janmadarta-1744810195.jpg
Monday, 21 Apr, 2025
krishi2-1744123294.jpg

पर्यटन

हनुमानले संजिवनी बुटी झारेको स्थानको प्रचार गर्दै पालुङ जेसीज

1742652746249-1742652774.jpg

पालुङ जेसीजले थाहा नगरपालिका वडा न २ र ७ को सिमानामा रहेको अस्पताल डाँडामा पर्यटकीय सम्भावना,अवसर र चुनौती बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
पालुङ जेसीजका अध्यक्ष माधव कार्कीको अध्यक्षता तथा वडा न २ का अध्यक्ष बम बहादुर सिन्तानको प्रमुख आतिथ्यतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा अस्पताल डाँडा थाहा नगरपालिकाको नयाँ पर्यटकीय गन्तव्य बन्न सक्ने चर्चा गरिएको थियो।
हिमचुली सामुदायिक बन उपभोक्ता समितिको सहकार्यमा सम्पन्न भएको कार्यक्रममा बोल्दै समितिका अध्यक्ष जित बहादुर तामाङले नगरपालिका भित्र लुकेर बसेका यस्ता पर्यटकिय गन्तव्यको उजागर गर्नको निम्ति सबैको हातेमालो आवश्यक रहेको औल्याउनुभयो।
कार्यक्रममा पुर्व जनप्रतिनिधि बिष्णु बहादुर थापाले आफू ७१ बर्ष कटिसक्दा पनि यति रमणीय स्थानमा नआयको बताउदै यसको प्रचारप्रचार हुन सके थाहा नगरपालिकामा अर्को गन्तव्य बन्न सकिने धारणा राखे।
प्रमुख अतिथी वडा अध्यक्ष सिन्तानले आफू पनि पहिलो पटक अस्पताल डाँडामा पाइला टेकेको बताउदै फरक अनुभूति गर्न पाएकोमा जेसीज लाई धन्यवाद दिदै पालुङ जेसीजकै पहलमा पालुङ गढी पनि पर्यटकीय गन्तव्यको रुपमा अगाडि बढिरहेको स्मरण गर्दै अब अस्पताल डाँडाको पनि नयाँ गन्तव्य पहिचान सहित बाटो खुलेको बताउदै वडाको तर्फबाट हुनेसम्म र सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा बाेल्दै पालुङ जेसिज बर्ष २०२५ काे अध्यक्ष माधव कार्किले यस स्थानमा हनुमानले सञ्जीवनी बुटीको पहाड बोकेर ल्याउँदा त्यसको केही भाग झरेको कारणले याे डाडा अस्पताल डाडा रहन गयकाे र पनि यो ठाउँमा हनुमानको ठूलो मूर्ति बनाएर  प्रचारप्रसार गर्न सके साँच्चै नै यो ठाउँलाई  ऐतिहासिक र धार्मिक रूपमा प्रचारप्रसार गर्नको लागि र थाहा नगरपालिकामा एउटा नयाँ पर्यटकीय गन्तव्यको रूपमा स्थापित हुनेमा कुनै दुईमत नभएको बताउदै अस्पताल डाँडा,झण्डा गाडे, भकारी ढुङ्गा, भकारी गुफा लगायत विभिन्न किसिमको पोइन्टहरू भएकोले पनि यो ठाउँमा पर्यटकको प्रचुर सम्भावना रहेको बताए साथै उनले यसबाट आर्थिक अर्थोपार्जनको लागि पनि  राम्रो अवसर रहेकोले  सँगै त्यो पूरा गर्नको लागि विभिन्न चुनौतीहरूलाई पार गर्दै अगाडि बढ्न सके स्थानीय जनता,स्थानीय सरकार, प्रदेशदेखि लिएर उच्च राजनीतिक कर्मि र सरोकारवाला सबैजनाले होस्टेमा हैसे गर्ने हो भने साँच्चै नै यो ठाउँले थाहा नै चिनाउनको लागि निकै महत्त्वपूर्ण भूमिका खेल्नेमा जोड दिए।
 वडा नम्बर ७ र २ को सिमानामा रहेको यो डाँडा बाट ७ नम्बरको विभिन्न स्थानहरूका साथै नगरपालिका पालुङ्ग क्षेत्रको धेरै भूभागहरू देख्न सकिन्छ। यहाँ बाट काठमाडौँको धरहरा पनि देखिने रुख समेत यो ठाउँमा रहेको छ । काठमाडौँ देखिने पोइन्ट ,झण्डा गाडे , अस्पताल डाँडो, भकारी ढुङ्गा , भकारी गुफा लगायत स्थान र जडीबुटीको भण्डार रहेको यस क्षेत्र संभावना र अवसर लाई खाेजि  गर्दै नवीनतम साेचले लाग्ने हाे भने अस्पताल डाडा मकवानपुर कै उच्च स्थानमा रहेकाे एतिहासिक गन्तव्य पकै बन्ने छ । 
कार्यक्रममा जेसीज बर्ष २०२५ का उपाध्यक्ष विकेश बाबू बस्नेत,वडा सदस्यहरु अर्जुन कार्की,सुनिता बिक,नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष बिक्रम तामाङ,कार्यक्रम संयोजक सन्जिता बस्नेत,सह कोषाध्यक्ष नविना बिष्ट,नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघका महासचिव सैलेन्द्र केसी लगायत स्थानीय तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

