pani-1786865868.jpg
Thursday, 29 Oct, 2026
worldlink1-1789963258.gif

साहित्य

राष्ट्रिय कविता महोत्सवमा मकवानपुरे कवि न्यौपाने सर्वोत्कृष्ट

1719200452978-1719201883.jpg

हेटौंडा । नेपाल प्रज्ञा–प्रतिष्ठानको ६७ औँ वार्षिकोत्सवका उपलक्ष्यमा आयोजित राष्ट्रिय कविता महोत्सव– २०८१ मा मकवानपुरे कवि अनिता न्यौपाने 
सर्वोत्कृष्ट भएकी छिन् । 

दुुई दशकदेखि मकवानपुरमा रहेर सात्हित्य लेखन र संरक्षणमा सक्रिय न्यौपानेको ‘अचेल कहाँ हराइरहेका छन्– बच्चाहरू ?’कविता सर्वोत्कृष्ट घोषित भएको हो । आईतबार प्रतिष्ठानले छनौटमा परेका २५ कवितामध्येबाट सर्वोत्कृष्ट छनौट गरेको थियो । प्रतियोगिताका लागि ६०४ वटा कविता सहभागी भएको प्रतिष्ठानले जनाएको छ ।  

साहित्य सङ्गम मकवानपुर र आँचल साहित्य कला पुञ्जको निवर्तमान अध्यक्ष रहेकी न्यौपानेको फूलको विद्रोह कविता सङ्ग्रह प्रकाशन भईसकेको छ । प्रज्ञाले सर्वोत्कृष्ट कविलाई विशेष साहित्यक कार्यक्रमको आयोजना गरेर राष्ट्रपति रामचन्द्र पौडेलबाट ३० हजार नगदसहित पुरस्कार प्रदान गर्ने जनाएको छ । 

प्रतियोगितामा बर्दियाका कवि अग्र आवाजको कविता ‘माटोको उडान’, नवलपरासीका कवि अन्जान प्रदीपको कविता ‘फूलको पोस्टमार्टम’,दाङका कवि छविलाल कोपिलाको थारुभाषाको कविता ‘पस्नक बास’,रोल्पाका कवि दिलिप बुढामगरको मगरभाषाको कविता ‘मासन्सिउ छकाल्य’,मोरङका कवि रुमानी कुलुङको कविता ‘आमाको अनुहार’,सिन्धुलीका कवि रूपक जमरा घलानको तामाङ भाषाको कविता ‘बगरला दुङाल’ ,सोलुखुम्बुका कवि रेजिना खालिङको खालिङ भाषाको कविता ‘अर्दु युम प्योक’,ललितपुरका कवि शर्मिला दुलालको कविता ‘बग्नु एक नियति’ र पाँचथरका कवि सुमन सहयात्री योङहाङको ‘कविता बिर्सिजानेहरू’, लाई पनि सर्वोत्कृष्ट घोषित गरिएको थियो ।

कविताको मूल्याङ्कन समितिमा कविहरू श्रवण मुकारुङ,महेश प्रसाईं,केशव सिलवाल ,अभय श्रेष्ठ र विमला तुम्खेवा रहेका थिए । 

प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल रार्ईको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन संस्कृति ,पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले गरेका थिए । 

राष्ट्रिय कविता महोत्सवका अतिथि कविहरूमा बेन्जु शर्मा ,विप्लव ढकाल,पञ्चकुमारी परियार,अनील पाण्डेय,अशोक अमन,असीम सागर,गोविन्द नेपाल,जयन्ता पोखरेल ,प्रोल्लास सिन्धुलीय, विमल भौकाजी र मनोज न्यौपानेले कविता वाचन गरेका थिए ।

1719200458128-1719201883.jpg
nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg