Monday, 20 May, 2024
थाहा नगर

विइङयुथ द्वारा थाहा १२ मा अबस्थित जनता प्राबीलाई सहयोग

Screenshot_20220627-11582-1656310607.png

थाहा नगरपालिकाका उर्जावान युवाहरुद्वारा स्थापित बिइङ युथले थाहा नगरपालिका वडा नम्बर १२ स्थित जनता आधारभूत विद्यालयका विद्यार्थी र विद्यालयलाई सहयोग गरेको छ । युथले विद्यालयका सबै विद्यार्थीहरुलाई पोसाक, झोला र शैक्षिक सामग्री उपलब्ध गराएको छ भने विद्यालयलाई भान्साको सामान, पानी शुद्धीकरण मेशिन र आगो नियन्त्रण यन्त्र सहयोग गरेको छ ।
आज १२ असारमा विद्यालयमा एक कार्यक्रमको आयोजना गरी बिइङ युथले सामग्री सहयोग गरेको हो । ओएनजिडी एफएनइएल लक्जम्वर्गसँगको सहकार्यमा सहयोग कार्यक्रम भएको हो । कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख विष्णु विष्टको प्रमुख आतिथ्यता तथा उपप्रमुख भरत गोपालीको विशेष आतिथ्यता रहेको थियो ।
बिइङ युथका अध्यक्ष बसन्त कार्कीको अध्यक्षता रहेको कार्यक्रममा बोल्दै प्रमुख अतिथि विष्टले विद्यालय शिक्षाको लागि सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताए । त्यसैगरी नगर उपप्रमुख गोपालीले दाताहरुबाट प्राप्त सहयोगलाई सदुपयोग गर्न आग्रह गर्दै छोराछोरीको शिक्षाको लागि अभिभावकहरुको पनि उत्तिकै चासो हुनुपर्नेमा जोड दिए ।
सो अवसरमा थाहा नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष टिकाराम स्याङ्तान, पालुङ बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष पुरुषोत्तम कार्की, विद्यालय व्यवस्थापन समिति अध्यक्ष मानबहादुर स्याङ्तान, थाहा नगरपालिकाका रोजगार  संयोजक कुमार नेगी, शिक्षक सुशिला पुलामी लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा बिइङ युथकी कार्यक्रम संयोजक मनिषा बस्नेतले संस्थाले गरिरहेको गतिविधिको बारे प्रष्ट पारेकी थिइन् ।
कार्यक्रममा डा. गगन कार्की, डा. पवन कार्की, वडा सदस्यहरु युवराज जिम्बा, नरेश घलान, बिइङ युथका पदाधिकारीहरु, जनता आधारभूत विद्यालयका प्रधानाध्यापक धर्मलाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । 

 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
महालक्ष्मी बैंक पालुङ शाखा द्वारा ३० औं वार्षिकोत्सवको अवसरमा शुभकामना आदानप्रदान
FB_IMG_1716207695161-1716207739.jpg

महालक्ष्मी विकास बैंकको ३० औँ वार्षिकोत्सव सम्पन्न भएको छ । सोमबार ७ गतेदेखि बैंक ३१औँ वर्षमा प्रवेश गरेको हो ।...

बिद्यार्थीहरुलाई निशुल्क लेखापालन तालिम
1716113376330-1716113429.jpg

मकवानपुर, ०६ जेष्ठ/नेकपा (माओवादी केन्द्र) निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस...

एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन 
1716048590707-1716048609.jpg

हेटौंडा ५ जेठ/एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । संगठनका...

बिकासको लागि संघीयताको अहम भुमिका रहेको छ:-मन्त्री कुमारी मोक्तान
1716047400711-1716047436.jpg

थाहा  ०५ जेष्ठ/आग्रामा यहाँसम्मको बिकास आइपुग्नको लागि संघीयताले अहम भूमिका खेलेको  नेकपा माओवादी केन्द्रका...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
gole1-1716045214.jpg

  गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा...

थाहानगर आग्राकी ६७ वर्षिया गोमालाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता दियो
444154127_136399526762331-1716044555.jpg

  मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ आग्राकी ६७ वर्षिया गोमा भुजेलले नागरिकता पाएकी छिन् । वि.सं. २०१४ साल माघ...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
438301438_136334660768817-1716043905.jpg

गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा न.पा....

जन्मदिनको अवसरमा थाहाका कार्की द्वारा भिन्न क्षमताका सक्षम उद्यमीलाई सम्मान
FB_IMG_1715959678119-1715959764.jpg

पालुङ जेसीजका सदस्य तथा नेपाल होमस्टे व्यवसायि महासंघका केन्द्रिय सचिवालय सदस्य समेत रहेका थाहा नगरपालिकाका...

निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
hardik-ivf-1715884190-1715916851.jpg

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरमा निसन्तान...