1742652756371-1742652775.jpg
chayerog-1733658794.png

world-link-1690434568.jpg
चित्लाङमा आज बाट जिल्ला स्तरीय भलिवल हुँदै
FB_IMG_1745203888091-1745203908.jpg

चित्लाङ्गमा नेपाली काङ्ग्रेसले आफ्ना दिवङ्गत नेतृत्वको स्मृतिमा भलिबल प्रतियोगिता आयोजना गर्न लागेको छ । नयाँ...

सरकार जिम्मेवार नबन्दा विध्यालय भर्ना अभियान प्रभावित भयो
1745069253635_1-1745069369.jpg

६ बैशाख, हेटौंडा।  नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं मकवानपुर जिल्ला ईन्चार्ज विजय गौतमले सरकार...

थाहाका २ हजार ६ सय ८३ बालबालिकालाई भिटामिन ए खुवाइने
FB_IMG_1745069052851-1745069063.jpg

मकवानपुरमा शनिबार र आइतबार भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु गरिएको छ । राष्ट्रिय भिटामिन ‘ए’...

गजल मञ्च मकवानपुरको अध्यक्षमा थाहाका संजित श्रेष्ठ
FB_IMG_1745067779943_1-1745067819.jpg

गजल मञ्च मकवानपुरको २२३ औं नियमित गजल यात्रा तथा चौथो अधिवेशन ६ वैशाखमा भएको छ । सर्जक सञ्जाल मकवानपुरका संयोजक...

आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
1744764753919-1744764801.jpg

हाल देशमा मुख्यतया स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  जसको प्रभावले कोशी, मधेस,...

युवाको श्रम विदेशमा, देशमा खाली नारा!
1744720502293-1744720612.jpg

विकासको नाममा राजनीतिक दलहरूले वर्षौंदेखि जनतालाई अनेकौं सपना देखाउँदै आएका छन्। संविधान, संघीयता, योजना, बजेट,...

न्यु भिजन एकेडेमीको वार्षिक नतिजा तथा पुरस्कार वितरण सम्पन्न
FB_IMG_1744555717552-1744555737.jpg

थाहा ३ बाघेखोलामा अवस्थित न्यु भिजन एकेडेमीको वार्षिक नतिजा प्रकाशन,पुरस्कार वितरण सहित अभिभावक भेला सम्पन्न...

थाहाको चेतनशिल महिला सहकारी उत्कृष्ट महिला सहकारीमा छनौट
1744553774511-1744553806.jpg

थाहा नगरपालिकाको चेतनशील महिला बचत तथा ऋण सहकारी संस्था जिल्लाकै ‘उत्कृष्ट महिला सहकारी’ छनौट भएको छ ।...

पालुङ बहुउद्देश्यीय द्वारा संरक्षित पूँजि फिर्ताकोषको रु ५९ लाख रुपैयाँ सदस्यलाई बाँडफाँड
414942559_128855317516752-1744529388.jpg

थाहामा अवस्थित पालुङ बहुउद्देश्यीय सहकारी संस्थाले संरक्षित पूँजि फिर्ताकोषको रु ५९ लाख रकम सदस्यलाई बाँडफाँड...