pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

सांस्कृतिक झाँकी सहित थाहामा मनाइयो विश्व वातावरण दिवस।

FB_IMG_1685980814924-1685980842.jpg

प्लाष्टिक जन्य प्रदूषण निर्मूल पारौँ, वातावरण मैत्री विकल्पको उपयोग गरौँ' भन्ने विश्वव्यापी नाराका साथ थाहा नगरमा विविध सांस्कृतिक झांकी र र्याली सहित विश्व वातावरण दिवस २०८० भव्य रूपमा मनाइएको छ । 


थाहा नगरपालिकाको विभिन्न वडा बाट आएका सांस्कृतिक समूह,स्थानीय स्काउट,बिध्यालय स्काउट,पालुङ जेसिज,सामुदायिक सेवा केन्द्र, स्थानिय राजनैतिक दलका प्रतिनिधीहरु,खेलाडी,विद्यार्थी जनप्रतिनिधिहरु,शिखर क्लव,झम्केश्वरी बाजा व्यवस्थापन समिती,कुन्छाल महिला बासुरी समूह,पालुङ सांस्कृतिक सम्पदा संरक्षण समूह,थाहा खैचडी भजन समूह,थाहा महिला खैजडी भजन समूह,गुरुङ समाज फुर्के,नवजागरण वन झाग्री संगठन ,नेपाल तामाङ वोन्पो समाज,सक्रीय महिला उद्यमशिल समुहको नौमती बाजा,दामन चेली समाज,बजार व्यवस्थापन समितीहरुले व्यानर सहित निक्लेको र्याली नगरको इन्द्रायणी चौरमा पुगि प्रदर्शन गरियको थियो।

प्लाष्टिक जन्य पदार्थले सगरमाथाको शिरदेखि समुन्द्र सतहसम्मको वातावरणमा समेत असर पुर्‍याउने हुँदा नेपाल सरकारले प्लाष्टिकको झोला, प्लास्टिकको माला निर्मूलको अभियान सुरु गरिसकेको छ । संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको आह्वानमा हरेक वर्ष जुन ५ तारिखमा यो दिवस विश्वभर मनाउने गरिन्छ । सन् १९७३ देखि विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो । 

दिवसको अवसरमा थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टले शुभकामना दिँदै स्वच्छ वातावरणमा बाँच्न पाउने संवैधानिक हकलाई सार्थक बनाउन प्रण गर्नुपर्ने बताउनु भयो । उहाँका अनुसार सबैको सहयोगले जलवायुको समस्या, हरितगृह ग्यास उत्सर्जनको कारणले भएको वातावरण प्रदूषणलाई कम गर्न वृक्षारोपण आवश्यक रहेको, हरितगृह ग्याँसको उत्सर्जन कम गर्नु भनेको वन जङ्गलको संरक्षण, संवर्द्धननै भएको र  त्यसका लागि सबैले आफ्नो घर वरिपरि रहेको वातावरण सफा राख्दै वन, जल, वनस्पति, कृषि तथा जीवहरूको पर्यावरणीय सम्बन्धलाई जीवनमुखी बनाउनुपर्ने बताउनुभयो । 

मानव जातिको महत्त्वाकाङ्क्षा बढ्दै जाँदा भएको प्रकृतिको दोहनले विश्वव्यापी जलवायु परिवर्तन, जैविक विविधताको ह्रासका साथै बढ्दो प्रदूषण आज चुनौती बनेको भन्दै थाहा नगरका उपप्रमुख भरत गोपालीले विकासलाई वातावरणमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो । 
तेसैगरी थाहा नगरका प्रमुख प्रशासकिय अधिकृत कृष्ण गिरीले पृथ्वीको तापक्रममा आएको क्रमिक वृद्धिले हिमालको हिउँ पग्लिने, सामुद्रिक सतहमा वृद्धि भई तटीय क्षेत्रहरू डुबानमा पर्ने, हिमाली भेगमा रहेका हिमतालहरू फुट्ने, हिउँ पहिरो, सुक्खा पहिरोजस्ता खतराबाट पारिस्थितिक प्रणाली प्रत्यक्ष वा अप्रत्यक्षरूपमा परेको असरबाट बच्न आन्तरिक तयारी र बाह्य जगत्सँग यसबारेमा दरिलो ढङ्गबाट वकालत गर्ने क्षमता वृद्धि गर्नुपर्ने खाँचो रहेको औल्याउँनु भयो।


दिवसका अवसरमा वातावरणका बिषयमा विभिन्न सांस्कृतिक समुहले विभिन्न चेतनामूलकलगायतका सांस्कृतिक झांकी प्रदर्शन गरेका थिए। 
दिवसको  अवसरमा  सहभागी दामन चेली समाजका अध्यक्ष राधिका रायमाझीले स्वच्छ वातावरणका लागि फोहर गरेर सफा गर्नेभन्दा पनि फोहर नै नगर्नु वा फोहरको सही व्यवस्थापन गर्नु उत्तम उपाय हुने बताए।


वातावरण दिवसको अवसरमा आफुले सिकेको सीप लाई प्रदर्शन गर्न पाउँदा महिला समुहमा खुशी छाएको थाहा महिला खैजडी भजन समुहका अध्यक्ष सुनिता अधिकारी बताउनुहुन्छ वहाँले यस्ता कार्यक्रमले महिलाहरुले सिकेको सांस्कृतिक सिपलाई सवैको सामु प्रस्तुत गर्न पाउँदा खुशी लागेको बताए।


दिवसको अवसरमा नेपाली कांग्रेस थाहा नगर सभापति प्रमोदकृष्ण जोशीले सबैले आफ्नो घर वरिपरि रहेको वातावरण सफा राख्दै वन, जल, वनस्पति, कृषि तथा जीवहरूको पर्यावरणीय सम्बन्धलाई जीवनमुखी बनाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा थाहा नगरपालिकाले सांस्कृतिक संरक्षणको लागि सहयोग तथा तालिम दिएका सांस्कृतिक समूह हरुको बाजा तथा झाकिको सहभागीता रहेको थियो।

थाहा नगरपालिका वन वातावरण तथा विपद् व्यवस्थापन समिति को निर्णय अनुसार विगतका वर्षहरूमा भन्दा फरक ढंगले दिवस मनाउने क्रममा थाहा नगरपालिका मार्फत सहयोग गरिएका तथा समाजमा रहेका विभिन्न समुदायको साँस्कृतिक बाजा समूहको पहिचान गर्ने,नगरपालिकामा सूचीकृत गर्ने र झाँकी तथा र्याली सँगै वातावरण संरक्षणका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्य रहेको थाहा नगरपालिका वन  वातावरण तथा विपद व्यवस्थापन समितिका सदस्य सचिव अनिल लामिछानेले बताए ।
सोही अवसरमा बजार व्यवस्थापन समिति लाई माग का आधारमा डस्विन वितरण समेत गरिएको थियो ।

वातावरण दिवसकै अवसर पारेर थाहा नगर भित्रका शैक्षिक संस्था हरुले बिबिध कार्यक्रम गरेर मनाए।

 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...