Tuesday, 30 Apr, 2024
थाहा नगर

विभिन्न कारणले हुने आगलागी नियन्त्रणको लागि डेमो अभ्यास

ago1-1709727964.jpg

आगलागीका घटनाहरू नियन्त्रणका उपायका बारेमा जिल्ला समन्वय समितिको आयोजना तथा बागमती प्रदेश बिपद व्यवस्थापन गुल्मको प्राविधिक सहयोगमा थाहा नगरपालिकामा आगलागी नियन्त्रण सम्बन्धि अन्तरक्रिया तथा सचेत्नामुलक कार्यक्रम गरेको छ।
थाहाको जनकल्याण माध्यमिक विद्यालयको प्रागणमा जिल्ला समन्वय अधिकारी सुर्य प्रसाद चापागाईंको अध्यक्षता तथा जिल्ला समन्वय समिती मकवानपुरका  प्रमुख ललित घलानको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा थाहा नगर प्रमुख बिष्णु बिष्टको बिशिस्ट आतिथ्यता रहेको थियो।

सचेतना कार्यक्रम अन्तर्गत “घरेलु आगलागी नियन्त्रण तथा बच्ने उपाय सम्बन्धी सचेतनामुलक कार्यक्रम“ प्रहरीले संचालन गरेको हो । 

थाहा नगरपालिका भित्र रहेका सामुदायिक बन,रेडक्रस,स्काउट,बजार व्यवस्थापनका पदाधिकारी स्थानिय संघसंस्था लगायत  बिद्यार्थी र शिक्षकलाई सहभागी बनाउँदै प्रहरीले बिभिन्न कारण हुने आगलागीका बारेमा डेमो अभ्यास समेत गरेको थियो ।

बागमती प्रदेश बिपद व्यवस्थापन गुल्म हेटौंडाका प्रहरी निरीक्षक चुडा कुमारी खड्का सहितको प्रहरी टोलीले सिलिन्डर पाइपबाट ग्यास लिक भई हुने आगोलागी निभाउने तरिकाहरुका साथै व्यक्तिको शरीरमा आगो लाग्दा तत्काल बच्न गरिने विभिन्न उपायहरुको अभ्यास गराउँदै आगो नियन्त्रणको डेमो अभ्यास गराएको थियो।

बिद्यार्थीका बीचमा हुने यस्तो सचेतनामुलक कार्यक्रमको सन्देश अभिभावकमा समेत पुग्ने भएकोले यस्ता कार्यक्रम प्रभावकारी हुने जनकल्याण माबिका शिक्षिका गिता कार्कीले बताइन ।

कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्यहरु,थाहा नगरपालिका विपद व्यवस्थापन समिती संयोजक हिरेन्द्र कुमार रायमाझी,थाहा नगर बिपद व्यवस्थापन सदस्य सचीव अनिल लामिछाने ,स्थानीय स्काउट थाहाका संयोजक गणेशमान श्रेष्ठ,विभिन्न विद्यालयका स्काउट ट्रुप,दामन रेडक्रस र पालुङ रेडक्रसका प्रतिनिधीहरु लगायत संघ संस्थाका प्रतिनिधिहरु,नगर प्रहरीको उपस्तिथि रहेको थियो।


world-link-1690434568.jpg
सहकारीका ब्यवस्थापकको क्षमता विकास तालिम सुरु
1714400700507-1714400829.jpg

हेटौंडा १७ बैशाख/राष्ट्रिय सहकारी बैंक लि. हेटौंडा शाखाको आयोजनामा मकवानपुरमा रहेका बैंकका सदस्य सहकारी संघ...

थाहामा बसाइँसराइ जाने बढ्दै,सबैभन्दा बढी वडा न २ बाट जाने बढे
DSCN4807-1714313841.JPG

  मकवानपुरको थाहा नगरपालिकाबाट बसाइसरी जाने नागरिकको तथ्याङ्क चुनौतिपूर्ण देखिएको छ । पर्यटकीय नगरीको रुपमा...

थाहा ३ का वडा सदस्य कार्की द्वारा पालुङ आँखा केन्द्रलाई वाटर डिस्पेन्सर सहयोग
IMG_20240428_131428_781-1714311559.jpg

थाहा नगरपालिका वडा न ३ का वडा सदस्य कृष्ण कुमार कार्कीले आफ्नो स्वर्गीय बुबा दल बहादुर कार्कीको सम्झनामा...

थाहा नगरपालिका द्वारा नगर मातहतका सहकारी अनुगमन तिव्र
IMG_20240428_133157_324-1714310957.jpg

थाहा नगरपालिकाको सहकारी शाखाले नगरपालिका स्थित सहकारी सङ्घसंस्थाको अनुगमन सुरु गरेको छ । नगरपालिका भित्रका...

पालुङ जेसीज बोर्ड अफ ट्रस्टिजको अध्यक्षमा पुनः गोपाली
FB_IMG_1714268978182-1714268995.jpg

पालुङ जेसीजको बोर्ड अफ ट्रस्टिजको साधारण सभा १५ बैशाखमा थाहा नगरपालिका–१ झम्केश्वरी माविको सभाहलमा सम्पन्न...

थाहाको कुन्छाल र इन्द्रायणी बस्तीमा ऐतिहासिक १२ बर्षे नाच देखाइयो(फोटो फिचर)
1714237751434-1714238041.jpg

थाहा नगरपालिकाको वडा न १ कुन्छाल गाउँ र वडा न २ को पालुङ इन्द्रायणी बस्तिमा मनाइने १२ बर्षको नाचको समापन गरिएको...

जिल्ला स्तरीय खुला कराते प्रतियोगिताको उपाधी बकैया लाई
438146076_135199656215651-1714228520.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा थाहा कराते महासंघको व्यवस्थापनमा आज भएको प्रथम  जिल्ला स्तरीय...

माओवादी कमजोर हुनै सक्दैन : लामिछाने 
1714153017071-1714153030.jpg

हेटौंडा, १४ बैशाख/नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एवं हेटौंडा उपमहानगर ईन्चार्ज प्रल्हाद लामिछानेले...

कक्षा १२ को परिक्षा सुरु,पालुङ क्याम्पस परिक्षा केन्द्रबाट ३ सय ८३ जनाले परिक्षा दिदै ।
FB_IMG_1714100555693-1714100769.jpg

कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरू हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते...