pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

स्थानीय तह वित्तिय सुशासन मुल्याङ्कनमा थाहा र मनहरी प्रथम

DSCN4816-1708969484.JPG

 

 

 

 

 

  मकवानपुरको मनहरी गाउँपालिका र थाहा नगरपालिका स्थानीय तह वित्तिय सुशासन मुल्याङ्कनमा समान प्रतिशत प्राप्त गरी प्रथम हुन सफल भएका छन् ।

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालायद्धारा जिल्ला समन्वय समिति(जिसस)को सहयोगमा मुल्याङ्कन गरीने वित्तीय सुशासनमा मनहरी र थाहा प्रथम भएका हुन् ।

विशेषगरी यस मुल्याङ्कनमा योजना, वजेट तथा कार्यक्रमको व्यवस्थापन, कार्यन्वयन क्षमता, लेखाङ्कन तथा प्रतिवेदन, अनुगमन तथा लेखापरीक्षण र राजस्व व्यवस्थापनलाई जिसस ले मुल्यांकन गरी प्रतिवेदन तयार पार्दछ ।

जिल्ला समन्वय समिति मकवानपुरले गत आ.व २०७९८० को प्रतिवेदनमा मनहरीलाई योजना, वजेट तथा कार्यक्रमको व्यवस्थापनमा ७१ दशमलव ४३ प्रतिशत, कार्यान्वयन क्षमता तथा व्यवस्थापनमा ८१ दशमलव ०३ प्रतिशत, लेखाङ्कन तथा प्रतिवेदनमा ८२ दशमलव ३५ प्रतिशत,अनुगमन, मुल्यांकन तथा लेखापरीक्षणमा ६२ दशमलव ५ प्रतिशत र राजस्व व्यवस्थापनमा ६४ दशमलव ७१ प्रतिशत दिएको छ ।

जिससले प्रदान गरेको सम्पुर्ण विषयको औषत ७३ दशमलव ५ प्रतिशत प्राप्त गरी मनहरी गाउँपालिका मकवानपुरमै प्रथम भएको हो । यस्तै बराबर ७३ दशमलव ५ न अंक प्राप्त गर्नेमा थाहा नगरपालिका पनि रहेको छ ।

जिससले थाहा नगरलाई योजना, बजेट तथा कार्यक्रम व्यवस्थापनमा ६९ दशमलव ०५ प्रतिशत, कार्यान्वयन क्षमता तथा व्यवस्थापनमा ७९ दशमलव ३१ प्रतिशत , लेखाङ्कन तथा प्रतिवेदनमा ७० दशमलव ५९ प्रतिशत, अनुगमन, मुल्यांकन तथा लेखापरीक्षणमा ६८ दशमलव ७५ प्रतिशत र राजस्व व्यवस्थापनमा ७६ दशमलव ४७ प्रतिशत प्रदान गरेको छ ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...