pani-1786865868.jpg
Friday, 11 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

खेल

विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

thumb-1668058238.jpg

। मंसिर ४ गतेबाट कतारमा सुरु हुन लागेको फिफा विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण नेपाली दर्शकले हेर्न नपाउने सम्भावना बढेको छ ।

फिफा विश्वकप प्रसारणसम्बन्धी कार्य रोक्ने गरी सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि विश्वकप प्रसारण अन्योलमा परेको छ ।

मंगलबार सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले विश्वकप प्रसारण सम्बन्धी कार्यलाई यथास्थितिमा राख्नू भनी अन्तरिम आदेश दिएको छ । अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने विषयमा छलफल गर्न कात्तिक ३० गते छलफलका लागि बोलाइएको छ ।

विश्वकप प्रसारणको अन्तिम तयारी भइरहेका बेला आएको यस्तो आदेशले तयारी रोक्नुपर्ने अवस्था आएको मिडिया हबका कार्यकारी निर्देशक सोम धिताल बताउँछन् । ‘हामीलाई अदालतमाथि पूरा विश्वास छ तर ३० गते नै सुनुवाइ हुँदा पनि प्रसारणका लागि तयारी पुग्दैन,’ धितालले भने, ‘नेपाली दर्शकले विश्वकप नै हेर्न नपाउने हुन् कि भन्ने जोखिम बढ्यो ।’

मिडिया हबले विश्वकप देखाउन नसक्दा नेपालभित्र अन्य कुनै पनि माध्यमबाट विश्वकप हेर्न पाउने अवस्था रहँदैन । यसपटक नेपालभित्र कुनै पनि विदेशी च्यानलले कुनै पनि माध्यमबाट विश्वकप प्रसारण गर्न नपाउने गरी मिडिया हबले एक्सक्लुसिभ प्रसारण अधिकार लिएको छ ।

मिडिया हबले ‘पे पर भ्यू’ मोडलमा हरेक दर्शकले ५ सय रुपैयाँ तिर्नुपर्ने गरी नयाँ च्यानलमार्फत् विश्वकप देखाउने तयारी गरिरहेको थियो । दर्शकसँग अतिरिक्त शुल्क लिन नपाउने दाबी गर्दै अदालतमा मुद्दा परे पनि वास्तविकता त्यस्तो नभएको धिताल बताउँछन् ।

‘अहिले भइरहेका च्यानलमा विश्वकप आउने हैन, हामीले विश्वकपकै लागि नयाँ च्यानल लन्च गर्दैछौं, जसलाई विश्वकप हेर्ने रुचि हुन्छ उहाँहरुले नयाँ च्यानलको ग्राहक बन्नुपर्ने हुन्छ, अहिले भइरहेका च्यानलका लागि अतिरिक्त शुल्क तिर्नुपर्ने हैन,’ धितालले भने, ‘यसमा भ्रम छरेर फुटबलप्रेमीलाई फुटबल हेर्नै बन्देज गर्ने षडयन्त्र भयो, कानुनी र व्यवसायिक हिसाबले हाम्रो बिजनेस मोडलमा कुनै समस्या छैन, यसको प्रतिरक्षा गर्न तयार छौं, तर अन्तिम समयमा अदालती प्रक्रियामा अल्झिंदा प्रसारण नहुने जोखिम बढ्यो ।’

मुद्दामाथि सुनुवाइ गर्दै इजलासमा न्यायाधीश राउतले अर्को सुनुवाई २७ गते हुने आदेश दिएका थिए, तर एक दिन ढिला गरेर आएको लिखित आदेशमा भने मिति तीन दिन थपेर ३० गते उल्लेख गरिएको छ ।

अदालतमा मुद्दाको चाप भएको हुँदा ३० गते नै मुद्दाले पालो पाउने अवस्था निकै कम छ । मंसिर ४ को उदघाटन खेलसम्म अदालती प्रकृया नटुंग्याउने गरी विपक्षीहरु अदालती प्रक्रियामा गएको हो कि भन्ने गम्भीर आशंका भएको मिडिया हबले जनाएको छ । अनलाइन खवर

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...