pani-1786865868.jpg
Thursday, 29 Oct, 2026
worldlink1-1789963258.gif

साहित्य

एउटी बिदेशी श्रमिककी श्रीमतिको मनको कथा:- सिम्रन खड्का

FB_IMG_1751547611079-1751547663.jpg

 

दिन सकिन्छ, तर थकान सकिँदैन ।
शरीर बोल्दैन, तर पीडा बोल्छ ।
मन मुस्कुराउने अभिनय गर्छ, तर भित्र कतै केही खोजिरहेको हुन्छ ः त्यो आफ्नोपन, त्यो साथ, त्यो बुझाई।
शरीरलाई सायद आरामको खाँचो हुन्छ, तर आत्मालाई चाहिएको हुन्छ एक चुपचाप बुझ्ने मान्छे, जसलाई केही नबोले पनि सबै थाहा हुन्छ।
घरमा बस्ने श्रीमतिको जीवन सजिलो हुन्न,
सबैको हेरचाह, भान्साको धुवाँ, सन्तानको चिन्ता, अनि दिनको अन्त्यमा आइपुग्ने मौन एकान्त ।
कहिलेकाहीं भित्ताले पनि उत्तर दिँदैन ।
त्यही एकान्तमा, दिनभरिको थकानले मन कहिलेकाहीँ आफन्त खोज्छ।
जसलाई भन्न सकियोस्, “थकाइ लाग्यो”, “आज अलि असजिलो महसुस भयो ।”
तर त्यो भन्नु पनि कठिन हुन्छ, किनभने थाहा छ, उता पनि सजिलो छैन ।
विदेशमा काम गरिरहनु भएका श्रीमान्को दिन सधैं लामो हुन्छ ।
बिहानैदेखि रात परेपछि मात्र थकान बिसाउने फुर्सद, त्यो पनि भारी कामको थकानसहित ।
१२–१३ घण्टा उभिएर गरिएको श्रम, भारी ज्यान, अनि मस्तिष्कमा घनघोर सोच,
सन्तानको सम्झना, घरको चिन्ता, अनि थिचिएको ऋणको भार।
सबैभन्दा पीडादायक क्षण त त्यही हो,
जब मोबाइलमा सन्तानको स्वर सुनिन्छ, “बाबा, कहिले आउनु हुन्छ?”
तर त्यो स्वरलाई अँगाल्न पाइँदैन।
न त्यो सानो हात समाउन पाइन्छ, न त त्यो मासूम आँखामा हेरेर केही भन्न पाइन्छ।
त्यो अभाव… सायद शब्दभन्दा परको अनुभूति हो, जुन हामी दुवैले महसुस गरेका हुन्छौं ।
धेरैले भन्छन्, “स्वेच्छाले विदेश पठाइयो ।”
तर सत्य के हो भने, यो दूरी स्वेच्छाले होइन, बाध्यताले आएको हो।
देशमै सम्भावना हुन्थ्यो भने, कसले चाहन्थ्यो र जीवनका अनगिन्ती खुसीहरू छाड्न ?
यही बीचमा म बाँचिरहेकी छु, उहाँ बिना पनि उहाँसँगै।
मेरो प्रत्येक दिनमा उहाँको सम्झना छ,
र उहाँको हरेक पसिनामा हाम्रो भविष्यको सपना।
हामी चुप छौं, किनभने चुप रहनु नै अहिलेको सबैभन्दा ठूलो समझदारी हो।
हामी बोल्छौं, तर समय सधैं साथ दिँदैन।
कहिले उहाँ थाक्नुभएको हुन्छ, कहिले म थकित हुन्छु ।
तर हामी बुझ्छौं, हामी एकअर्काको लागि बाँचिरहेका छौं ।
सम्बन्ध सँगै हिँडेर मात्र होइन, टाढा भएर पनि आत्माले हात समात्न जान्नु माया हो ।
र त्यही कला हामीले सिकिरहेका छौं, हरेक दिन, हरेक सासमा ।
हामी अलग छौं, तर एउटै सपना बुनिरहेका छौं ।
यो लेख केवल एउटी श्रीमतीको मनकथा मात्र होइन, यो त हजारौं नेपाली दम्पतीहरूको मौन आवाज हो,
जो कोशौं टाढा छन्, तर भावनात्मक गहिरो साथमा छन्।
जसको जीवनमा सँगै हिँड्ने बाटो छैन अहिले,
तर उनीहरूको मनले एउटै सपना बोकेको छ, फेरि एक दिन, एउटै छानोमुनि, एउटै खुसीमा एकसाथ हाँस्ने।

https://thahapati.com/public/images/users/406865089_360696248959133-1702431864.jpg
सिम्रन खड्का
simran@gmail.com

सिम्रन खड्का थाहापाटी अनलाईनकी रिपोर्टर हुन् । समाचार,सूचना र जानकारीका लागि सम्पर्क गर्न सक्नुहुने छ

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg