Tuesday, 07 May, 2024
खेल

वडास्तरीय फुटबल प्रतियोगितामा आयोजक वडा नम्बर ४ ‘बी’ बिजयी

second-ward-3-1668182576.jpg



बागमती । बागमती गाउँपालिकामा आयोजित वडास्तरीय फुटबल प्रतियोगितामा आयोजक वडा नम्बर ४ ‘बी’ बिजयी भएको छ । शुक्रबार भएको फाइनल खेलमा वडा नम्बर ४ ‘बी’ ले वडा नम्बर ३ लाई १–० गोल अन्तरले पराजित गरेको हो । जितका लागि जर्सी नम्बर ७ का शंकर घलानले गरेको गोल नै अन्तिम निर्णायक बन्न पुग्यो ।
प्रतियोगिताको उपाधी जितेसंगै वडा नम्बर ४ ‘बी’ ले नगद पचास हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । द्धितिय भएका वडा नम्बर ३ ले नगद २५ हजारसहित शिल्ड मेडल प्राप्त गरेका छन् । प्रतियोगिताभर उत्कृष्ट गोलकर्ताको रुपमा वडा नम्बर ४ ‘बी’ कै ३ जनाले जनही एक हजार रुपैयाँ प्राप्त गरे । वडा नम्बर ४ ‘बी’ कै उमेश पाख्रिन उत्कृष्ट गोल किपर भए भने सर्वोत्कृष्ट खेलाडी भिम बज्यु घोषित भएका छन्।
बिजेता र उपविजेतालाई मकवानपुर क्षेत्र नम्बर १ प्रदेशसभा (क) का उम्मेदवार प्रेमबहादुर पुलामी (छिन्तु ) ले पुरस्कार हस्तान्तरण गर्नुभयो । (छिन्तु ) ले आफु खेल प्रेमी भएको बताउँदैे खेल क्षेत्रको विकासका लागि आफ्नोतर्फबाट सम्पूर्ण सहयोग रहने बताउनुभयो । खेल मैदानलाई व्यवस्थित बनाउनेदेखि नयाँ खेलाडी उत्पादनमा प्रदेश सरकारबाट विशेष योजना ल्याइने जिकिर गर्नुभयो ।
कार्यक्रममा बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले पालिकाले खेल क्षेत्रको विकास हेतु हरेक वडातह बाट खेलकुदका कार्यक्रमलाई प्राथमिकता दिइरहेको बताउनुभयो । उहाँले आगामी दिनमा पालिका र प्रदेश सरकार मिलेर खेलाडी प्रोत्साहन कार्यक्रम ल्याउने पनि बताउनुभयो ।
वडास्तरीय खेलकुद विकास समिति अध्यक्ष कालमान राईको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष फणिन्द्र तिमल्सिना, नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य प्रमिला लामा पुलामी,नेकपा माओवादी केन्द्र बागमती गाउँपालिका अध्यक्ष अरुण बल, नेपाली काँग्रेस पार्टी सचिव सुदिप पाख्रिन, नेकपा समाजवादीका धनपति तिमल्सिना, वडा नम्बर ४ का वडाध्यक्ष दन्तलाल माझी, ३ नम्बर वडाध्यक्ष कमान सिं पाख्रिन, ५ का वडाध्यक्ष बिजय भ्लोन, २ का वडाध्यक्ष जनक पहरी लगायतको सहभागिता रहेको थियो । गत कात्तिक २१ गतेबाट सुरु भएको प्रतियोगितामा फुटबल प्रतियोगितामा बागमती गाउँपालिकाका ९ वटै वडाका १३ वटा टिमको सहभागिता रहेको थियो ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

game-2-1668182577.jpg

world-link-1690434568.jpg
थाहा नगरपालिका प्रकाश दाहाल स्मृति प्रदेश स्तरीय भलिबलको सेमिफाइनलमा
FB_IMG_1715000151021-1715005892.jpg

घरेलु टोली महांकाल गाउँपालिका, ह्याङले गाउँपालिका, हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिका प्रथम प्रकाश दाहाल...

बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण
1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक...

चित्लाङ चन्द्रागिरी सडकमा लोडरले किच्दा एकजनाको ज्यान गयो।
FB_IMG_1714829160942-1714829186.jpg

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शनिबार दिउँसो सो सडकको...

प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...