pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

शिखरकोटमा कृष्णाष्टमी पर्व मनाइयो, भोलि लाइभ दोहोरीसहित घैटो फुटाउने प्रतियोगिता

FB_IMG_1724686611476-1724686763.jpg

श्रीकृष्णाष्टमीको अवसरमा मकवानपुर थाहा नगरपालिकाको शिखरकोटमा भव्यताको साथ पुजा आराधानाको साथै विविधि कार्यक्रमहरु भएका छन् । १० भाद्रमा थाहा नगरपालिका, शिखरक्लब, बजार व्यवस्थापन समिति शिखरकोटलगायतका संस्थाहरुको आयोजनामा कार्यक्रम भएको हो ।

शिखरकोटमा भएको लिटिल राधाकृष्ण, लिटिल लाखे प्रदर्शनले मेला भर्न मन्दिर पुगेकाहरुको ध्यान तानेको थियो । प्रदर्शनीमा २५ राधा ३५ जना कृष्णको भेषमा सहभागी थिए । उनीहरु सबैलाई आयोजकले उपहार दिएको थियो । राधा र कृष्णको रुपमा आफ्ना बालबालिकालाई सिंगारेर अभिभावकहरु १० भाद्र विहान शिखरकोट स्थित फल्चा परिसरमा पुगेका थिए । थाहा नगरपालिकाका नगर प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

त्यसैगरी पालुङ शहरको पालुङ धिमे समूह र गोपाली गाउँको गोपाली धिमे समूहको बाजासहित लिटिल लाखे शिखरकोटमा प्रदर्शनी गरिएको थियो । थाहा नगरपालिका वडा नम्बर ५ को तामाङ बोन्बो संरक्षण समूहको ढ्याङ्ग्रो झाँक्री नाच, कुन्छाल महिला बाँसुरी समूह, ओखरबजार धिमे समूह, ऋषेश्वर खैजडी महिला समूह र थाहा महिला तथा पुरुष खैजडी भजन समुहको प्रदर्शनी समेत रहेको थियो । भजन र बाजामा भक्तजनहरु छमछमी नाचेका थिए ।

पर्वको अवसरमा शिखरकोटमा थाहानगर क्षेत्रका फोटोहरु प्रदर्शनीमा राखिएका छन् भने नेवारी परिकारसहित खानाका स्टलहरु समेत राखिएका छन् । योमरीसहित अन्य नेवारी परिकार चाख्नेहरु पनि स्टलमा पुगेका थिए । सो अवसरमा व्यवसायिक स्टलहरु पनि शिखरकोटमा प्रशस्त रहेका छन् । कपडा, जुत्ता, खेलौना, मोबाइलका सामान, रैथाने अन्नहरुलगायतको स्टलहरुले शिखरकोटको सडक पेटी भरिभराउ भएको छ ।

यसैबीच कृष्णाष्टमीको भेलिपल्ट ११ भाद्रमा शिखरकोट स्थित ढुङ्गेधारा तथा फल्चा परिसरमा लाइभ दोहोरीसहित साँस्कृतिक कार्यक्रम हुने आयोजक शिखरकोट बजार व्यवस्थापन समितिका अध्यक्ष मनोज रायमाझीले जानकारी दिए । कार्यक्रममा सहभागी हुन अध्यक्ष रायमाझीले सबैलाई अनुरोध गरेका छन् ।

मेला व्यवस्थापनका लागि आयोजकले स्वयंसेवकहरुको व्यवस्था गरेको छ । १० भाद्रमा भएको कार्यक्रममा थाहा नगरपालिकाका नगर उपप्रमुख भरत गोपाली, प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीलगायत स्थानीय संघसंस्था तथा अग्रजहरुको आतिथ्यता रहेको थियो ।

मेलाको थाहा नगरपालिका, बजार व्यवस्थापन समिति शिखरकोट, शिखर क्लब, गोपाली समाज, नवजागृत पुस्तकालय, फरकसोच, दामन चेली समाज र ब्याडमिन्टन संघ थाहा नगरपालिका आयोजक रहेका छन् । मेलाको मुख्य प्रायोजक यति ब्रुअरी र अर्ना रहेको छ । मेलालाई प्रचारप्रसारमा विशेष सहयोग गर्नका लागि अफिसियल मिडियाहरु समेत तोकिएका छन् । पालिका प्रेस डटकम, थाहापाटी, थाहा टाइम्स, रेडियो दामन, सत्मार्ग मिडिया र टिम टेलिभिजन मेलाका अफिसियल मिडिया हुन् । बिगतका वर्षमा भन्दा यो वर्ष बिशेष चहलपहल हुने अनुमान गरिएको छ ।

फोटो हेर्न यहाँ क्लिक गर्नुहोस 

https://www.facebook.com/share/p/vthMb7AdkdSSLHGw/?mibextid=oFDknk

https://www.facebook.com/share/p/DmE7jb67Y4DW3yPg/?mibextid=oFDknk

https://www.facebook.com/share/p/YsP5KNwnipVeXHeT/?mibextid=oFDknk

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...