himalen-2083-1778725505.jpg
Friday, 10 Jul, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

विइङयुथ द्वारा थाहा १२ मा अबस्थित जनता प्राबीलाई सहयोग

Screenshot_20220627-11582-1656310607.png

थाहा नगरपालिकाका उर्जावान युवाहरुद्वारा स्थापित बिइङ युथले थाहा नगरपालिका वडा नम्बर १२ स्थित जनता आधारभूत विद्यालयका विद्यार्थी र विद्यालयलाई सहयोग गरेको छ । युथले विद्यालयका सबै विद्यार्थीहरुलाई पोसाक, झोला र शैक्षिक सामग्री उपलब्ध गराएको छ भने विद्यालयलाई भान्साको सामान, पानी शुद्धीकरण मेशिन र आगो नियन्त्रण यन्त्र सहयोग गरेको छ ।
आज १२ असारमा विद्यालयमा एक कार्यक्रमको आयोजना गरी बिइङ युथले सामग्री सहयोग गरेको हो । ओएनजिडी एफएनइएल लक्जम्वर्गसँगको सहकार्यमा सहयोग कार्यक्रम भएको हो । कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख विष्णु विष्टको प्रमुख आतिथ्यता तथा उपप्रमुख भरत गोपालीको विशेष आतिथ्यता रहेको थियो ।
बिइङ युथका अध्यक्ष बसन्त कार्कीको अध्यक्षता रहेको कार्यक्रममा बोल्दै प्रमुख अतिथि विष्टले विद्यालय शिक्षाको लागि सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताए । त्यसैगरी नगर उपप्रमुख गोपालीले दाताहरुबाट प्राप्त सहयोगलाई सदुपयोग गर्न आग्रह गर्दै छोराछोरीको शिक्षाको लागि अभिभावकहरुको पनि उत्तिकै चासो हुनुपर्नेमा जोड दिए ।
सो अवसरमा थाहा नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष टिकाराम स्याङ्तान, पालुङ बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष पुरुषोत्तम कार्की, विद्यालय व्यवस्थापन समिति अध्यक्ष मानबहादुर स्याङ्तान, थाहा नगरपालिकाका रोजगार  संयोजक कुमार नेगी, शिक्षक सुशिला पुलामी लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा बिइङ युथकी कार्यक्रम संयोजक मनिषा बस्नेतले संस्थाले गरिरहेको गतिविधिको बारे प्रष्ट पारेकी थिइन् ।
कार्यक्रममा डा. गगन कार्की, डा. पवन कार्की, वडा सदस्यहरु युवराज जिम्बा, नरेश घलान, बिइङ युथका पदाधिकारीहरु, जनता आधारभूत विद्यालयका प्रधानाध्यापक धर्मलाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । 

 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...

पालुङ बहुउद्देश्यीय द्वारा संरक्षित पुँजी फिर्ताबाट शेयर सदस्यलाई २९ लाख ७५ हजार रुपैयाँ वितरण
FB_IMG_1783417317763-1783417576.jpg

थाहा, मकवानपुर। पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को संरक्षित पुँजी फिर्ता...

उपमेयर कपमा बिमल–रोशनको दबदबा, सातौं नगरस्तरीय ब्याडमिन्टनको उपाधि कब्जा
FB_IMG_1782728834311-1782729056.jpg

थाहा, असार १५ । थाहा नगरपालिकामा जारी सातौं उपमेयर कप डबल मेन्स नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि बिमल...

थाहा नगरका तीन कृषक राष्ट्रियस्तरमा सम्मानित, निरोज प्रधानसहित सुमन र भीमलाल गोपाली पुरस्कृत
AISelect_20260629_122935_-1782715960.jpg

थाहा नगरका तीन कृषक राष्ट्रियस्तरमा सम्मानित, निरोज प्रधानसहित सुमन र भीमलाल गोपाली पुरस्कृत मकवानपुर थाहा...

थाहा एमालेको सदस्यता नवीकरण र सुदृढीकरण अभियान तीव्र बनाइने
FB_IMG_1782668591889-1782668704.jpg

थाहानगर/१४ असार नेकपा एमाले थाहा नगर कमिटीले सदस्यता नवीकरण र पार्टी सुदृढीकरण अभियानलाई तीव्र बनाउने निर्णय...

सातौं उपमेयर कप ब्याडमिन्टन सुरु : १३ टिम उपाधि होडमा, विजेतालाई २१ हजार नगद
FB_IMG_1782619089293-1782619144.jpg

थाहा, असार १४ — थाहा नगरपालिकाको आयोजना तथा थाहा नगर व्याडमिन्टन संघको व्यवस्थापनमा सातौं उपमेयर कप डबल मेन्स...

सहकारी सुदृढीकरणका लागि थाहामा क्षमता अभिवृद्धि तालिम सम्पन्न
FB_IMG_1782125014755-1782125026.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको सहकारी शाखाको आयोजनामा “सहकारीको संस्थागत विकास, सुशासन र कार्यक्षमता...

थाहा नगरपालिकाको बजेट ९० करोड ९७ लाख ४४ हजार
FB_IMG_1782060061890-1782060182.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगमाि आर्थिक वर्षका लागि पेश गरेको ९० करोड ९७ लाख ४४ हजार बजेट पारित भएको छ । थाहानगर...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg