Sunday, 05 May, 2024
थाहा नगर

स्वावलम्बन लघुबित्तको थाहामा बित्तीय साक्षरता

FB_IMG_1710254217603-1710254249.jpg

थाहा नगरपालिका शिखरकोटामा रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले  वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ ।थाहा नगर क्षेत्रका ग्राहक सदस्य, अभिभावक साथै स्थानीयको सहभागीतामा शंकर होटलमा कार्यक्रम आयोजना गरिएको हो
कार्यक्रममा थाहा  नगरपालिकाका प्रमुख बिष्णु बिष्टले हाल बहुबैकिङ्ग कारोवार, एकले कर्जा लिई अरुलाई चलाउन दिने तथा घर सल्लाह नगरी कर्जा लिने र ब्यवसाय भन्दा पनि फजुल खर्चको लागि कर्जा लिने प्रवृतिको अन्त्य गर्न र वित्तीय अनुशासन कायम गर्न यस प्रकारका कार्यक्रमले सहयोग पुर्याउने बताउउनुभयो।
कार्यक्रममा क्षेत्रीय प्रवन्धक कृष्ण खनालले आर्थिक–सामाजिक र शैक्षिक रुपमा पछि परेका वर्गलाई गतिशील दिशामा अघि वढाउन र उनीहरुलाई वित्तीय पहुँच पुर्याइ जीवन स्तर उकास्न, आम्दानी गरि खर्चमा मितव्ययिता अपनाई वचत गर्ने बानी बसाल्न र आफ्नो पारिवारिक आम्दानी खर्चको लेखा जोखा गरि योजना वनाई अगाडी बढ्न र वित्तीय अनुशासन कायम गर्न आवश्यक रहेकोले वित्तीय साक्षरता आयोजना गरिएको वताए ।
कार्यक्रममा स्वाबलम्बन लघुवित्त पालुङ शाखामा १५ सय २० जना सदस्य रहेको,७६ वटा केन्द्रमा ३०६ समूह संख्या रहेको र पालुङ शाखा अन्तर्गत ८ सय ४४ जनामा १४ करोड १३ लाख लगानी गरेको र ६ करोड २१ लाख बचत रहेको जानकारी दिइयो ।
बित्तिय साक्षरता कार्यक्रम संस्थाका शाखा प्रमुख विकास बिष्टको अध्यक्षतामा सम्पन्न भएको थियो भने वडा न ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझी ,ईलाका प्रहरी कार्यालय पालुङका वरिष्ठ प्रहरी नायव निरीक्षक बुद्धि बहादुर तामाङ,संस्थाका अधिकृत हरु हिम प्रसाद अधिकारी,शोभाखर पाण्डे लगायत महिला समुहका सदस्य हरुको उपस्थिति रहेको थियो।
कार्यक्रमकै अवसरमा उत्कृष्ट कारोवार गर्दै तेस्रो हुन सफल पालुङ शाखा अन्तर्गतको हिमाल स्वावलम्बन महिला केन्द्र थाहा २ देउरालीलाई  प्रमाणपत्र सहित नगद प्रदान गरिएको थियो भने कर्जा बिमा अन्तर्गत बिमा माया तामाङ थाहा ३लाई   २ लाख ७० हजार बिमा बापतको रकम हस्तान्तरण गरिएको थियो।

FB_IMG_1710254222456-1710254250.jpg

world-link-1690434568.jpg
बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण
1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक...

चित्लाङ चन्द्रागिरी सडकमा लोडरले किच्दा एकजनाको ज्यान गयो।
FB_IMG_1714829160942-1714829186.jpg

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शनिबार दिउँसो सो सडकको...

प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...

ऐलेको ब्यवस्था ल्याउन मजदुरको योगदान महत्त्वपूर्ण : कुमारी मोक्तान
1714614339309-1714614354.jpg

हेटौंडा १९ बैशाख/ऐलेको ब्यवस्था ल्याउन मजदुरहरुको योगदान महत्त्वपूर्ण भएको नेकपा माओबादी केन्द्रकी केन्द्रीय...