Thursday, 02 May, 2024
थाहा नगर

शिक्षाकाे गुणस्तर अभिवृद्धिको मागसहित थाहाको उपप्रमुख समक्ष नेविसंघको ज्ञापनपत्र

IMG_20240418_145509_348-1713436511.jpg

नेपाल विद्यार्थी संघले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिको माग गर्दै देशभरका स्थानीय तहमा ज्ञापनपत्र बुझाएको छ । आफ्नो ५५औँ स्थापना दिवसमा नेविसंघले नेपालको आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको गुणस्तर अभिवृद्धिको माग र सुधारका सुझावसहित ज्ञापनपत्र देशभरका स्थानीय तहमा बुझाएको हो । 

सो क्रममा थाहा नगरपालिकामा  नेविसंघका केन्द्रीय प्रतिनिधि सागर घिमिरे र नेविसंघ थाहा नगर अध्यक्ष रोशनी गोपाली लगाएतका विद्यार्थीले थाहा नगर उपप्रमुख भरत गोपालीलाई ज्ञापनपत्र बुझाए ।  उनीहरूले विद्यालय शिक्षालाई पूर्णरुपमा निःशुल्क गर्नुपर्ने, शिक्षण सिकाइ सुधार गर्न शैक्षिक अवस्थाको अनुगमन गर्नुपर्ने, शिक्षा क्षेत्रको बजेट बृद्धि गर्नुपर्नेलगायका माग राखेका छन् ।

नेविसंघले दिएको जानकारीअनुसार देशभरकै ७५३ वटा स्थानीय तहमा ज्ञापनपत्र बुझाइएको छ । ज्ञापनपत्रमा विद्यालयमा कार्यरत  कर्मचारीलाई सरकारले तोकेको न्यूनतम परिश्रमिकभन्दा कम नहुने गरि भुक्तानी गर्नुपर्ने, वार्षिक शैक्षिक योजना बनाई  कार्यान्वयन गर्न निर्देशन दिनुपर्नेलगायत उल्लेख गरिएको छ । 

१७ बुँदे मागपत्रमा प्रविधिमार्फत् बालबालिकामाथि हुने उत्पीडन एवं दूव्र्यवहार रोक्न ठोस नीति निर्माण गर्नुपर्ने, लागू औषध दुव्र्यसन रोक्न ठोस नीति कार्यान्वयन गर्नुपर्ने पनि उल्लेख गरिएको छ । 
जसकाे पहिलाे बुँदामै विद्यालय शिक्षा निशुल्क हुने संविधानकाे व्यवस्था कडाईका साथ लागू हुनुपर्ने माग गरिएकाे छ। `नेपालको संविधान, २०७२ को धारा ३१, अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ को दफा २(छ), सोही ऐनको दफा २० र नियमावली २०६६ को नियम ५ अनुसार माध्यमिक तह सम्मको शिक्षा निशुल्क हुने व्यवस्था भएपनि अधिकांश विद्यालयहरूले विद्यार्थी एवं अभिभावकबाट भर्ना शुल्क, परीक्षा शुल्क, मासिक शुल्क, वार्षिक शुल्क, पाठ्यपुस्तक शुल्क, प्रमाणपत्र शुल्क लगायत अन्य शुल्क उठाउँदै आइरहेको देखिन्छ तसर्थ नेपालको संविधान लाई आत्मसात गर्दै विद्यालय शिक्षा पूर्णत: निशुल्क गर्न माग गर्दछौँ ´, संघकाे ज्ञापनपत्रमा भनिएकाे छ।

