pani-1786865868.jpg
Friday, 28 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

ल्होसारले तामाङ जातिको संस्कृति र पहिचान स्थापित गरेको छ:- नगर प्रमुख बिष्ट

426346887_131176076951342-1707583217.jpg

तामाङ समुदायको सांस्कृतिक पर्व २८६० औं सोनाम ल्होछार थाहामा विभिन्न कार्यक्रम गरी मनाइएको छ । यस वर्ष (ह्योई ल्हो) बिरालो वर्गलाई बिदाई गर्दै (डुक ल्हो) गरुड वर्षलाई स्वागत गरिएको छ । 

थाहा नगरपालिका–३ स्थित जनकल्याण माबिको परिसरमा नेपाल तामाङ घेदुङ  थाहा नगर सोनाम ल्होछार मूल समारोह समितिले विभिन्न सांस्कृतिक प्रस्तुतिसहित कार्यक्रम आयोजना गर्‍यो। कार्यक्रमलाई सम्बोधन गर्दै थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टले तामाङ जातिको मौलिक अधिकार सुनिश्चित गर्न र संस्कृतिलाई जोगाई नयाँ उचाइमा पुर्याउन ल्होछारले ठूलो भूमिका खेल्ने बताए।वहाँले तामाङ जातिको संस्कृति र आफ्नो पहिचानको जगेर्ना गर्न यस्ता कार्यक्रमले सघाउने विश्वास व्यक्त गरे।
नेपाल तामाङ घेदुङ  थाहा नगर समिति अध्यक्ष दिपेन्द्र कुमार लामाको अध्यक्षतामामा सम्पन्न कार्यक्रममा  नगर प्रमुख बिष्णु बिष्टको प्रमुख आतिथ्यता तथा नेपाल तामाङ घेदुङ संघिय पुर्व महासचिव बाबू घिसिङ तथा लोपेन गुरु उर्गेन पेमा छोइलिइङ गुम्बा उत्तरपानीका प्रमुख दोर्जे लामाको बिशिस्ट आतिथ्यता रहेको थियो भने थाहा नगरपालिकाका वडा अध्यक्ष १ का कार्यवाहक अध्यक्ष सरोज प्रधान,२ का बमबहादुर सिङतान,३ का हिरेन्द्र रायमाझी ,४ का नारायण लामा,६ का राजनभक्त श्रेष्ठ ,७ का शिवराज थिङ लगायत कार्यपालिका सदस्यहरू ,नेपाली काङ्ग्रेसका नगर सभापति प्रमोदकृष्ण जोशी,माओवादी केन्द्रका नगर अध्यक्ष विनोद कुमार लामा,बलम्बु च्याउ सहकारीका कल्पना बलामी,खेलकुद विकास समिती थाहा नगर सदस्य यादव रायमाझी,थाहा मजदुर संघका उपाध्यक्ष राजकुमार कार्की,जनकल्याण माबीका अध्यक्ष राजीव कुमार स्याङ्तान,पालुङ क्याम्पसका प्रमुख राजन मिश्र,रेडियो राजमार्गका शिवराज आचार्य,थाहापाटिका सम्पादक शम्भु अधिकारी,थाहा ४ का पुर्व अध्यक्ष दिपक सिंह लामा,लायन्स क्लव अफ थाहा पिसका अध्यक्ष गिता कार्की,ईलाका प्रहरी कार्यालय पालुङका प्रमुख श्याम थापा मगर लगायतका उपस्थिती रहेको थियो।
ल्होसार बिशेष कार्यक्रममा तामाङ खानाको स्टल,भेषभुषा,गरगहना,बाजा,ढ्याङ्रो नाच लगायतको प्रदर्शनी तथा विक्री गरिएको थियो भने कलाकारहरु गायिकाहरु,मिङ्स लामा,सुजना रुम्बा,अमिर भोम्जन,रजनी लामा,उत्सव सुब्बा लामा,धिरेन लामा का साथै चर्चित गायिका आशा लामा सहित मकवानपुर आइडल,थाहा आइडल र हेटौंडा आइडलको समेत बेजोड प्रस्तुति दिएका थिए।
मुसा, गाई, बाघ, खरायो (बिरालो), ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशु पञ्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक मानिन्छ । तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइएको छ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...