pani-1786865868.jpg
Thursday, 27 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

शिक्षाकाे गुणस्तर अभिवृद्धिको मागसहित थाहाको उपप्रमुख समक्ष नेविसंघको ज्ञापनपत्र

IMG_20240418_145509_348-1713436511.jpg

नेपाल विद्यार्थी संघले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिको माग गर्दै देशभरका स्थानीय तहमा ज्ञापनपत्र बुझाएको छ । आफ्नो ५५औँ स्थापना दिवसमा नेविसंघले नेपालको आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको गुणस्तर अभिवृद्धिको माग र सुधारका सुझावसहित ज्ञापनपत्र देशभरका स्थानीय तहमा बुझाएको हो । 

सो क्रममा थाहा नगरपालिकामा  नेविसंघका केन्द्रीय प्रतिनिधि सागर घिमिरे र नेविसंघ थाहा नगर अध्यक्ष रोशनी गोपाली लगाएतका विद्यार्थीले थाहा नगर उपप्रमुख भरत गोपालीलाई ज्ञापनपत्र बुझाए ।  उनीहरूले विद्यालय शिक्षालाई पूर्णरुपमा निःशुल्क गर्नुपर्ने, शिक्षण सिकाइ सुधार गर्न शैक्षिक अवस्थाको अनुगमन गर्नुपर्ने, शिक्षा क्षेत्रको बजेट बृद्धि गर्नुपर्नेलगायका माग राखेका छन् ।

नेविसंघले दिएको जानकारीअनुसार देशभरकै ७५३ वटा स्थानीय तहमा ज्ञापनपत्र बुझाइएको छ । ज्ञापनपत्रमा विद्यालयमा कार्यरत  कर्मचारीलाई सरकारले तोकेको न्यूनतम परिश्रमिकभन्दा कम नहुने गरि भुक्तानी गर्नुपर्ने, वार्षिक शैक्षिक योजना बनाई  कार्यान्वयन गर्न निर्देशन दिनुपर्नेलगायत उल्लेख गरिएको छ । 

१७ बुँदे मागपत्रमा प्रविधिमार्फत् बालबालिकामाथि हुने उत्पीडन एवं दूव्र्यवहार रोक्न ठोस नीति निर्माण गर्नुपर्ने, लागू औषध दुव्र्यसन रोक्न ठोस नीति कार्यान्वयन गर्नुपर्ने पनि उल्लेख गरिएको छ । 
जसकाे पहिलाे बुँदामै विद्यालय शिक्षा निशुल्क हुने संविधानकाे व्यवस्था कडाईका साथ लागू हुनुपर्ने माग गरिएकाे छ। `नेपालको संविधान, २०७२ को धारा ३१, अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ को दफा २(छ), सोही ऐनको दफा २० र नियमावली २०६६ को नियम ५ अनुसार माध्यमिक तह सम्मको शिक्षा निशुल्क हुने व्यवस्था भएपनि अधिकांश विद्यालयहरूले विद्यार्थी एवं अभिभावकबाट भर्ना शुल्क, परीक्षा शुल्क, मासिक शुल्क, वार्षिक शुल्क, पाठ्यपुस्तक शुल्क, प्रमाणपत्र शुल्क लगायत अन्य शुल्क उठाउँदै आइरहेको देखिन्छ तसर्थ नेपालको संविधान लाई आत्मसात गर्दै विद्यालय शिक्षा पूर्णत: निशुल्क गर्न माग गर्दछौँ ´, संघकाे ज्ञापनपत्रमा भनिएकाे छ।

त्यस्तै नेविसंघले निजि विद्यालयले स्टेशनरी र युनिफर्ममा लगाएकाे सिण्डिकेट अन्त्य गर्नुपर्ने, एकपटक भर्ना गरेपछि हरेक वर्ष भर्ना गर्नुपर्ने व्यवस्था हटाउनुपर्ने माग पनि गरेकाे छ। त्यस्तै हरेक शुक्रबार हप्ताकाे एक दिन विद्यार्थीका लागि स्किल अप अर्था सिपमूलक कक्षा सञ्चालन गर्ने व्यवस्था गर्न पनि नेविसंघको माग छ। `यस पालिका अन्तर्गत स्थापना भएका प्रत्येक विद्यालयमा छात्राहरुको स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै “एक छात्रामैत्री कक्ष” सहित “एक नर्सिङ कक्ष” स्थापना गर्न गराउन माग गर्दछौँ ´ नेविसंघको माग छ।

हेर्नुस् ज्ञापनपत्र 

 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...