janmadarta-1744810195.jpg
Monday, 21 Apr, 2025
krishi2-1744123294.jpg

पर्यटन

संसदमा बर्तौला द्वारा उत्तरी मकवानपुरलाई पर्यटन गन्तव्य घोषणा गर्न माग

FB_IMG_1717511934930-1717512034.jpg

प्रतिनिधि सभाको बैठकमा बोल्दै महेश वर्तौलाले उत्तरी मकवानपुरलाई पर्यटनको गन्तव्य घोषणा गर्न माग गर्नु भएको हो । 
आज शून्य समयमा बोल्दै वर्तौलाले उत्तरी मकवानपुरको दामन, पालुङ, चित्लाङ, इन्द्रसरोवर लगायतको क्षेत्रमा पर्यटनको राम्रो संभावना भएकोले सरकारले पर्यटनको गन्तव्य घोषणा गर्नुपर्ने जोड दिनु भएको हो । उहाले भन्नुभयो:- "मकवानपुरको उत्तरी भेगमा पर्ने चित्लाङ, मार्खु, कुलेखानी, सिमभज्याङ, दामन असाधारण पर्यटनको सभावना भएको क्षेत्र हो । नेपाल सरकारले पर्यटनलाई प्रबर्द्धन गर्ने नीति पनि अख्तियारी गरेको छ । पर्यटनको गन्तव्यको रुपमा चिनिएको यी स्थानहरुलाई नेपाल सरकारले देशकै पर्यटन गन्तव्यको रुपमा घोषणा गरि पर्यटन प्रबर्द्धन कार्यक्रम र बिकासको प्रक्रियाहरु अगाडि बढाउनको लागि म नेपाल सरकार संग माग गर्दछु ।" 
वर्तौलाले संसदमा बोल्दै सभामुख र प्रतिनिधि सभाका साँसदहरुलाई चित्लाङ, मार्खुमा लोकल माछा खाँदै इन्द्रसरोवरको तालमा डुंगा खेलेर चित्लाङको होमस्टेमा आराम गर्न निम्तो सहित अनुरोध समेत गर्नुभयो । उनले यस् अघि देखि नै थाहालाई केन्द्रमा राखेर इन्द्रसरोवर, भीमफेदी सहित कैलाशको केही भेग समेटेर उत्तरी मकवानपुरको पर्यटन विकासको लागि पहल गर्दै आइरहनु भएको छ ।

chayerog-1733658794.png

world-link-1690434568.jpg
पालुङ क्याम्पसको २२ औं वार्षिकोत्सव तथा परिषद भेला सम्पन्न
FB_IMG_1745226209841-1745226295.jpg

पालुङ बहुमुखी क्याम्पसको २२ औं वार्षिकोत्सव तथा परिषद भेला सप्पन्न भएको छ। क्याम्पस अध्यक्ष बिष्णु बिष्ट...

चित्लाङमा आज बाट जिल्ला स्तरीय भलिवल हुँदै
FB_IMG_1745203888091-1745203908.jpg

चित्लाङ्गमा नेपाली काङ्ग्रेसले आफ्ना दिवङ्गत नेतृत्वको स्मृतिमा भलिबल प्रतियोगिता आयोजना गर्न लागेको छ । नयाँ...

सरकार जिम्मेवार नबन्दा विध्यालय भर्ना अभियान प्रभावित भयो
1745069253635_1-1745069369.jpg

६ बैशाख, हेटौंडा।  नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं मकवानपुर जिल्ला ईन्चार्ज विजय गौतमले सरकार...

थाहाका २ हजार ६ सय ८३ बालबालिकालाई भिटामिन ए खुवाइने
FB_IMG_1745069052851-1745069063.jpg

मकवानपुरमा शनिबार र आइतबार भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु गरिएको छ । राष्ट्रिय भिटामिन ‘ए’...

गजल मञ्च मकवानपुरको अध्यक्षमा थाहाका संजित श्रेष्ठ
FB_IMG_1745067779943_1-1745067819.jpg

गजल मञ्च मकवानपुरको २२३ औं नियमित गजल यात्रा तथा चौथो अधिवेशन ६ वैशाखमा भएको छ । सर्जक सञ्जाल मकवानपुरका संयोजक...

आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
1744764753919-1744764801.jpg

हाल देशमा मुख्यतया स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  जसको प्रभावले कोशी, मधेस,...

युवाको श्रम विदेशमा, देशमा खाली नारा!
1744720502293-1744720612.jpg

विकासको नाममा राजनीतिक दलहरूले वर्षौंदेखि जनतालाई अनेकौं सपना देखाउँदै आएका छन्। संविधान, संघीयता, योजना, बजेट,...

न्यु भिजन एकेडेमीको वार्षिक नतिजा तथा पुरस्कार वितरण सम्पन्न
FB_IMG_1744555717552-1744555737.jpg

थाहा ३ बाघेखोलामा अवस्थित न्यु भिजन एकेडेमीको वार्षिक नतिजा प्रकाशन,पुरस्कार वितरण सहित अभिभावक भेला सम्पन्न...

थाहाको चेतनशिल महिला सहकारी उत्कृष्ट महिला सहकारीमा छनौट
1744553774511-1744553806.jpg

थाहा नगरपालिकाको चेतनशील महिला बचत तथा ऋण सहकारी संस्था जिल्लाकै ‘उत्कृष्ट महिला सहकारी’ छनौट भएको छ ।...