pani-1786865868.jpg
Tuesday, 25 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

लौठ सल्ला र सुनाखरी(आर्किड)को प्राकृतिक बासस्थान संरक्षणका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न

FB_IMG_1767186623943-1767186650.jpg

थाहानगर— ग्रीनहुड नेपाल नामक संस्थाको आयोजनामा मकवानपुर जिल्लामा औषधीय वनस्पति तथा तिनका प्राकृतिक बासस्थान संरक्षणलाई केन्द्रित गर्दै स्थानीय सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
थाहा नगरपालिका वडा नं. ३ मा अवस्थित ऋषेश्वर सामुदायिक वन र काली बन्जार सामुदायिक वन का उपभोक्ता समिति तथा स्थानीय सरोकारवालासँग लौठ सल्ला र सुनाखरी जस्ता महत्वपूर्ण औषधीय वनस्पतिको संरक्षणका विषयमा छलफल तथा सल्लाह–परामर्श गरिएको हो। कार्यक्रम ऋषेश्वर सामुदायिक वनको शिखरकोटमा अवस्थित विकास घर तथा काली बन्जार सामुदायिक वनको दम्कीस्थित सामुदायिक वन भवनमा सम्पन्न भएको थियो।
कार्यक्रममा थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बिष्ट, झम्केश्वरी सब–डिभिजन वन कार्यालयका प्रमुख सागर प्रसाद जैसी, सामुदायिक वन उपभोक्ता महासंघ थाहाका अध्यक्ष गणेशमान श्रेष्ठ, ग्रीनहुड नेपालका अनुसन्धानकर्ता तथा कार्यक्रम प्रमुख रेशु बस्याल,कालीबन्जार सामुदायिक बनका अध्यक्ष कमल कुमार केसी, ऋषेश्वर सामुदायिक बनका कार्यवाहक अध्यक्ष बिनोद केसी, लगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
अन्तरक्रिया कार्यक्रममा ग्रीनहुड नेपालका अनुसन्धान सहायक कृतना भण्डारी र ग्रीनहुड नेपालका अध्यक्ष ज्ञानेन्द्र आचार्य ले सहजीकरण गर्दै औषधीय वनस्पति संरक्षणमा स्थानीय सामुदायिक वन उपभोक्ता समितिको भूमिका, दिगो व्यवस्थापन, अवैध संकलन नियन्त्रण र जैविक विविधता संरक्षणका विषयमा प्रकाश पारे।
कार्यक्रममा सहभागी वक्ताहरूले औषधीय वनस्पति केवल आर्थिक स्रोत मात्र नभई वातावरणीय सन्तुलन र जैविक विविधताको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै संरक्षणमा स्थानीय समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको धारणा व्यक्त गरे। स्थानीय तह, सामुदायिक वन र संरक्षणकर्मीबीच सहकार्य बढाउँदै लैजान सके दीर्घकालीन संरक्षण सम्भव हुने निष्कर्ष निकालिएको थियो।
यस किसिमका अन्तरक्रिया कार्यक्रमले औषधीय वनस्पति तथा प्राकृतिक बासस्थान संरक्षणप्रति समुदायको चेतना अभिवृद्धि गर्नुका साथै दिगो वातावरण संरक्षणमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

FB_IMG_1767245616687-1767245628.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...