pani-1786865868.jpg
Friday, 28 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

शिखर सहकारीको स्थापना दिवसको अवसरमा बित्तिय साक्षरता तथा कृषि सामाग्री प्रदान

FB_IMG_1712150259071-1712151681.jpg

थाहा नगरपालिका वडा न ३ मा अवस्थित शिखर बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १४ औं स्थापना दिवसको अवसर पारेर आफ्ना सदस्यहरुको लागि बित्तीय साक्षरता तथा व्यावसायिक सीप विकास तालिम सहित ३८ जना सदस्य हरुलाइ कृषि सामाग्री वितरण गरेको छ।
शिखर बचतको आयोजना तथा च्वाइस नेपाल र सामी परियोजना थाहा नगरपालिकको सहयोगमा कार्यक्रममा आयोजना भएको हो।
सामी कार्यक्रम थाहाका सहजकर्ता मेलीना खत्री र च्वाइस नेपालका मकवानपुर संयोजक प्रताप घिमिरेले सहजीकरण गरेको तालिममा सहभागीहरुले उद्यम वा कुनै पनि व्यवसाय गर्दा के कस्ता कुरामा ध्यान दिनुपर्दो रहेछ ? र, बित्तीय व्यवस्थापन सबैभन्दा महत्वपूर्ण कुरा रहेको जानकारी पाएको बताए । कुनै पनि व्यवसाय वा उद्यम संचालन गर्दा व्यवसाय परियोजना कसरी बनाउने भन्ने बारेमा समेत जान्ने अवसर पाएको बताएका थिए । महिला सहभागिले महिलाले व्यवसाय वा उद्यम संचालन गर्दा पाउने सहुलियका बारेमा समेत आजसम्म थाहा नभएको र तालिमबाट जान्न पाउदा खुसी लागेको बताएका थिए।
संस्थाका अध्यक्ष मनोज रायमाझीको सभापतित्वमा बिकास घरमा आयोजित कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष मधुसूदन बिष्ट,च्वाइस नेपालका प्राविधिक सुवास मरहठ्ठाको उपस्थिति रहेको थियो।
स्थापना दिवसकै अवसर पारेर संस्थाले च्वाइस नेपाल संगको सहकार्यमा आफ्ना सदस्य कृषकहरुलाई कृषि सामाग्री स्प्रे पम्प पनि वितरण गरेको छ।
च्वाइस नेपाल संगको सहकार्यमा संस्थाले आफ्ना सदस्यहरुको व्यावसायिक हितको निम्ति विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको र यस्ता कार्यक्रम हरु निरन्तर रुपमा गरिरहने संस्थाका अध्यक्ष मनोज रायमाझीले बताए।

 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...