pani-1786865868.jpg
Friday, 09 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

पर्यटन

हनुमानले संजिवनी बुटी झारेको स्थानको प्रचार गर्दै पालुङ जेसीज

1742652746249-1742652774.jpg

पालुङ जेसीजले थाहा नगरपालिका वडा न २ र ७ को सिमानामा रहेको अस्पताल डाँडामा पर्यटकीय सम्भावना,अवसर र चुनौती बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
पालुङ जेसीजका अध्यक्ष माधव कार्कीको अध्यक्षता तथा वडा न २ का अध्यक्ष बम बहादुर सिन्तानको प्रमुख आतिथ्यतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा अस्पताल डाँडा थाहा नगरपालिकाको नयाँ पर्यटकीय गन्तव्य बन्न सक्ने चर्चा गरिएको थियो।
हिमचुली सामुदायिक बन उपभोक्ता समितिको सहकार्यमा सम्पन्न भएको कार्यक्रममा बोल्दै समितिका अध्यक्ष जित बहादुर तामाङले नगरपालिका भित्र लुकेर बसेका यस्ता पर्यटकिय गन्तव्यको उजागर गर्नको निम्ति सबैको हातेमालो आवश्यक रहेको औल्याउनुभयो।
कार्यक्रममा पुर्व जनप्रतिनिधि बिष्णु बहादुर थापाले आफू ७१ बर्ष कटिसक्दा पनि यति रमणीय स्थानमा नआयको बताउदै यसको प्रचारप्रचार हुन सके थाहा नगरपालिकामा अर्को गन्तव्य बन्न सकिने धारणा राखे।
प्रमुख अतिथी वडा अध्यक्ष सिन्तानले आफू पनि पहिलो पटक अस्पताल डाँडामा पाइला टेकेको बताउदै फरक अनुभूति गर्न पाएकोमा जेसीज लाई धन्यवाद दिदै पालुङ जेसीजकै पहलमा पालुङ गढी पनि पर्यटकीय गन्तव्यको रुपमा अगाडि बढिरहेको स्मरण गर्दै अब अस्पताल डाँडाको पनि नयाँ गन्तव्य पहिचान सहित बाटो खुलेको बताउदै वडाको तर्फबाट हुनेसम्म र सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा बाेल्दै पालुङ जेसिज बर्ष २०२५ काे अध्यक्ष माधव कार्किले यस स्थानमा हनुमानले सञ्जीवनी बुटीको पहाड बोकेर ल्याउँदा त्यसको केही भाग झरेको कारणले याे डाडा अस्पताल डाडा रहन गयकाे र पनि यो ठाउँमा हनुमानको ठूलो मूर्ति बनाएर  प्रचारप्रसार गर्न सके साँच्चै नै यो ठाउँलाई  ऐतिहासिक र धार्मिक रूपमा प्रचारप्रसार गर्नको लागि र थाहा नगरपालिकामा एउटा नयाँ पर्यटकीय गन्तव्यको रूपमा स्थापित हुनेमा कुनै दुईमत नभएको बताउदै अस्पताल डाँडा,झण्डा गाडे, भकारी ढुङ्गा, भकारी गुफा लगायत विभिन्न किसिमको पोइन्टहरू भएकोले पनि यो ठाउँमा पर्यटकको प्रचुर सम्भावना रहेको बताए साथै उनले यसबाट आर्थिक अर्थोपार्जनको लागि पनि  राम्रो अवसर रहेकोले  सँगै त्यो पूरा गर्नको लागि विभिन्न चुनौतीहरूलाई पार गर्दै अगाडि बढ्न सके स्थानीय जनता,स्थानीय सरकार, प्रदेशदेखि लिएर उच्च राजनीतिक कर्मि र सरोकारवाला सबैजनाले होस्टेमा हैसे गर्ने हो भने साँच्चै नै यो ठाउँले थाहा नै चिनाउनको लागि निकै महत्त्वपूर्ण भूमिका खेल्नेमा जोड दिए।
 वडा नम्बर ७ र २ को सिमानामा रहेको यो डाँडा बाट ७ नम्बरको विभिन्न स्थानहरूका साथै नगरपालिका पालुङ्ग क्षेत्रको धेरै भूभागहरू देख्न सकिन्छ। यहाँ बाट काठमाडौँको धरहरा पनि देखिने रुख समेत यो ठाउँमा रहेको छ । काठमाडौँ देखिने पोइन्ट ,झण्डा गाडे , अस्पताल डाँडो, भकारी ढुङ्गा , भकारी गुफा लगायत स्थान र जडीबुटीको भण्डार रहेको यस क्षेत्र संभावना र अवसर लाई खाेजि  गर्दै नवीनतम साेचले लाग्ने हाे भने अस्पताल डाडा मकवानपुर कै उच्च स्थानमा रहेकाे एतिहासिक गन्तव्य पकै बन्ने छ । 
कार्यक्रममा जेसीज बर्ष २०२५ का उपाध्यक्ष विकेश बाबू बस्नेत,वडा सदस्यहरु अर्जुन कार्की,सुनिता बिक,नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष बिक्रम तामाङ,कार्यक्रम संयोजक सन्जिता बस्नेत,सह कोषाध्यक्ष नविना बिष्ट,नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघका महासचिव सैलेन्द्र केसी लगायत स्थानीय तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

1742652756371-1742652775.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...