Saturday, 04 May, 2024
साहित्य

साहित्यकार तुल्सी थापा हेटौंडामा सम्मानित

Screenshot_20211030-17380-1635595166.png

कात्तिक १३/ मकवानपुरका साहित्यकार तुल्सी थापा हेटौंडामा सम्मानित भएका छन् । साहित्य संगम मकवानपुरले शनिबार हेटौंडामा आयोजना गरेको विशेष साहित्यक कार्यक्रममा साहित्यकार थापालाई सम्मान गरिएको  हो । 

मकवानपुरे साहित्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै संगमले नगद ५१ हजार राशी सहित सम्मान गरेको हो । साहित्यका विभिन्न पाटामा कलम चलाउँदै आएका थापालाई संगमले ३१२ औं साहित्य सन्ध्याको अवसरमा आयोजित विशेष साहित्यिक कार्यक्रममा सम्मान गरेको हो ।

कविता, कथा, नाटक, दाना कवितालगायतका क्षेत्रमा कलम चलाउँदै मकवानपुरे साहित्यको उचाईलाई लाई देशभर पुर्याउन अनवरत रुपमा लागि रहेका थापालाई संगमका संस्थापक तथा साहित्यकार नवराज शर्माले सम्मानपत्र प्रदान गरेका थिए । उहाँलाई सम्मानपत्र, दोसल्लासहित नगद प्रदान गरिएको थियो । संगमले प्रदान गरेको नगद ५१ हजार रुपैयाँ हाल अमेरिका निवासी मकवानपुरवासी गौरव थपलियाले उपलब्ध गराएका हुन् । 

सम्मानित साहित्यकार थापाको व्यक्तित्व र कृतित्वका बारेमा साहित्यकार निमेष निखिलले बोलेका थिए । यस्तै थापाको दाना कविता, नाटकका विषयमा साहित्यकार केशव तौजले, सुवास खनाल र उज्वल भण्डारीले बताएका थिए । संगमकी अध्यक्ष अनिता न्यौपानेको सभाध्यक्षतामा भएको साहित्य सन्ध्या तथा सम्मान कार्यक्रममा साहित्यकारहरुले रचना वाचन गरेका थिए ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...

ऐलेको ब्यवस्था ल्याउन मजदुरको योगदान महत्त्वपूर्ण : कुमारी मोक्तान
1714614339309-1714614354.jpg

हेटौंडा १९ बैशाख/ऐलेको ब्यवस्था ल्याउन मजदुरहरुको योगदान महत्त्वपूर्ण भएको नेकपा माओबादी केन्द्रकी केन्द्रीय...

पत्रकार शन्तराम बिडारीको ‘आमसञ्चारको परिचय’
Aamsancharko-Parichya-768-1714570744.jpg

शन्तराम बिडारी विगत एक दशकदेखि पत्रकारिता तथा आम सञ्चार विषय अध्यापन गर्दै आइरहेका छन् भने हाल त्रिभुवन...

जन्मदिनको अवसरमा सुशान्त गोपाली द्वारा घाटदेवीका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
1714493660372-1714493682.jpg

पालुङ जेसीज बर्ष २०२४ का जनसम्पर्क अधिकारी सुसान्त गोपालीले आफ्नो जन्मदिनको अवसर पारेर थाहा नगरपालिका वडा न २...

पालुङ क्याम्पसको वार्षिक नीति तथा कार्यक्रम ( पूरा विवरण )
1714471310281-1714471325.jpg

पृष्ठभूमि महाभारत पर्वतको काखमा रहेको स–सानो सुन्दर उपत्यका थाहा नगरपालिका अन्तर्गत वडा नं. ३ खेल्पुडाँडामा...