pani-1786865868.jpg
Tuesday, 25 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

सामुदायिक वनमाथीको तेहेरो कर खारेज गर:- भारती पाठक अध्यक्ष फेकोफन

CamScanner-०४-०३-1680538353.jpg

सामुदायिक वनको अधिकारमाथि आघात पर्नेगरी सरकारले लगाएको तेहेरो कर खारेज गर्न सामुदायिक वन उपभोक्ता महासंघले आग्रह गरेको छ ।
सामुदायिक वनमाथि संघ सरकारले १०, स्थानीय तहले १० र प्रदेश सरकारले २५ प्रतिशत वन पैदावार शुल्क लगाएको र तीन तहकै सरकारले लगाएका  कर हटाउन सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रिय अध्यक्ष भारती पाठकले आग्रह गरेकी छिन।
चैत २० गते थाहा नगरपालिकाको बिकास घरमा आयोजित सामुदायिक वन उपभोक्ता महासंघ स्थानीय  महासंघ थाहा नगरको दोश्रो अधिवेशनको उद्घाटन सत्रलाइ सम्बोधन गर्दै पाठकले उक्त आग्रह गरेकी हुन।
संघीय वन ऐन  तत्काल संशोधन गरी सामुदायिक वन उपभोक्ता समूहको अधिकार सुनिश्चित गर्न महासंघले सरकारसँग आग्रह गरेको हो । सामुदायिक वन उपभोक्ता महासंघकि अध्यक्ष तथा बागमती प्रदेशका सांसद समेत रहेकी पाठकले संघीय वन नियमावली र प्रदेश वन ऐन संशोधन गरी वन सरक्षणकर्मीको अधिकार सुनिश्चित गर्न माग गरिन् ।
उनले तीन तहको करले गर्दा आम्दानी नहुने सामुदायिक वन मारमा परेको भन्दै घरमा पालेको बस्तुलाइ घाँस काट्न कर तिर्नुपर्ने बाध्यताको अन्त हुनुपर्नेमा जोड दिइन् ।
कार्यक्रमका बिशिस्ट अतिथि तथा थाहा नगरपालिकाका नगर उपप्रमुख भरत गोपालीले आगामी योजनामा वन तथा वातावरणमैत्री योजना ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । सामुदायिक वनको संरक्षण गर्नुपर्ने भन्दै थाहा नगरपालिका वन तथा वातारणको विषयमा सकारात्मक भएको बताउदै नगरपालिकाले स्थानीय वन ऐन समेत पास गरिसकेको अवस्थामा सामुदायिक वनको संरक्षणमा स्थानीय सरकार सकरात्मक रहेको बताए।
स्थानीय उपभोक्ता महासंघका अध्यक्ष शिवराम थापाको अध्यक्षतामा सम्पन्न अधिवेशन उद्घाटन समारोहमा वडा न ३ का अध्यक्ष हिरेन्द्र रायमाझी ,५ का अध्यक्ष बिष्णु बहादुर गुरुङ ,थाहा नगर सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने,सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष सादुराम चौलागाईं ,महासंघ मकवानपुरका बच्चुराम ढुंगाना ,बलराम अधिकारी,शम्भु प्रसाद न्यौपाने ,टिस्टुङ बनस्पति उद्धानका अरुण चौधरी,पर्वतिय बनस्पति उद्धान दामनकी सुस्मिता चौधरी लगायत थाहा नगरपालिका भित्र रहेका सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीहरुको उपस्थित रहेको थियो।

 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...