pani-1786865868.jpg
Tuesday, 25 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

शिक्षक संगठनको रक्तदान कार्यक्रममा ४६ जनाले गरे रक्तदान

FB_IMG_1681309426101-1681309712.jpg

नेपाल राष्ट्रिय शिक्षक संगठन थाहा नगर समितिको आयोजनामा ४४ औं शिक्षक दिवस विविध कार्यक्रम सहित सम्पन्न भएको छ ।
 दिवसको  अवसरमा आयोजित रक्तदान कार्यक्रममा ४६ जना रक्तदाताहरुले रक्तदान गरेको आयोजक संगठनका अध्यक्ष रुपचन्द्र गोपालीले जानकारी दिए।
 नेपाल रेडक्रस सोसाइटी, केन्द्रिय रक्त सञ्चार सेवा काठमाडौंको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रमको अवसरमा संगठनको चौथो नगर परिषद तथा शिक्षक हित बचत तथा ऋण सहकारीको सहकारी शिक्षा कार्यक्रम समेत सम्पन्न भएको छ।
 परिषदमा कोषाध्यक्ष सचिन बलबाट आर्थिक प्रतिबेदन तथा सचीव कृष्ण प्रसाद लामिछानेबाट प्रस्तुत संस्थागत गतिविधि सम्बन्धि प्रतिबेदन सर्बसमम्त पारित गरियो। 
कार्यक्रममा प्रमुख अतिथि वडा न १ का अध्यक्ष हेरमान गोपाली, बिशेश अतिथि बज्रबाराही रेडक्रसका  सभापति सानुकाजी गोपाली, जिल्ला उपाध्यक्ष कृष्ण प्रसाद पौडेल, शिक्षक हित सहकारीका उपाध्यक्ष शिव प्रसाद लामिछाने, पेसागत महासंघ सदस्य राम कुमार  बर्तौला, संगठनको गढी गाउँपालिका सदस्य राजेश अधिकारी,सुनौला माबिका स्काउट शिक्षक देवेन्द्र गोपाली,लगायतका उपस्थिति रहेको थियो। 
नेपाल राष्ट्रिय शिक्षक संगठन थाहा नगर समितिले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पुर्णमा आभार समेत व्यक्त गरेको छ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...