pani-1786865868.jpg
Tuesday, 25 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

हिमालयनको अभिभावक भेला सम्पन्न

329083172_718714839647574-1675477706.jpg

 थाहानगर, २० माघ/ थाहा नगरपालिका वडा नम्बर ४ मा रहेको हिमालयन ईङ्लिस बोर्डिङ सेकेण्डरी स्कुलको अभिभावक भेला तथा पुरस्कर वितरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । भेलाले बिद्यालयका संस्थापक पुरुसोत्तम कार्कीको अध्यक्षतामा बिद्यालय ब्यवस्थापन समितिको चयन गरेको छ । समितिको सदस्यहरुमा अभिभावकहफुको तर्फबाट सरोज बिष्ट, नवराज कार्की, उर्वशी रायमाझी रहेका छन् । त्यस्तै समितिमा विद्यार्थीबाट सिम्रन खड्का, शिक्षक प्रतिनिधि लक्ष्मी पौडेल रहेका छन् । समितिमा नगर शिक्षा समितिबाट १ जना र वडा जनाप्रतिनिधिबाट १ जना सदस्य रहने बिद्यालयका प्रधानाध्यापक तथा बिद्यालय ब्यवस्थापन समितिका सदस्य सचिब बाबुलाल कार्कीले बताउनुभयो । यसैबिच शुक्रबार नै बिद्यालयको आन्तरिक परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार बितरण गरिएको थियो । बिद्यालयका शिक्षक शुसान्त गोपालीको संयोजकत्वमा भएको कार्यक्रममा पालुङ बहुमुखी क्याम्पसका प्राध्यापक रामहरि अधिकारी, न्यु भिजन एकेडेमीका प्रधानाध्यापक सुदर्शन कार्की, थाहानगर कार्यपालिका सदस्य पबित्रा ठकुरी कार्की, वडा नम्बर ३ को सदस्य कबिता बिष्ट लगायतको आतिथ्यता रहेको थियो । बिद्यालयकी शिक्षक निशा बिष्टले संचालन गरेको कार्यक्रममा बिद्यालयका संयोजक संगम कार्कीले स्वागत मन्तव्य ब्यक्त गर्नुभएको थियो । बिद्यालयमा नर्सरी देखि कक्षा १० सम्म अध्ययन हुँदै आएको छ ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...