Monday, 23 Nov, 2026
worldlink1-1789963258.gif

थाहा नगर

हिन्दु–बौद्ध श्रद्धालुको आस्था केन्द्र ऋषेश्वर मन्दिरमा गुरु रिन्पोछेको मूर्ति अनावरण

FB_IMG_1749465688753-1749465854.jpg

मकवानपुर जिल्लाको उत्तरी क्षेत्र दामनमा अवस्थित ऐतिहासिक तथा धार्मिक स्थल ऋषेश्वर मन्दिरमा बौद्ध धर्मगुरु गुरु रिन्पोछेको मूर्ति अनावरण गरिएको छ। समुद्र सतहदेखि करिब २,५८४ मिटर उचाइमा रहेको यो मन्दिर त्रिभुवन राजपथ हुँदै सहजै पुग्न सकिने स्थानमा पर्छ।

सिमभन्ज्याङ र दामनको बीच भागमा पर्ने ऋषेश्वर मन्दिर हिन्दु र बौद्ध दुवै धर्मावलम्बीको श्रद्धा केन्द्रका रूपमा चिनिन्छ। यो स्थान बौद्ध धर्मगुरु पद्मसम्भव (गुरु रिन्पोछे) सँग गाँसिएको ऐतिहासिक मान्यताले धार्मिक तथा सांस्कृतिक दृष्टिले विशेष महत्व राख्दछ। ध्यान केन्द्रका रूपमा समेत चर्चित यस मन्दिरमा तत्कालीन राजा त्रिभुवनले पूजा गरी सन्तानको वर मागेको र त्यसपछि राजा महेन्द्रको जन्म भएको भन्ने किंवदन्ती प्रचलित छ।

पद्मवर्ण महायान बिहार गुम्बा, ललितपुर, वडा नं. ६, ज्याठावहा, ओकुवहालबाट प्राप्त गुरु रिन्पोछेको मूर्ति बागमती प्रदेश सभा सदस्य माननीय कुमारी मुक्तानद्वारा अनावरण गरिएको हो। 
मुर्ती प्रतिष्ठा गर्नै प्रदेश सभा सदस्य कुमारी मोक्तानले ऋषेश्वर मन्दिर क्षेत्रको धार्मिक, सांस्कृतिक र पर्यटकीय सम्भावना अझ प्रगाढ रहेकोमा मूर्ति स्थापना कार्यक्रमले हिन्दु–बौद्ध सहिष्णुता र साझा आस्थाको सन्देश फैलाएको विश्वास आफुले पाएको बताए।
उनले ऋषेश्वर क्षेत्रको बिकासमा सहयोग गर्न आफुले प्रदेश सरकार समक्ष पहल गर्ने पनि उल्यख गरे 

मुर्ति प्राण प्रतिष्ठा समारोहमा महायान बिहारका श्रद्धालुहरू, ऋषेश्वर क्षेत्र विकास समितिका अध्यक्ष विनोद कुमार लामा, वडा नं. ४ का अध्यक्ष नारायण लामा, तथा समिति सदस्यहरू निरोज प्रधान, शम्भु सिंह कार्की लगायतको उपस्थिति रहेको थियो।
 पूजासहित पद्मसम्भवको मूर्तिमा प्राण प्रतिष्ठा सहित वाङ आयुबाट अभिषेक पूजा कार्यक्रमसमेत भएको थियो।
पद्मसम्भवले खोटाङको हलेसी मारातिका गुफामा अभितायुष बुद्धको साक्षात् दर्शन गरी अमरत्व सिद्धि प्राप्त गर्नुभएको थियो । त्यसैगरी उहाँले दक्षिणकाली नगरपालिकाको फर्पिङमा बुद्धत्व प्राप्त गर्नुभएको थियो । त्यस्तै दामनको ऋषेश्वर (छुमिक ज्याङ्छुप), काभ्रे तिमाल (यारी नाग) संखुवासभाको खेन्पालुङ, दोलखाको रोल्वालिङ, हेलम्बु, मुस्ताङ आदि स्थानमा पनि आचार्य पद्मसम्भवले ध्यान साधना गर्नुभएको भोट वाङ्मयमा उल्लेख गरिएको पाइन्छ । उहाँले भविष्यमा बौद्ध धर्म रक्षा होस् भनी पहाडको गुफाहरूमा कयौँ निधिहरू सञ्चय गरेर राख्नुभएको कुरा उहाँका जीवनी पद्म काथाङ नामक ग्रन्थमा उल्लेख गरेको पाइन्छ ।

FB_IMG_1749465660207-1749465854.jpg
nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा १९ फिटको त्रिशूल अर्पण, मेलामा ७६ हजार रुपैयाँ भेटी संकलन
FB_IMG_1795180205308-1795180238.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–४, दामनस्थित प्रसिद्ध ऋषेश्वर महादेव मन्दिरमा हरिबोधिनी एकादशीको अवसरमा १९...

ऋषेश्वरमा ठूलो एकादशी मेलाको तयारी पूरा, माछामासु, मदिरा र जुवाजन्य खेलमा प्रतिबन्ध
FB_IMG_1795097044022-1795097058.jpg

कात्तिक शुक्ल एकादशी अर्थात हरिबोधनी एकादशीको अवसरमा प्रशिद्ध ऋषेश्वर स्थानमा लाग्ने मेलाको तयारी पूरा भएको छ...

थाहामा १५औँ राष्ट्रिय कर दिवस मनाइयो, कर शिक्षा र कर छुटबारे जानकारी
FB_IMG_1795096641026-1795096655.jpg

थाहा । ‘कर न्याय र सुशासन सुनिश्चितता : समृद्धिमा नागरिक सहभागिता’ भन्ने नारासहित १५औँ राष्ट्रिय कर दिवस २०८३...

किसिपिडीका १४ वर्षीया किशोरी हराइन्, खोजीका लागि परिवारको अपिल
FB_IMG_1795054167484_1-1795054213.jpg

काठमाडौं। काठमाडौंको चन्द्रागिरि नगरपालिका–किसिपिडीस्थित श्री जनकल्याण विद्यालय नजिकबाट १४ वर्षीया किशोरी...

थाहावासीलाई काठमाडौंका अस्पतालमा उपचार सहुलियत
AISelect_20261118_191003_-1795008614.jpg

मकवानपुरको थाहा नगरपालिकाबासीले काठमाडौंका विभिन्न अस्पतालमा उपचार गराउँदा विशेष सहुलियत पाउने भएका छन्।...

पालुङ प्राथमिक स्वास्थ्य केन्द्र अब ‘थाहा नगर अस्पताल’
FB_IMG_1794908167086-1794908302.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिकास्थित पालुङ प्राथमिक स्वास्थ्य केन्द्र अब ‘थाहा नगर अस्पताल’का रूपमा...

भीमफेदीमा कुलमान घिसिङको पार्टीको संगठन विस्तार तीव्र, टसी लामाको अध्यक्षतामा टोल कमिटी गठन
FB_IMG_1794831085532-1794831222.jpg

भीमफेदी, कार्तिक ३० । कुलमान घिसिङ नेतृत्वको 'उज्यालो नेपाल पार्टी' ले मकवानपुरको भीमफेदी गाउँपालिकामा आफ्नो...

न्हुलगाउँ टोल विकास संस्था बन्यो टी–२० कपको विजेता
InShot_20261114_203729620-1794704031.jpg

थाहा । थाहा नगरपालिका–१० स्थित बिशिङ्खेलको चम्पाकेश्वर खेल मैदानमा जारी न्हुलगाउँ टी–२० क्रिकेट...

थाहा–१० बिसिङ्खेलमा दुई मोटरसाइकल ठोक्किँदा चार जना घाइते
InShot_20261114_201206317-1794666583.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–१० बिसिङ्खेलस्थित गणेशमान सिंह सडकखण्डमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg