pani-1786865868.jpg
Thursday, 27 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

वज्रवाराही मन्दिरको संरक्षण र प्रवर्धन जनस्तरबाट गरिने

bajra-1700361757.jpg

उत्तरी मकवानपुरको थाहा नगरपालिका–६, स्थित वज्रवाराही मन्दिरको संरक्षण र प्रवर्धन जनस्तरबाट गरिने भएको छ ।

वज्रवाराही मन्दिर जाने सिँढी मर्मतसँगै मन्दिर परिसरको जीर्णोद्धारपछि नयाँ मूर्ति प्रतिस्थापनसँगै मन्दिरसम्म पुग्ने सिँढी जनस्तरबाट निर्माण गर्न लागिएको हो । थाहा नगरसँगै आसपासका क्षेत्रको शक्तिपीठका रूपमा रहेको वज्रवाराही मन्दिर जाने सिँढी मर्मत र मन्दिरपरिसरको जीर्णोद्धार कार्य थाहा नगरपालिका–६ को कार्यालयको बजेट तथा नेवाः पुचः, वज्रवाराही र स्थानीय समाजसेवी नारायणबहादुर जोशीको सहयोगसहित करिब ४० लाख रुपियाँको लागतमा गरिएको थियो ।

पहिले नमिलेको वज्रवाराही मन्दिर जाने सिँढी इन्जिनियरसमेत ल्याएर मर्मत गर्न समाजसेवी नारायणबहादुर जोशीले मात्र झन्डै ३० लाख रुपियाँ खर्चेको थाहा नगरपालिका–६ का वडाध्यक्ष राजेन्द्रभक्त श्रेष्ठले जानकारी दिए ।

वडाध्यक्ष श्रेष्ठले मन्दिर क्षेत्रलाई धार्मिक महत्वको पर्यटकीय गन्तव्य स्थल बनाउने गरी विस्तृत परियोजना प्रस्ताव (डिपिआर) अनुसार नयाँ संरचना बनाउने तयारी थालेको बताए । डिपिआर अनुसार हाल मन्दिर रहेको स्थानसँगैको वज्रवाराही मन्दिरको नाममा रहेको वज्रवाराही वनको टुप्पोमा मूर्ति प्रतिस्थापन र मन्दिरसम्म पुग्ने सिँढी निर्माण गरिने भएको छ ।

मूर्ति प्रतिस्थापन र मन्दिरसम्म पुग्ने सिँढी निर्माणका लागि करिब डेढ करोड रुपियाँको लागत अनुमान गरिएको छ । हाल मन्दिर फेदीमा रहेको र टुप्पोमा मन्दिर थियो भन्ने विश्वास र आस्थाका साथ पुज्ने गरिन्छ । ८० फिट अग्लो मूर्ति राख्नेसँगै मन्दिरसम्म पुग्न ८०६ वटा सिँढी निर्माण गर्ने तयारी गरिएको छ । “हाल माटोको सिँढी रहेकोमा अब ढलान गरेर लैजाने तयारीमा छौँ,” वडाध्यक्ष श्रेष्ठले भन्नुभयो, “जङ्गलको टुप्पोसम्म पुग्ने सिँढी भने एक घर–एक सिँढीको अवधारणामा बनाउने छौँ ।”

उनले एउटा सिँढी बनाउन पाँच÷छ हजार रुपियाँ लाग्ने अनुमान गरिएको र निर्माण सामग्री ढुवानी खर्च बढी भएकाले लागत बढी भएको जानकारी दिए । वज्रवाराही वनको डाँडाको टुप्पोमा प्रतिस्थापन गरिने मूर्तिका लागि प्रदेश र स्थानीय सरकारलाई साझेदारीका लागि आग्रह गरिने बताउँदै उनले थप संरचना निर्माणपछि त्यस क्षेत्रको गतिविधि बढ्ने बताए ।

स्थानीय प्रमोद जोशीका अनुसार हाल वज्रवाराही वनको फेदीमा रहेको वज्रवाराही मन्दिर पहिले वज्रवाराही वनको टुप्पोमा रहेको र गुडेर आएर अहिलेको अवस्थामा रहेको भन्ने किंवदन्ती पाइन्छ । मन्दिरमा हरेक तीन वर्षमा वैशाख चण्डी पूर्णिमा जात्रा लाग्ने गरेको छ ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...