Thursday, 27 Mar, 2025
chayerog-1733658794.png

थाहा नगर

सिमभन्ज्याङमा ३५ फिट अग्लो राष्ट्रिय झण्डा राखियो।

FB_IMG_1722077169356-1722077239.jpg

मकवानपुर जिल्लाको सर्वाधिक उचाईमा रहेको थाहा नगरपालिका वडा नं. ४ स्थित पर्यटकीय क्षेत्र सिमभन्ज्याङमा  राष्ट्रिय झण्डा उत्तोलन गरिएको छ ।
श्रावण १२ गते थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टको प्रमुख अतिथि र नगरपालिकाका उपप्रमुख भरत गोपाली सहित जनप्रतिनिधि, सञ्चारकर्मी, स्थानीयको उपस्थितिमा ३५ फिटको राष्ट्रिय झण्डा उत्तोलन गरिएको हो ।

उक्त झण्डा हेटौंडा उपमहानगरपालिका १० टिसिएन रोड बस्ने दिनेश डंगोलको व्यक्तिगत आर्थिक सहयोग  र ऋषेश्वर टोल बिकास संस्था तथा सिमभन्ज्याङ बजार व्यवस्थापन समितिको  सक्रीयतामा निर्माण गरी उत्तोलन गरिएको टोल बिकास संस्थाका सचिव अमित पाख्रीनले जानकारी दिए।
ऋषेश्वर टोल बिकास संस्थाका अध्यक्ष देवेन्द्र थोकरको अध्यक्षतामा सम्पन्न झण्डा उत्तोलन कार्यक्रममा थाहा वडा न ४ का अध्यक्ष नारायण लामा,कार्यपालिका सदस्य चन्द्रमाया बल,थाहा नगरपालिका सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने,रोजगार संयोजक कुमार नेगी,नेकपा एमाले नगर अध्यक्ष सुरेन्द्रमान प्रधान,माओवादी केन्द्रका नगर अध्यक्ष बिनोद कुमार लामा,बजार व्यवस्थापन समिती सिमभन्ज्याङका अध्यक्ष आनन्द भुजेल,झण्डा निर्माण दाता दिनेश डंगोल लगायतको उपस्थित रहेको थियो।
कार्यक्रममा नगर प्रमुख बिष्टले स्थानीय युवा हरुको सक्रियतामा सिमभन्ज्याङको पर्यटन व्यवसायमा बिस्तारै नयाँ युगको सुरुवात भएको जनाउदै दामन सिमभन्ज्याङको पर्यटन व्यावसायलाई चलामायन बनाउन यस्ता भौतिक संरचना निर्माण हुँदै जानुपर्नेमा जोड दिए।
कार्यक्रममा झण्डा निर्माण गर्न आर्थिक सहयोग गर्ने हेटौंडा १० का दिनेश डंगोललाई ऋषेश्वर टोल बिकास संस्था द्वारा सम्मानपत्र द्वारा सम्मानित गरिएको थियो।
यस अघि हेटौंडाकै समाजसेवी सिद्दिलाल श्रेष्ठ द्वारा सिमभन्ज्याङमा १८ फिट अग्लो बुद्धको मुर्ती स्थापना गरिएको थियो।


world-link-1690434568.jpg
थाहामा मनाइयो राष्ट्रिय क्षयरोग दिवस
FB_IMG_1742818178407-1742818309.jpg

आज मार्च २४ तारिख । हरेक बर्ष आजकै दिन संसारभर विभिन्न कार्यक्रम आयोजना गरी अन्तरराष्ट्रिय क्षयरोग दिवस मनाइन्छ...

वर्ल्डलिङ्कलाई २ विधामा ‘एसियन टेलिकम अवार्ड’
FB_IMG_1742812857323-1742812954.jpg

नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक कम्युनिकेसन्सले दुई विधामा एसियन टेलिकम अवार्ड २०२५...

थानकोट-चित्लाङ्ग सडकका लागि थप २५ करोडको ठेक्का आव्हान
FB_IMG_1742811785606-1742811879.jpg

काठमाडौं- हेटौंडा जोड्ने सबैभन्दा छोटो दूरिको बाटो थानकोट-चित्लाङ्ग सडक स्तरिकरणको लागी थप २५ करोडको ठेक्का...

संघीयता सवलीकरणमा प्रदेश तथा स्थानीय तहका सवालको छलफल
1742719654054-1742719725.jpg

मकवानपुर  । फेडरलिजम एण्ड लोकलाईजेशन सेन्टरको र बागमती प्रदेश सुशासन केन्द्रको सहकार्यमा ललितपुरमा आयोजना...

अभिनेत्री दिव्या रायमाझी बनिन् प्रोफाइल इन्टरनेशनल एजुकेसन कन्सल्टेन्सीको ब्रान्ड एम्बासडर
1742719440163-1742719542.jpg

काठमाडौं । लोकप्रिय तथा चर्चित अभिनेत्री दिव्या रायमाझी प्रोफाइल इन्टरनेशनल एजुकेसन कन्सल्टेन्सीको ब्रान्ड...

चन्द्रागिरी हिल्सको शुल्क विरुद्ध थाहा, चन्द्रागिरी र इन्द्रसरोवरका स्थानीयहरूको विरोध प्रदर्शन
FB_IMG_1742650792599-1742653335.jpg

चन्द्रागिरी हिल्सले पुरानो बाटो हुँदै भालेश्वर दर्शन गर्न जाने पैदलयात्रीहरूबाट १०० रुपैयाँ शुल्क असुल्ने...

हनुमानले संजिवनी बुटी झारेको स्थानको प्रचार गर्दै पालुङ जेसीज
1742652746249-1742652774.jpg

पालुङ जेसीजले थाहा नगरपालिका वडा न २ र ७ को सिमानामा रहेको अस्पताल डाँडामा पर्यटकीय सम्भावना,अवसर र चुनौती बिषयक...

बिजुलीको माग धान्न कुलेखानी चौबीसै घण्टा संचालनमा
FB_IMG_1742609790686-1742609868.jpg

भारतबाट दिनमा १२ घण्टा मात्रै बिजुली आयात हुन थालेपछि कुलेखानी जलविद्युत् आयोजनालाई चाप परेको छ ।...

थाहाको तसरमा वाइवाको घर जलेर नष्ट
FB_IMG_1742482076943-1742482498.jpg

थाहा नगरपालिका वडा नम्बर ५ तसरस्थित बासघारी टोलका जनकबहादुर वाइबाको घरमा आगलागी हुँदा घर पूर्ण रूपमा ध्वस्त...