pani-1786865868.jpg
Friday, 30 Oct, 2026
worldlink1-1789963258.gif

साहित्य

जन्मदिनकै अवसरमा साहित्यकार ढकालको ‘गोरखाली गुराँस’ लोकार्पण

1728088372314-1728088403.jpg

काठमाडौं । साहित्यकार, सञ्चारकर्मी, अध्यापक तथा समाजेसी सुशीला ढकाल अधिकारीको कविता संग्रह गोरखाली गुराँस उहाँको जन्मदिनकै अवसर पारी लोर्कापण गरिएको छ । 
शुक्रबार नोवेल साकोस साहित्य संस्थाको आयोजनामा भएको एक कार्यक्रमबीच ढकालको कविता कृति लोकापर्ण गरिएको हो । 
कार्यक्रममा वरिष्ठ कवि तुलसी दिवश, साहित्यकारहरु प्रा.डा. रामप्रसाद ज्ञवाली, डा. शैलेन्द’प्रकाश नेपाल, उपप्राध्यापक डा. ज्ञाननिष्ठ ज्ञवाली, डा.छायादत्त नौपाने, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शन्तराम बिडारी, गायक शिशिर योगी लगायत विशिष्ठ व्यक्तिहरुको उपस्थिति थियो । 
भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको उक्त कृति लोकापर्ण समारोहको सभापति उक्त प्रकाशनका प्रवन्ध निर्देशक केशव पराजुली रहनुभएको थियो । कार्यक्रमलाई सम्वोधन गर्दै वरिष्ठ कवि तथा कार्यक्रममा प्रमुख अतिथि तुलसी दिवशले कविता कृतिमा कविको अपनत्व हुनुपर्नेमा पछिल्ला दिनमा त्यस्तो नपाइने गरेको बताउँदै ढकालको कृति भने आफुले अपनत्व महशुस गरेको बताउनुभयो । 

 

 

त्यस्तै कवि ढकाललाई निरन्तर लेख्न प्रोत्साहन दिँदै उहाँले कविताले समाजको यथार्थता र भोगइहरुलाई चित्रण गरेकोमा प्रशंसा गर्नुभयो । साहित्यकारहरु डा. रामप्रसाद ज्ञवाली, ज्ञाननिष्ठ ज्ञवाली र छायादत्त न्यौपानेले कविले सिर्जनात्मक प्रस्तुति मार्फत समाजका सबै पक्षबारे कवितामा यर्थाथता खोलेको बताउँदै आगामी दिनमा काव्यिक सफलताको कामना गरे । 
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा पत्रकारिता विषयका शिक्षक शन्तराम बिडारीले कवि एक सक्रिय सञ्चारकर्मी समेत भएको भन्दै उहाँको प्रयाशको सराहना गर्दै काव्यिक सफलताको कामना गरे । 
सुसेली फाउन्डेशन नेपालका अध्यक्ष दुर्गा अधिकारी भमरकोटे, साहित्यकार तथा समाजसेवी चन्द्र नयौपाने, गायक शिशिर योगी लगायतले जन्मदिनको शुभकामना दिँदै सुशीला ढकाल एक सक्रीय र मेहनती सर्जक भएको चर्चा गरे । 

कार्यक्रममा कवि ढकालले आफ्नो पहिलो कविता कृति जन्मदिनमै पस्कन पाएकोमा खुसी व्यक्त गर्दै लेखन यात्राका लागि घर परिवारबाट पुरा पुर सहयोग भएको बताउँदै यसको श्रेय परिवारलाई दिन चाहेको बताइन् । 
नोवेल साकोसका संस्थापक राजन न्यौपानेले सञ्चालन गनुभएको कार्यक्रममा कवि सुशीला ढकाललाई सम्मान समेत गरिएको थियो ।

1728088377691-1728088403.jpg
1728088374860-1728088425.jpg
nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg