pani-1786865868.jpg
Tuesday, 25 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

ल्यायम्ह पुच: मकवानपुरको अध्यक्षमा सुबिन्द्रमान प्रधान निर्विरोध,

FB_IMG_1679755729442-1679756505.jpg

ल्यायम्ह पुच: मकवानपुर शाखाको अध्यक्षमा सुबिन्द्रमान प्रधान निर्विरोध निर्वाचित हुनु भएको छ ।

शनिबार जेसीज हलमा सम्पन्न २८ औं साधारणसभाले प्रधानलगायत कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । शाखाको उपाध्यक्षमा सुरेन्द्र श्रेष्ठ, सचिव मोहनदाश श्रेष्ठ, कोषाध्यक्ष अञ्जय प्रधान, सह-सचिव सुरेश श्रेष्ठ र सदस्यहरुमा नबिन्द्र प्रधान,संजय प्रधान, आदर्श श्रेष्ठ, निराजन प्रधान र रोजित श्रेष्ठ निर्विरोध निर्वाचित हुनु भएको निर्वाचन अधिकृत भूमिराज अवस्थीले जानकारी दिनुभयो ।

मोहनमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारणसभाको अवसरमा प्रमुख अतिथि थाहानगर उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान प्रधानले थाहामा २०५० सालको बाढीपहिरोले निम्त्याएको संकट पछि ल्यायम्ह पुच:को जन्म भएको स्मरण गर्दै समुदायलाई परिवर्तन गर्न सकिने कार्यक्रमहरु सञ्चालन गर्न सुझाव दिनु भयो । कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली, पालुङ जेसीजका पूर्व अध्यक्ष मनोज  रायमाझी, पुच:का केन्द्रीय कोषाध्यक्ष जर्म श्रेष्ठ, केन्द्रीय सदस्य भूमिराज  अवस्थीलगायतले शुभकामना व्यक्त गर्नुभयो । 

साधारणसभाले पालुङ जेसीजसङ्ग सहकार्य गरेर युवा लक्षित कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा अन्तरक्रिया गरेको छ । पुच:ले थाहा १ ओखरबजारमा सञ्चालित नि:शुल्क एम्बुलेन्स सेवाको स्वामित्व र जिम्मेवारी लिने सम्बन्धमा समेत छलफल गरेको नवनिर्वाचित अध्यक्ष सुबिन्द्रमान प्रधानले बताउनुभयो । 

२०५१ सालमा मकवानपुरमा शाखा विस्तार गरेको पुच:ले थाहा १ को कालिका प्राविको विद्यालय भवन निर्माण, थाहा १ मै खाली डाडामा वृक्षारोपण गरि रमाइलो डाडा सामुदायिक वन उपभोक्ता समिति बनाइरहेको, विभिन्न पटक विषेशज्ञ सिविर सञ्चालन, खानेपानीमा सहयोग लगायतका कार्यहरु गर्दै आएको छ । पुच:को केन्द्रीय कार्यालय बागबजार काठमाडौंमा छ ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...