राष्ट्रिय कलाकारको प्रस्तुतीमा दर्शकहरु झुमेका छन् ।  महोत्सवको पाँचौ दिन आइतबार महोत्सव अवलोकन गर्न आएका दर्शकहरुले गीतसंगीतमा झुमेका हुन् ।
दर्शकदीर्घामा नाच्दै कम्मर मर्काउँदै गायक रमेशराज भट्टराई र गायिका सहिमा श्रेष्ठको गीतमा झुमेका हुन् । गायक भट्टराईले बेहुला बनाउँछु भन्थी बहुला बनाएर गई..., तिमी लास्टै क्यूटि छौ र म फिदा भाको छु...,आखिर सिन्दुरपोते अर्कैको सजाएर गई..., टन्न पैसा कमाउला भन्थेउ भन्ने गीत लगायत विभिन्न गीत प्रस्तुत गर्दै हेटौंडेली  दर्शकलाई नचाएका थिए । 
गीतमा रमाउँदै गरेका हेटौंडेलीहरु स्याण्टअप कमेडीमा चर्चित रहेकी कमेडियन सीता न्यौपानेले सबैलाई हसाउँन सफल भएकी छिन् । व्यङ्ग्यात्मक रुपमा प्रस्तुत भएकी न्यौपानेले युवापुस्तालाई व्यङ्ग्य गर्दै सबैलाई हसाएकी थिइन् । 
सोमबार चर्चित बाल गायक अशोक दर्जी, गायक÷संगीतकार टंक बुढाथोकी, गायिका मञ्जु पौडेल, हेटौंडेली कलाकार सुलेमान शंकर ईकु, गायक प्रदीप त्रिपाटी आउने महोत्सवका कलाकार मनोञ्जन समितिका संयोजक एवम् संघका उपाध्यक्ष उज्वल चौलागाईले बताउनुभयो । शनिबार राष्ट्रिय कलाकार गायिका टिका प्रसाई र गायक किरण भुजेल, कमेडियन राजा राजेन्द्र पोखरेलले आफ्नो प्रस्तुती दिएका थिए । 
महोत्सवमा हेटौंडा आइडल गायन प्रतियोगिता र हेटौंडा डान्सिङ स्टार प्रतियोगिता पनि भइरहेको छ । हेटौंडा आइडल र हेटौंडा डान्सिङ स्टारमा मकवानपुरका विभिन्न नवप्रतिभाहरुले  प्रतिस्पर्धा गरिरहेका छन् ।   
महोत्सवलाई हेटौंडाको उत्पादन शिवम सिमेन्टले प्रायोजन गरेको छ भने सह—प्रायोजकमा युनिलिभर नेपाल लिमिटेड, नेपाल ब्रुअरिज र लक्ष्मी ग्रुप (हुण्डाई) रहेको महोत्सवका मुल संयोजक एवम् मउवा संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले बताउनुभयो । मेला सम्पन्न गर्न जिल्ला समन्वय समिति मकवानपुर र हेटौंडा उपमहानगरपालिका प्रवद्र्धकको रुपमा रहेका छन् भने महोत्सवको सह—आयोजकमा बागमती प्रदेश सरकारको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालय रहेको अध्यक्ष गुप्ताले बताउनुभयो । 
महोत्सवको टिकट प्रायोजकमा शौर्य सिमेन्ट, रिद्धिसिद्धी सिमेन्ट रहेको छ । महोत्सवको आधिकारिक विमा कम्पनीको रुपमा एनएलजी विमा कम्पनी रहनुका साथै लोगो प्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक र नेपाल ईकरात रहेको मुख्य आयोजक मकवानपुर उद्योग वाणिज्य संघले जनाएको छ । 
१० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा हेटौंडा आइडल डान्सिङ स्टार, जुम्लाको मार्सी चामल, केराको मःम, रैथाने बाली कोदोको पिठो बाट कोदोको विष्कुट, निमकिन, पोखराको खुवा, नेपाल टेलिकमको फ्री सिमकार्ड, हिमाली भीरमौरीको मह, भोजपुरे खुकुरी, प्राचिन हस्तकलाको झ्याल, ढोका, पुस्तक प्रदर्शनी, आइसगोला र मकवानपुरे आइसक्रिम, ल्यापटप एवम् मोवाइलको फ्रि सर्भिससिङ, मोडुलर किचेन, टाटा, सिजीका विभिन्न किसिमका इलेक्ट्रिक गाडीहरु, बालबालिकाको लागि फन पार्क, स्थानीय एवम् राष्ट्रिय कलाकारहरुको दैनिक प्रस्तुती, हेटौंडा र अन्य अस्पतालका डाक्टरहरुबाट निःशुल्क स्वास्थ्य शिविर, क्यारियर काउन्सिलिङ र दैनिक उपभोग्य वस्तुहरुसमेत विक्री वितरण भइरहेको संघका महासचिव दिपक उप्रेतीले बताउनुभयो । 
११ गते सुरु भएको महोत्सव माघ २३ गतेसम्म सञ्चालन हुनेछ । आजको महोत्सवको प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामीमगर रहनुभएको थियो ।  महोत्सवमा निशुल्क स्वास्थ्य शिविर अन्तरगत सञ्चो हस्पिटलका फिजिसियन डाक्टर सचिन दासको नेतृत्वमा सेवा प्रदान गरिएको थियो । 
 

