pani-1786865868.jpg
Monday, 14 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

साहित्य

राष्ट्रिय कविता महोत्सवमा मकवानपुरे कवि न्यौपाने सर्वोत्कृष्ट

1719200452978-1719201883.jpg

हेटौंडा । नेपाल प्रज्ञा–प्रतिष्ठानको ६७ औँ वार्षिकोत्सवका उपलक्ष्यमा आयोजित राष्ट्रिय कविता महोत्सव– २०८१ मा मकवानपुरे कवि अनिता न्यौपाने 
सर्वोत्कृष्ट भएकी छिन् । 

दुुई दशकदेखि मकवानपुरमा रहेर सात्हित्य लेखन र संरक्षणमा सक्रिय न्यौपानेको ‘अचेल कहाँ हराइरहेका छन्– बच्चाहरू ?’कविता सर्वोत्कृष्ट घोषित भएको हो । आईतबार प्रतिष्ठानले छनौटमा परेका २५ कवितामध्येबाट सर्वोत्कृष्ट छनौट गरेको थियो । प्रतियोगिताका लागि ६०४ वटा कविता सहभागी भएको प्रतिष्ठानले जनाएको छ ।  

साहित्य सङ्गम मकवानपुर र आँचल साहित्य कला पुञ्जको निवर्तमान अध्यक्ष रहेकी न्यौपानेको फूलको विद्रोह कविता सङ्ग्रह प्रकाशन भईसकेको छ । प्रज्ञाले सर्वोत्कृष्ट कविलाई विशेष साहित्यक कार्यक्रमको आयोजना गरेर राष्ट्रपति रामचन्द्र पौडेलबाट ३० हजार नगदसहित पुरस्कार प्रदान गर्ने जनाएको छ । 

प्रतियोगितामा बर्दियाका कवि अग्र आवाजको कविता ‘माटोको उडान’, नवलपरासीका कवि अन्जान प्रदीपको कविता ‘फूलको पोस्टमार्टम’,दाङका कवि छविलाल कोपिलाको थारुभाषाको कविता ‘पस्नक बास’,रोल्पाका कवि दिलिप बुढामगरको मगरभाषाको कविता ‘मासन्सिउ छकाल्य’,मोरङका कवि रुमानी कुलुङको कविता ‘आमाको अनुहार’,सिन्धुलीका कवि रूपक जमरा घलानको तामाङ भाषाको कविता ‘बगरला दुङाल’ ,सोलुखुम्बुका कवि रेजिना खालिङको खालिङ भाषाको कविता ‘अर्दु युम प्योक’,ललितपुरका कवि शर्मिला दुलालको कविता ‘बग्नु एक नियति’ र पाँचथरका कवि सुमन सहयात्री योङहाङको ‘कविता बिर्सिजानेहरू’, लाई पनि सर्वोत्कृष्ट घोषित गरिएको थियो ।

कविताको मूल्याङ्कन समितिमा कविहरू श्रवण मुकारुङ,महेश प्रसाईं,केशव सिलवाल ,अभय श्रेष्ठ र विमला तुम्खेवा रहेका थिए । 

प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल रार्ईको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन संस्कृति ,पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले गरेका थिए । 

राष्ट्रिय कविता महोत्सवका अतिथि कविहरूमा बेन्जु शर्मा ,विप्लव ढकाल,पञ्चकुमारी परियार,अनील पाण्डेय,अशोक अमन,असीम सागर,गोविन्द नेपाल,जयन्ता पोखरेल ,प्रोल्लास सिन्धुलीय, विमल भौकाजी र मनोज न्यौपानेले कविता वाचन गरेका थिए ।

1719200458128-1719201883.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...