Sunday, 28 Apr, 2024
थाहा नगर

वज्रवाराहीमा वाराही पर्यटकीय मार्ग निर्माण सुरु

423195827_721118382894333-1706626122.jpg

थाहा  नगरपालिका–६  स्थित वज्रवाराहीमा वाराही पर्यटकीय मार्ग निर्माण सुरु भएको छ । बागमती प्रदेश सरकार ,थाहा  नगरपालिका र स्थानीयको   सहयोग एवं श्रमदानमा वाराही पर्यटकीय मार्ग निर्माण सुरु गरिएको हो।

प्रख्यात वज्रवाराही मन्दिर (अजिमा) देखि पुरानो  वाराही थान जान ८०५ वटा खुट्किलो सहितको  सिँढी निर्माण गरिने जनाइएको छ।

पर्यटकीय  मार्ग  निर्माणको शिलान्यास गर्दै थाहा  नगरपालिका–६ का वडाध्यक्ष राजेन्द्रभक्त श्रेष्ठले  बागमती प्रदेशको पर्यटन, संस्कृति तथा सहकारी मन्त्रालय र थाहा नगरपालिकाबाट सहयोगका लागि प्रतिबद्धता प्राप्त भएको  जानकारी दिनुभयो।उहाँले  मार्ग अन्तर्गत बन्ने  ८०५ खुट्किलो सहितको सिँढी निर्माण गर्न एक घर  एक सिँढीको  अवधारणासहित अभियान सुरु गरिएको बताउनुभयो।उहाँका   अनुसार सांस्कृतिकएवं धार्मिक सम्पदाको सरसफाइ  एवं  संरक्षणको अभियान  स्थानीयको  सहभागितामा सञ्चालन  गरिदै आएको छ ।

 मन्दिर क्षेत्रलाई धार्मिक महत्वको पर्यटकीय गन्तव्य स्थल  बनाउने गरी विस्तृत परियोजना प्रस्ताव (डिपिआर ) अनुसार नयाँ संरचना बनाउने  तयारी वडा कार्यालयको अगुवाइमा थालिएको    हो। डिपिआर        अनुसार हाल मन्दिर रहेको स्थानसँगैको वज्रवाराही  वनको टुप्पो मा अवस्थित  पुरानो  वाराही थानसम्म पुग्ने  सिँढी निर्माणपछि मूर्ति  प्रतिसथापन  गर्ने   योजना  रहेको छ। मूर्ति  प्रतिस्थापन र मन्दिर सम्म  पुग्नेसिँढी निर्माणका लागि करिब दुई  करोड रुपियाँ  बराबरको लागत अनुमान गरिएको छ। सिँढी निर्माण र  मार्गमा आठ हजार  ४५० वर्गफिट भुइँ निर्माण  कार्य  प्रदेश सरकारको आठ  लाख  रुपियाँको लागतमा सुरु गरिएकोछ । वाराही पर्यटकीय मार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष  हरिगोपाल श्रेष्ठका अनुसार एउटा खुट्किलोको  निर्माण  सामग्री,  ढुवानी  खर्च,  ज्यालालगायत गरी छ  हजार रुपियाँ  पर्ने अनुमान गरिएको छ ।  वज्रवाराही  वनको   फेदीमा  रहेको   वज्रवाराही  मन्दिर पहिले वज्रवाराही वनको टुप्पोमा  रहेको र   गुडेर आएर अहिले को अवस्थामा रहेको किंवदन्ती  छ ।

 मन्दिर मा  हरेक तीन वर्षमा वैशाख चण्डीपूर्णिमामा जात्रा लाग्ने  गरेको  छ । सिँढी निर्माणसँगै  वाराही  थान  रहेको वनको टुप्पोमा  वज्रवाराहीको मूर्ति  राख्ने  योजना  रहेको   स्थानीय   प्रमोदकृष्ण  जोशीले बताउनुभयो । यसअघि वज्रवाराही मन्दिर  जाने  सिँढी मर्मत र मन्दिर परिसरको जीर्णोद्धार कार्य  थाहा  नगर पालिका–६ को कार्यालय,  ने वा पुचः,  वज्रवाराही र स्थानीय समाजसेवी  नारायणबहादुर जोशीको सहयोगमा करिब ४० लाख रुपियाँको  लागतमा गरिएको  थियो  


world-link-1690434568.jpg
पालुङ जेसीज बोर्ड अफ ट्रस्टिजको अध्यक्षमा पुनः गोपाली
FB_IMG_1714268978182-1714268995.jpg

पालुङ जेसीजको बोर्ड अफ ट्रस्टिजको साधारण सभा १५ बैशाखमा थाहा नगरपालिका–१ झम्केश्वरी माविको सभाहलमा सम्पन्न...

थाहाको कुन्छाल र इन्द्रायणी बस्तीमा ऐतिहासिक १२ बर्षे नाच देखाइयो(फोटो फिचर)
1714237751434-1714238041.jpg

थाहा नगरपालिकाको वडा न १ कुन्छाल गाउँ र वडा न २ को पालुङ इन्द्रायणी बस्तिमा मनाइने १२ बर्षको नाचको समापन गरिएको...

जिल्ला स्तरीय खुला कराते प्रतियोगिताको उपाधी बकैया लाई
438146076_135199656215651-1714228520.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा थाहा कराते महासंघको व्यवस्थापनमा आज भएको प्रथम  जिल्ला स्तरीय...

माओवादी कमजोर हुनै सक्दैन : लामिछाने 
1714153017071-1714153030.jpg

हेटौंडा, १४ बैशाख/नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एवं हेटौंडा उपमहानगर ईन्चार्ज प्रल्हाद लामिछानेले...

कक्षा १२ को परिक्षा सुरु,पालुङ क्याम्पस परिक्षा केन्द्रबाट ३ सय ८३ जनाले परिक्षा दिदै ।
FB_IMG_1714100555693-1714100769.jpg

कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरू हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते...

काङ्ग्रेस नेता आफताब आलमलाई जन्मकैदको फैसला
1714052566226-1714052746.jpg

पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जन्मकैदको फैसला भएको छ । कांग्रेस नेता तथा पूर्वसांसद समेत रहेका आमलाई...

सेतो पहरोमा जीप दुर्घटना,सबै यात्रु सकुशल
FB_IMG_1714025398342-1714025595.jpg

थानकोट-चित्लाङ सडक खण्डको सेतो पहरा क्षेत्रमा बिहीबार बिहान यात्रुबाहक जीप दुर्घटना भएको छ । हेटाैंडातर्फ...

उद्योगहरुको बार्षिक प्रतिवेदन संकलन गर्न उद्योग मन्त्री श्रेष्ठको निर्देशन
1713889559948-1713889568.jpg

हेटौंडा / बागमती प्रदेशका उद्योग वाणिज्य, भूमी तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले हेटौंडा औद्योगिक क्षेत्रका...

थाहामा दलित मुक्तिमोर्चाको प्रशिक्षण सम्पन्न
1713884346617-1713884377.jpg

थाहा ११ बैशाख/नेकपा माओबादी केन्द्र निकट नेपाल दलित मुक्तिमोर्चाको थाहानगर स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न...