Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

स्ववियु निर्वाचन: पालुङ क्याम्पसमा संयुक्त उमेदवारी, क्रियाशील संगठन एकै ठाउँमा

1678549047900-1678549677.jpg

स्ववियु निर्वाचन: पालुङ क्याम्पसमा संयुक्त उमेदवारी, क्रियाशील संगठन एकै ठाउँमा


त्रिभुवन विश्वविद्यालयकाे सम्बन्धन प्राप्त पालुङ बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनका लागि क्रियाशील संगठनहरु एक ठाउँ उभिएका छन् । क्याम्पसकाे समग्र हितका लागि सबै संगठनकाे भूमिका अपरिहार्य रहेकाे भन्दै माओवादीसम्बद्ध अखिल क्रान्तिकारी, एमालेसम्वद्ध अखिल, काँग्रेससम्बद्ध नेवि संघ र राप्रपासम्बद्ध राप्रविसं एक ठाउँमा उभिएका हुन् । उनीहरुले संयुक्त बैठकबाट सहमति गरेर एउटै प्यानलबाट उमेदवारी दिएका छन् ।

शनिवार उम्मेदवारी दर्ता गर्ने अवधिमा प्रत्यक्षतर्फ चार संगठनकाे संयुक्त प्यानल र समानुपातिकतर्फ चारै संगठनका गरी कूल ११ जनाकाे उम्मेदवारी दर्ता भएकाे निर्वाचन अधिकृत कुमार नेगीले जानकारी दिए । स्ववियु निर्वाचन निर्देशिका अनुसार पालुङ क्याम्पसमा प्रत्यक्षतर्फ ६ जना र समानुपातिकतर्फ ५ जना निर्वाचित हुनुपर्नेमा त्यति नै उम्मेदवारी परेकाे निर्वाचन अधिकृत नेगीले बताए ।

प्रत्यक्षतर्फ अध्यक्षमा पुस्कल श्रेष्ठ, सचिवमा दिलिप रुम्बा, कोषाध्यक्षमा आयाम नापित र  सदस्यहरुमा मेनुका देउला, मोणिका खत्री र पुष्पा कार्कीकाे उम्मेदवारी परेकाे छ । श्रेष्ठ र देउला क्रान्तिकारीबाट हुन् भने रुम्वा र नापित अखिलबाट हुन् । त्यस्तै खत्री र कार्की क्रमशः नेवि संघ र राप्रविसंबाट हुन् ।

समानुपातिकतर्फ अखिल क्रान्तिकारीबाट सविता केसी, नेविसंघबाट रोशनी गोपाली र नविना अधिकारी, अनेरास्ववियु बाट सुस्मिता श्रेष्ठ र राप्रविसंबाट पुष्पा पाख्रिनले उम्मेदवारी दिएका छन् ।

शनिवार विहान बसेकाे   माओवादीसम्बद्ध अखिल क्रान्तिकारी, एमालेसम्वद्ध अखिल, काँग्रेससम्बद्ध नेवि संघ र राप्रपासम्बद्ध राप्रविसंका नेताहरुकाे संयुक्त बैठकले क्रान्तकारीलाई अध्यक्ष र २ सदस्य, अखिललाई सचिव, काेषाध्यक्ष र १ सदस्य, नेवि  संघलाई उपाध्यक्ष, उपसचिव र १ सदस्य र राप्रविसंलाई २ सदस्य  दिने गरी सहमति गरेकाे  थियाे । सहमति अनुसार नेविसंघले समानुपातिकतर्फ पेस गरेकाे सदस्यका उमेदवारहरु राेशनी गाेपाली र नविना अधिकारी क्रमशः उपाध्यक्ष र उपसचिव चयन हुनेछन् । प्रत्यक्षतर्फका ६  जना र समानुपातिकतर्फका ५ सदस्य गरी ११ जनाकाे बैठकले समानुपातिकबाट आएका दुई जनालाई क्रमशः उपाध्यक्ष र उपसचिव चयन गर्ने निर्देशिकामा उल्लेख छ ।

पालुङ बहुमुखी क्याम्पसमा ५ संगठनले १९ फागुनमा संगठन दर्ता गराएका थिए । ५ मध्ये नेकपा एकीकृत समाजवादी पार्टीसम्बद्ध अनेरास्ववियूका प्रतिनिधि सम्पर्कमै नआएकाेले ४ संगठनबीच सहमति गरिएकाे क्रान्तिकारीका १ विद्यार्थी नेताले बताए । क्याम्पसमा एकीकृत समाजवादी पार्टीसम्बद्ध अनेरास्ववियूले कुनै पदमा उमेदवारी दिएकाे छैन ।

केन्द्रीय कमिटीको पत्र अनुसार संगठन दर्ता भए पनि साे संगठनले क्याम्पसमा सम्पर्क गर्ने विद्यार्थीबारे जानकारी गराउन नसकेकाे र सार्वजनिक आह्वान गर्दा पनि संगठनहरुकाे बैठकमा नेकपा एससम्बद्ध विद्यार्थी संगठनकाे उपस्थिति नरहेकाे निर्वाचन समितिले जानकारी दिएकाे छ ।

पालुङ क्याम्पसमा सबै पदमा आवश्यक संख्यामा मात्र उम्मेदवारी परेकाेले यसपटककाे स्ववियु निर्वाचन सर्वसम्मत भएकाे छ । यद्यपि निर्वाचन समितिले यसकाे अौपचारिक घाेषणा गरेकाे छैन । निर्वाचन समितिले प्रकाशन गरेकाे उमेदवार नामावली हेर्दा पालुङ क्याम्पसमा स्ववियु निर्विराेध भइसकेकाे छ ।

यसैबीच साे क्याम्पसमा क्रियाशील ४ वटै संगठनले प्रत्यक्षतर्फ संयुक्त प्यानलकाे उम्मेदवारी रहेकाे  र समानुपातिकतर्फ पनि संयुक्त प्यानलमा रहेका संगठनहरुले कूल ५ सदस्य हुनेगरी नामावली पेस गरेकाेले निर्वाचन समितिले उनीहरूलाई सदस्यकाे रुपमा घाेषणाा गरेमा आफूहरुकाे पूर्ण सहमति रहेकाे पत्र पठाएकाे निर्वाचन अधिकृत नेगीले जानकारी दिए ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...