Wednesday, 08 May, 2024
थाहा नगर

शिखर सहकारीको स्थापना दिवसको अवसरमा बित्तिय साक्षरता तथा कृषि सामाग्री प्रदान

FB_IMG_1712150259071-1712151681.jpg

थाहा नगरपालिका वडा न ३ मा अवस्थित शिखर बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १४ औं स्थापना दिवसको अवसर पारेर आफ्ना सदस्यहरुको लागि बित्तीय साक्षरता तथा व्यावसायिक सीप विकास तालिम सहित ३८ जना सदस्य हरुलाइ कृषि सामाग्री वितरण गरेको छ।
शिखर बचतको आयोजना तथा च्वाइस नेपाल र सामी परियोजना थाहा नगरपालिकको सहयोगमा कार्यक्रममा आयोजना भएको हो।
सामी कार्यक्रम थाहाका सहजकर्ता मेलीना खत्री र च्वाइस नेपालका मकवानपुर संयोजक प्रताप घिमिरेले सहजीकरण गरेको तालिममा सहभागीहरुले उद्यम वा कुनै पनि व्यवसाय गर्दा के कस्ता कुरामा ध्यान दिनुपर्दो रहेछ ? र, बित्तीय व्यवस्थापन सबैभन्दा महत्वपूर्ण कुरा रहेको जानकारी पाएको बताए । कुनै पनि व्यवसाय वा उद्यम संचालन गर्दा व्यवसाय परियोजना कसरी बनाउने भन्ने बारेमा समेत जान्ने अवसर पाएको बताएका थिए । महिला सहभागिले महिलाले व्यवसाय वा उद्यम संचालन गर्दा पाउने सहुलियका बारेमा समेत आजसम्म थाहा नभएको र तालिमबाट जान्न पाउदा खुसी लागेको बताएका थिए।
संस्थाका अध्यक्ष मनोज रायमाझीको सभापतित्वमा बिकास घरमा आयोजित कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष मधुसूदन बिष्ट,च्वाइस नेपालका प्राविधिक सुवास मरहठ्ठाको उपस्थिति रहेको थियो।
स्थापना दिवसकै अवसर पारेर संस्थाले च्वाइस नेपाल संगको सहकार्यमा आफ्ना सदस्य कृषकहरुलाई कृषि सामाग्री स्प्रे पम्प पनि वितरण गरेको छ।
च्वाइस नेपाल संगको सहकार्यमा संस्थाले आफ्ना सदस्यहरुको व्यावसायिक हितको निम्ति विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको र यस्ता कार्यक्रम हरु निरन्तर रुपमा गरिरहने संस्थाका अध्यक्ष मनोज रायमाझीले बताए।

 


world-link-1690434568.jpg
थाहा नगरपालिका प्रकाश दाहाल स्मृति प्रदेश स्तरीय भलिबलको सेमिफाइनलमा
FB_IMG_1715000151021-1715005892.jpg

घरेलु टोली महांकाल गाउँपालिका, ह्याङले गाउँपालिका, हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिका प्रथम प्रकाश दाहाल...

बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण
1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक...

चित्लाङ चन्द्रागिरी सडकमा लोडरले किच्दा एकजनाको ज्यान गयो।
FB_IMG_1714829160942-1714829186.jpg

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शनिबार दिउँसो सो सडकको...

प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...