nepalaya-copy-1675152884.jpg
nea-palung-final-1672828542.jpg

viber_image_2022-09-27_22-1664340402.jpg
pp-1678891142.jpg
ललितपुरमा कोरोना रोग प्रतिरोधात्मक क्षमता बढाउन बुष्टर डोजको दोस्रो मात्रा दिइने
FB_IMG_1679407356382-1679407812.jpg

ललितपुरमा कोरोना रोग प्रतिरोधात्मक क्षमता बढाउन बुष्टर डोजको दोस्रो मात्रा दिइने भएको छ। स्वास्थ्य कार्यालय...

दोश्रो संस्करणको सहिद सुनिता स्मृति जिल्ला स्तरीय भलिवल चैत १५ देखि।
FB_IMG_1679379064831-1679411596.jpg

सहिद सुनिता स्मृति प्रतिष्ठानको आयोजनामा दोश्रो सुनिता स्मृति जिल्ला स्तरीय भलिबल प्रतियोगिता २०७९ चैत १५ देखि...

पाँच करोडको ठेक्कामा बदमासी, त्रिभुवनराजपथ सडकमा अक्सपाल पिच गर्दा सुरुबाटनै त्रुटी
FB_IMG_1679405812066-1679405823.jpg

हेटौंडाबाट काठमाण्डौंं पुग्ने त्रिभुवनराजपथ अन्तरगत अघोरसिमभन्ज्याङ सडक खण्डमा ६ किलोमिटर सडकमा अक्सपाल पिच...

श्रीमान जीउँदै,१५ महिना बिधवा भत्ता झ्वाम!
FB_IMG_1679380684988-1679380700.jpg

रामेछापका एक महिलाले श्रीमान् जीवित हुँदै एकल महिला भत्ता बुझिरहेको पाइएको छ। जिल्लाको मन्थली नरपालिका–३,...

मकवानपुर क्याम्पसमा अखिल क्रान्तिकारीको उदय,विद्यार्थीको असल साथी बन्ने लामाको प्रतिबद्धता
FB_IMG_1679325580098-1679325592.jpg

मकवानपुरकै सबै भन्दा ठूलो क्याम्पस मकवानपुर बहुमुखी क्याम्पसको स्ववियुको नेतृत्वमा अखिल क्रान्तिकारीका नेता ,...

जनकल्याणमा गड्यौला खेती सम्बन्धि अभिमुखिकरण ।
IMG_20230320_121941_095-1679323693.jpg

थाहा नगरपालिका स्थित जनकल्याण माबिले "फोहोर व्यवस्थापनमा गड्यौला पालन,कृषि अध्ययनको अपरिहार्यता र प्राप्त...

थाहा ६, मा एकजना  महिला मृत अबस्थामा फेला,
death-5a55b7b17b1be3.3913-1679316212.jpg

थाहा नगरपालिका ।  मकवानवपुरको थाहा नगरपालिका ६ सरस्वती बजारमा एकजना  महिला मृत अबस्थामा फेला परेको प्रहरीले...

दामनमा व्यवसायिक सिप बिकास तालिमको सुरुवात
FB_IMG_1679308100643-1679308122.jpg

च्वाईस ह्युम्यानिटेरिएन नेपाल (CHOICE Humanitarian Nepal) को आयोजनामा चैत६ गते थाहा नगरपालिकाको पर्यटकीय स्थान दामनमा...

बागमती प्रदेश स्तरीय सहकारी दिवश मनाउन समिति गठन
FB_IMG_1679229538592-1679229556.jpg

हेटौंडा, ०५ चैत्र/बागमती प्रदेशमा ६६ औं राष्ट्रिय सहकारी दिवश २०७९ मनाउन एक हजार एक सदस्यीय प्रदेश स्तरीय मूल...