त्यस्तै नेविसंघले निजि विद्यालयले स्टेशनरी र युनिफर्ममा लगाएकाे सिण्डिकेट अन्त्य गर्नुपर्ने, एकपटक भर्ना गरेपछि हरेक वर्ष भर्ना गर्नुपर्ने व्यवस्था हटाउनुपर्ने माग पनि गरेकाे छ। त्यस्तै हरेक शुक्रबार हप्ताकाे एक दिन विद्यार्थीका लागि स्किल अप अर्था सिपमूलक कक्षा सञ्चालन गर्ने व्यवस्था गर्न पनि नेविसंघको माग छ। `यस पालिका अन्तर्गत स्थापना भएका प्रत्येक विद्यालयमा छात्राहरुको स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै “एक छात्रामैत्री कक्ष” सहित “एक नर्सिङ कक्ष” स्थापना गर्न गराउन माग गर्दछौँ ´ नेविसंघको माग छ।

हेर्नुस् ज्ञापनपत्र 

 


world-link-1690434568.jpg
पत्रकार शन्तराम बिडारीको ‘आमसञ्चारको परिचय’
Aamsancharko-Parichya-768-1714570744.jpg

शन्तराम बिडारी विगत एक दशकदेखि पत्रकारिता तथा आम सञ्चार विषय अध्यापन गर्दै आइरहेका छन् भने हाल त्रिभुवन...

जन्मदिनको अवसरमा सुशान्त गोपाली द्वारा घाटदेवीका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
1714493660372-1714493682.jpg

पालुङ जेसीज बर्ष २०२४ का जनसम्पर्क अधिकारी सुसान्त गोपालीले आफ्नो जन्मदिनको अवसर पारेर थाहा नगरपालिका वडा न २...

पालुङ क्याम्पसको वार्षिक नीति तथा कार्यक्रम ( पूरा विवरण )
1714471310281-1714471325.jpg

पृष्ठभूमि महाभारत पर्वतको काखमा रहेको स–सानो सुन्दर उपत्यका थाहा नगरपालिका अन्तर्गत वडा नं. ३ खेल्पुडाँडामा...

सहकारीका ब्यवस्थापकको क्षमता विकास तालिम सुरु
1714400700507-1714400829.jpg

हेटौंडा १७ बैशाख/राष्ट्रिय सहकारी बैंक लि. हेटौंडा शाखाको आयोजनामा मकवानपुरमा रहेका बैंकका सदस्य सहकारी संघ...

थाहामा बसाइँसराइ जाने बढ्दै,सबैभन्दा बढी वडा न २ बाट जाने बढे
DSCN4807-1714313841.JPG

  मकवानपुरको थाहा नगरपालिकाबाट बसाइसरी जाने नागरिकको तथ्याङ्क चुनौतिपूर्ण देखिएको छ । पर्यटकीय नगरीको रुपमा...

थाहा ३ का वडा सदस्य कार्की द्वारा पालुङ आँखा केन्द्रलाई वाटर डिस्पेन्सर सहयोग
IMG_20240428_131428_781-1714311559.jpg

थाहा नगरपालिका वडा न ३ का वडा सदस्य कृष्ण कुमार कार्कीले आफ्नो स्वर्गीय बुबा दल बहादुर कार्कीको सम्झनामा...

थाहा नगरपालिका द्वारा नगर मातहतका सहकारी अनुगमन तिव्र
IMG_20240428_133157_324-1714310957.jpg

थाहा नगरपालिकाको सहकारी शाखाले नगरपालिका स्थित सहकारी सङ्घसंस्थाको अनुगमन सुरु गरेको छ । नगरपालिका भित्रका...

पालुङ जेसीज बोर्ड अफ ट्रस्टिजको अध्यक्षमा पुनः गोपाली
FB_IMG_1714268978182-1714268995.jpg

पालुङ जेसीजको बोर्ड अफ ट्रस्टिजको साधारण सभा १५ बैशाखमा थाहा नगरपालिका–१ झम्केश्वरी माविको सभाहलमा सम्पन्न...

थाहाको कुन्छाल र इन्द्रायणी बस्तीमा ऐतिहासिक १२ बर्षे नाच देखाइयो(फोटो फिचर)
1714237751434-1714238041.jpg

थाहा नगरपालिकाको वडा न १ कुन्छाल गाउँ र वडा न २ को पालुङ इन्द्रायणी बस्तिमा मनाइने १२ बर्षको नाचको समापन गरिएको...