Monday, 06 May, 2024
थाहा नगर

ल्होसारले तामाङ जातिको संस्कृति र पहिचान स्थापित गरेको छ:- नगर प्रमुख बिष्ट

426346887_131176076951342-1707583217.jpg

तामाङ समुदायको सांस्कृतिक पर्व २८६० औं सोनाम ल्होछार थाहामा विभिन्न कार्यक्रम गरी मनाइएको छ । यस वर्ष (ह्योई ल्हो) बिरालो वर्गलाई बिदाई गर्दै (डुक ल्हो) गरुड वर्षलाई स्वागत गरिएको छ । 

थाहा नगरपालिका–३ स्थित जनकल्याण माबिको परिसरमा नेपाल तामाङ घेदुङ  थाहा नगर सोनाम ल्होछार मूल समारोह समितिले विभिन्न सांस्कृतिक प्रस्तुतिसहित कार्यक्रम आयोजना गर्‍यो। कार्यक्रमलाई सम्बोधन गर्दै थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टले तामाङ जातिको मौलिक अधिकार सुनिश्चित गर्न र संस्कृतिलाई जोगाई नयाँ उचाइमा पुर्याउन ल्होछारले ठूलो भूमिका खेल्ने बताए।वहाँले तामाङ जातिको संस्कृति र आफ्नो पहिचानको जगेर्ना गर्न यस्ता कार्यक्रमले सघाउने विश्वास व्यक्त गरे।
नेपाल तामाङ घेदुङ  थाहा नगर समिति अध्यक्ष दिपेन्द्र कुमार लामाको अध्यक्षतामामा सम्पन्न कार्यक्रममा  नगर प्रमुख बिष्णु बिष्टको प्रमुख आतिथ्यता तथा नेपाल तामाङ घेदुङ संघिय पुर्व महासचिव बाबू घिसिङ तथा लोपेन गुरु उर्गेन पेमा छोइलिइङ गुम्बा उत्तरपानीका प्रमुख दोर्जे लामाको बिशिस्ट आतिथ्यता रहेको थियो भने थाहा नगरपालिकाका वडा अध्यक्ष १ का कार्यवाहक अध्यक्ष सरोज प्रधान,२ का बमबहादुर सिङतान,३ का हिरेन्द्र रायमाझी ,४ का नारायण लामा,६ का राजनभक्त श्रेष्ठ ,७ का शिवराज थिङ लगायत कार्यपालिका सदस्यहरू ,नेपाली काङ्ग्रेसका नगर सभापति प्रमोदकृष्ण जोशी,माओवादी केन्द्रका नगर अध्यक्ष विनोद कुमार लामा,बलम्बु च्याउ सहकारीका कल्पना बलामी,खेलकुद विकास समिती थाहा नगर सदस्य यादव रायमाझी,थाहा मजदुर संघका उपाध्यक्ष राजकुमार कार्की,जनकल्याण माबीका अध्यक्ष राजीव कुमार स्याङ्तान,पालुङ क्याम्पसका प्रमुख राजन मिश्र,रेडियो राजमार्गका शिवराज आचार्य,थाहापाटिका सम्पादक शम्भु अधिकारी,थाहा ४ का पुर्व अध्यक्ष दिपक सिंह लामा,लायन्स क्लव अफ थाहा पिसका अध्यक्ष गिता कार्की,ईलाका प्रहरी कार्यालय पालुङका प्रमुख श्याम थापा मगर लगायतका उपस्थिती रहेको थियो।
ल्होसार बिशेष कार्यक्रममा तामाङ खानाको स्टल,भेषभुषा,गरगहना,बाजा,ढ्याङ्रो नाच लगायतको प्रदर्शनी तथा विक्री गरिएको थियो भने कलाकारहरु गायिकाहरु,मिङ्स लामा,सुजना रुम्बा,अमिर भोम्जन,रजनी लामा,उत्सव सुब्बा लामा,धिरेन लामा का साथै चर्चित गायिका आशा लामा सहित मकवानपुर आइडल,थाहा आइडल र हेटौंडा आइडलको समेत बेजोड प्रस्तुति दिएका थिए।
मुसा, गाई, बाघ, खरायो (बिरालो), ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशु पञ्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक मानिन्छ । तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइएको छ।


world-link-1690434568.jpg
बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण
1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक...

चित्लाङ चन्द्रागिरी सडकमा लोडरले किच्दा एकजनाको ज्यान गयो।
FB_IMG_1714829160942-1714829186.jpg

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शनिबार दिउँसो सो सडकको...

प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...