Monday, 06 May, 2024
पर्यटन

सामुहिक होमस्टे संचालनका लागि समिति गठन

१९ असार । दामन पालुङमा होमिस्टे सन्चालन गर्नको लागि सामुहिक होमस्टे समिति गठन भएको छ ।
 
शनिबार थाहा नगरपालिका वडा न ३ डाडागाँउ गोरखनाथ मन्दिर परिसरमा भएको भेलाले  अनुप बस्नेतको अध्यक्षतामा ११ सदस्यीय समिति गठन भएको हो ।

समितिको उपाध्यक्षमा इश्वरी बस्नेत, सचिबमा कृष्णराज सुमन सुबेदी, कोषाध्यक्षमा सुमन खड्का चयन भएकाछन ।

त्यस्तै सदस्यहरुमा गणेश बिष्ट, माधब कार्की, रामकृष्ण खड्का, बिज्ञान बिष्ट, दिपा बिष्ट, प्रतिभा बिष्ट, सरिना बिष्ट चयन भएका छन्  ।

तारा गाउँ बिकास समितिका अध्यक्ष प्रल्हाद न्याैपाने  तथा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिब लिला प्रसाद तिमिल्सिनाको उपस्थिति तथा थाहा नगरपालिका वडा नम्बर ३ का अध्यक्ष राजेश केसीको आतिथ्यतामा उक्त समिति गठन भएको हो ।

आजै १ दिने पर्यटकीय जनचेतनामुलक कार्यक्रम समेत गरिएको अध्यक्ष बस्नेतले बताउनुभयो ।
उहाँले छिट्टै यो समितिलाई दर्ता गरि सामुहिक होमस्टे संचालन गर्ने प्रक्रिया थालनी गर्ने बताउनुभयो ।

आन्तरिक तथा बाह्य पर्यटकलाई थाहा नगरपालिकामा आकर्षण गरि यहाँको आर्थिक समृद्धिको लागि सामुहिक होमस्टे समिति क्रियाशिल हुने समितिका सदस्य माधब कार्कीले बताउनुभयो ।
थाहानगरपालिकामा धार्मिक पर्यटनको बिकासको लागि पनि सामुहिक होमस्टे आवश्यक भएको समितिका अर्का सदस्य गणेश बिष्टले बताउनुभयो ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण
1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक...

चित्लाङ चन्द्रागिरी सडकमा लोडरले किच्दा एकजनाको ज्यान गयो।
FB_IMG_1714829160942-1714829186.jpg

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शनिबार दिउँसो सो सडकको...

प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...