pani-1786865868.jpg
Thursday, 27 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

हामी छौ टिम द्वारा थाहा ४ कि बिपन्न महिला चिनीमैयाँ नेपाली छनौट,

1720056072122-1720058621.jpg

देशका विभिन्न क्षेत्रमा रहेका असहाय, पीडितको सहयोगार्थ देशका विभिन्न भागबाट छायांकन भैरहेको डकुड्रामा "हामी छौ" को टोली थाहाको शिखरकोट आइपुगेको छ।
सात प्रदेशबाट ७ जना अशक्त, आर्थिक रूपमा कमजोर व्यक्तिलाई छनोट गरिएको डकुड्रामाले थाहा नगरपालिका वडा न ४ मा रहेकी बिपन्न तथा एकल दलित महिला चिनीमैयाँ नेपालीलाई छनौट गरिएको डकुड्रामाका प्रस्तुतकर्ता शोभित बस्नेतले जानकारी दिनुभयो।
डकुड्रामामार्फत सात प्रदेशबाट ७ जना व्यक्ति छनोट गरिएको छ,जो वास्तविक जीवनमै पीडित छन् । हरेक मान्छेलाई हरेक एपिसोडमा राम्रो आर्थिक सहयोग गर्ने तयारी निर्माण पक्षको छ । डकुड्रामाको उद्देश्य चाहिने भन्दा बढि आर्थिक रुपमा पीडितलाई सहयोग गर्ने रहेको ड्रामाकी कलाकार तथा निर्माता सलिना बस्नेतले बताइन्।
थाहा ४ मा रहेकी चिनीमैया नेपाली छनौट भएसंगै निर्माण टोली १९ असारमा शिखरकोट आएको थियो।
निर्माण टिमले तत्काल २५ हजार नगद सहित एउटा लुगा सिलाउने मेसिन प्रदान गरेको छ भने अवको आर्थिक सहयोग नेपालीको बैंक खातामा जम्मा हुने प्रस्तुतकर्ता शोभित बस्नेतले बताए।

अहिले लाई निज चिनीमैयाँ नेपाली र थाहा वडा न ४ का अध्यक्ष नारायण लामाको नाममा कामना सेवा बिकास बैंकमा संयुक्त खाता खोलिएको छ" बस्नेतले भने अवको आर्थिक सहयोग वहाँहरुको नाममा रहेको खातामा जम्मा हुन्छ ।

थाहा नगरपालिका भित्र रहेका पर्यटकिय क्षेत्रलाई चलचित्र मार्फत देश तथा बिदेश पुर्याउदै आइरहेका बस्नेतले सामाजिक सेवा तर्फको कदमले पनि थाहा नगरपालिका नै रोजेका छन।

डकुड्रामाको सुटिङनै थाहाको चित्लाङबाट गरेका बस्नेतले थाहा भित्रको अर्को एक जना अति बिपन्न लाई पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन।
शोभित बस्नेत प्रस्तुतकर्ता रहेको डकुड्रामा आगामी दसैंमा ओटिटी फर्मबाट रिलिज हुने जनाइएको छ। यो डकुड्रामा ७ भागको हुनेछ।

सलिना बस्नेत र आर्यन पौडेलको प्रमुख भूमिका रहेको डकुड्रामामा त्रिसना क्षेत्री, सुशान्तकुमार श्रेष्ठ, समीर खान, शिवराज नेपाल, गणेश बुढाथोकीलगायत कलाकारको अभिनय छ। प्रस्तुतकर्ता शोभित बस्नेतले देशका विभिन्न क्षेत्रमा रहेका असहाय, पीडितको सहयोगार्थ डकुड्रामा बनाइएको बताए। सुशील देवकोटाको लेखन रहेको डकुड्रामाका निर्देशक रामजी राउत हुन्।

रामजी लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायांकन, आनन्द अधिकारीको गीत, शम्भुजित बासकोटाको संगीत रहने डकुड्रामालाई बन्दे प्रसादले सम्पादन गर्नेछन्।

1720056079549-1720058649.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...