Monday, 06 May, 2024
खेल

विश्वकप फुटबलकाे सेमिफाइनलमा नयाँ बल प्रयोग हुने

images-(4)-1670846399.jpg

 

कतार विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा नयाँ बल प्रयोग हुने भएको छ । फिफाले सेमिफाइनल र फाइनलमा ‘अल हिल्म’ नामको बल खेलाउने भएको हो । विश्वकपका लागि फिफाले एडिडाससँग सम्झौता गरेको छ । सम्झौताअनुसारै पहिलो चरणदेखि क्वार्टरफाइनलसम्म ‘अल रिहला’ नामको बल प्रयोग भएको थियो । फिफा र एडिडासले आइतबार एक कार्यक्रमबीच अल रिहला नामको बल सार्वजनिक गरेको छ । 

अरबी भाषामा अल रिहलाको अर्थ यात्रा हो । यसैगरी, अल हिल्मको अर्थ सपना हो । सेमिफाइनलमा खेलाउने बलमा पनि सेन्सर राखिएको छ । यसमा कनेक्टेड बल टेक्नोलोजीको प्रयोग गरिएको छ । कनेक्टेड बलको सहयोगमा रेफ्रीलाई निर्णय लिन निकै मद्दत गरेको आयोजकको भनाइ छ । 

अल हिल्म बलको डिजाइन सुनौलो रङको छ । बलमा त्रिकोणात्मक आकारमा दोहा र वरपरको मरुभूमि देखाइएको छ । फिफा, विश्वकप र कतारको राष्ट्रिय झन्डाको स्वरूप बलमा रङ प्रयोग गरिएको छ ।

सेमिफाइनल खेल मंगलबार र बुधबार हुनेछन् । मंगलबार राति १२:४५ मा पहिलो सेमिफाइनलमा क्रोएसिया र अर्जेन्टिनाबीच हुनेछ । दोस्रो सेमिफाइनल बुधबार राति १२:४५ मा सबिक विजेता फ्रान्स र मोरक्कोबीच हुनेछ ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण
1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक...

चित्लाङ चन्द्रागिरी सडकमा लोडरले किच्दा एकजनाको ज्यान गयो।
FB_IMG_1714829160942-1714829186.jpg

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शनिबार दिउँसो सो सडकको...

प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...