Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

स्वावलम्बन लघुबित्तको थाहामा बित्तीय साक्षरता

FB_IMG_1710254217603-1710254249.jpg

थाहा नगरपालिका शिखरकोटामा रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले  वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ ।थाहा नगर क्षेत्रका ग्राहक सदस्य, अभिभावक साथै स्थानीयको सहभागीतामा शंकर होटलमा कार्यक्रम आयोजना गरिएको हो
कार्यक्रममा थाहा  नगरपालिकाका प्रमुख बिष्णु बिष्टले हाल बहुबैकिङ्ग कारोवार, एकले कर्जा लिई अरुलाई चलाउन दिने तथा घर सल्लाह नगरी कर्जा लिने र ब्यवसाय भन्दा पनि फजुल खर्चको लागि कर्जा लिने प्रवृतिको अन्त्य गर्न र वित्तीय अनुशासन कायम गर्न यस प्रकारका कार्यक्रमले सहयोग पुर्याउने बताउउनुभयो।
कार्यक्रममा क्षेत्रीय प्रवन्धक कृष्ण खनालले आर्थिक–सामाजिक र शैक्षिक रुपमा पछि परेका वर्गलाई गतिशील दिशामा अघि वढाउन र उनीहरुलाई वित्तीय पहुँच पुर्याइ जीवन स्तर उकास्न, आम्दानी गरि खर्चमा मितव्ययिता अपनाई वचत गर्ने बानी बसाल्न र आफ्नो पारिवारिक आम्दानी खर्चको लेखा जोखा गरि योजना वनाई अगाडी बढ्न र वित्तीय अनुशासन कायम गर्न आवश्यक रहेकोले वित्तीय साक्षरता आयोजना गरिएको वताए ।
कार्यक्रममा स्वाबलम्बन लघुवित्त पालुङ शाखामा १५ सय २० जना सदस्य रहेको,७६ वटा केन्द्रमा ३०६ समूह संख्या रहेको र पालुङ शाखा अन्तर्गत ८ सय ४४ जनामा १४ करोड १३ लाख लगानी गरेको र ६ करोड २१ लाख बचत रहेको जानकारी दिइयो ।
बित्तिय साक्षरता कार्यक्रम संस्थाका शाखा प्रमुख विकास बिष्टको अध्यक्षतामा सम्पन्न भएको थियो भने वडा न ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझी ,ईलाका प्रहरी कार्यालय पालुङका वरिष्ठ प्रहरी नायव निरीक्षक बुद्धि बहादुर तामाङ,संस्थाका अधिकृत हरु हिम प्रसाद अधिकारी,शोभाखर पाण्डे लगायत महिला समुहका सदस्य हरुको उपस्थिति रहेको थियो।
कार्यक्रमकै अवसरमा उत्कृष्ट कारोवार गर्दै तेस्रो हुन सफल पालुङ शाखा अन्तर्गतको हिमाल स्वावलम्बन महिला केन्द्र थाहा २ देउरालीलाई  प्रमाणपत्र सहित नगद प्रदान गरिएको थियो भने कर्जा बिमा अन्तर्गत बिमा माया तामाङ थाहा ३लाई   २ लाख ७० हजार बिमा बापतको रकम हस्तान्तरण गरिएको थियो।

FB_IMG_1710254222456-1710254250.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...