Social-Media-Main-Post1-1759035170.jpg
Friday, 13 Feb, 2026
nagar-shubha-1759206951.jpg

थाहा नगर

लालीगुराँस महिला बहुउद्देश्यीय सहकारी संस्थाको २३ औं वार्षिक साधारणसभा सम्पन्न

FB_IMG_1768138703028-1768138720.jpg

थाहा नगरपालिका वडा नं. १, ओखरबजारमा २०५९ जेठ २ गते स्थापना भएको लालीगुराँस महिला बहुउद्देश्यीय सहकारी संस्थाको २३ औं वार्षिक साधारणसभा जेसीज हलमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष रिता प्रधानको अध्यक्षतामा आयोजित उक्त साधारणसभामा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली प्रमुख अतिथिका रूपमा उपस्थित थिए।
साधारणसभामा अध्यक्ष रिता प्रधानले संस्थाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महिलाहरुको आर्थिक र सामाजिक स्तरलाई उकास्ने उद्देश्यका साथ विभिन्न आयमुलक कार्यक्रमहरुमा लगानी गर्दै आएको जानकारी दिनुभयो। संस्थाले महिला तथा बालबालिका कार्यालयको सहयोगमा विपन्न महिलाहरुको जीवनस्तर उकास्ने उद्देश्यले तरकारी खेती, पशुपालन जस्ता कार्यक्रमहरु सञ्चालन गरेको छ। अध्यक्ष प्रधानले घरेलु हिंसा पिडित महिलाहरुको लागि सेवाकेन्द्र स्थापना गर्ने, प्राथमिक मनोवैज्ञानिक सहयोग, पारिवारिक र सामुदायिक मनोविमर्श, बाख्रा पालन र कृषि तालिम जस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिवेदन प्रस्तुत गर्नुभयो।
संस्थाको शेयर पूंजी ४.०३ प्रतिशत वृद्धि हुँदै २६ लाख ५ हजार ९ सय पुगेको छ भने निक्षेप १८.५४ प्रतिशत वृद्धि गर्दै ९४ लाख ३२ हजार पुगेको जानकारी संस्थाका सचिव रितु कार्कीले प्रस्तुत गर्नुभयो। कोषाध्यक्ष नानीछोरी प्रधानले वित्तीय वर्ष २०८१/०८२ को वित्तीय प्रतिवेदन पनि प्रस्तुत गरे।
मुख्य अतिथी उपप्रमुख भरत गोपालीले सहकारी संस्थाको सामाजिक र आर्थिक योगदानको महत्त्वलाई स्वीकार गर्दै संस्थालाई अझ बढी सामाजिक क्रियाकलापमा संलग्न हुने आवश्यकता औल्याए। उनले खस्कदै गएको सामाजिक सद्भाव र एकतालाई बढावा दिने र आपसी सहकार्यको वृद्धि गर्ने महत्वका कुरा व्यक्त गरे।
साधारणसभामा उत्कृष्ट कारोबारी सदस्यहरुलाई सम्मानित गरियो। उत्कृष्ट कर्जा तर्फ सर्मिला देउला, माइली तामाङ, सुशीला प्रधान, निरमाया तामाङ, सोनी थोकर र सविता तामाङ, उत्कृष्ट बचत तर्फ गिता गुरुङ लामिछाने, सविना जोशी श्रेष्ठ, सरस्वती जिम्बा, अष्टमाया प्रधान, किशोरी बचत तर्फ एन्ज्योलिना थोकर, रिकृशा प्रधान, रमण आलेमगर, रोहित तामाङ, सेयर तर्फ गोपीनी तामाङ, ललिता प्रधान, सुनमाया घिसिङ लाई सम्मानित गरियो।
साधारणसभाको अवसरमा ६० बर्ष पुरा गरेका १६ जना जेष्ठ महिला सदस्यहरुलाई सम्मानित गरियो। साथै, लामो समयसम्म संस्थाको सल्लाहकारको रूपमा कार्य गर्दै बिदा भएका बारा जितपुर सिमराका शोम बहादुर जिम्बालाइ कदरपत्र सहित सम्मान गरियो।
 लालीगुराँस महिला बहुउद्देश्यीय सहकारी संस्थाले महिलाहरुको आर्थिक र सामाजिक सशक्तिकरणका लागि निरन्तर प्रयास गर्दै आएको छ र आगामी दिनमा थप महत्वपूर्ण योजनाहरू संचालन गर्न प्रतिबद्ध रहेको साधारणसभाले अनुमोदन गरेको थियो।

FB_IMG_1768138706173-1768138720.jpg

world-link-1690434568.jpg
Thaha-word-number-3-17539-1754198439.jpg
Stanpan-weekly-1-1754542401.jpg
khanepani-1759818717.jpg
पालुङ जेसीजको २६औँ पदस्थापना तथा पुरस्कार वितरण सम्पन्न, युवाको नेतृत्व विकासमा सहकार्य गर्न नगरपालिका तयार : उपप्रमुख गोपाली
FB_IMG_1770717081031-1770717114.jpg

पालुङ जेसीजको २६औँ पदस्थापना एवम् पुरस्कार वितरण कार्यक्रम सोमबार सम्पन्न भएको छ। थाहा नगरपालिकास्थित जेसीज...

सिङ्गो बलामी समूह कपुगाउँको साथ उमेद्वार लवशेर बिष्टलाई
FB_IMG_1770559029840-1770559039.jpg

आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिदै गर्दा चुनावी सरगर्मी बढ्न थालेकोछ । उमेदवारहरुलाई मतदाता...

थाहामा निर्वाचन प्रहरीको तालिम जारी, ३४ जना सहभागी
FB_IMG_1770477624635-1770477832.jpg

आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै थाहा नगरपालिकामा निर्वाचन प्रहरीको तालिम सुरु गरिएको छ। नेपाल...

थाहा नगर उद्योग वाणिज्य संघको १० औँ वार्षिक साधारण सभा सम्पन्न
FB_IMG_1770462215362-1770462231.jpg

थाहा नगर उद्योग वाणिज्य संघको १० औँ वार्षिक साधारण सम्पन्न भएको छ। थाहा नगरपालिका स्थित पालुङ बहुउद्देश्यीय...

निर्वाचन : मकवानपुरमा तीन हजारभन्दा बढी कर्मचारी खटिँदै
facebook_1770428223277_74-1770428257.jpg

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुरमा तीन हजारभन्दा बढी कर्मचारी खटिने भएका छन् । दुई वटा...

विद्यार्थीलाई लक्षित तीनदिने ‘माइन्ड एन्ड मोटिभेसनल’ शान्ति तथा ध्यान शिविर सम्पन्न
FB_IMG_1770381936906-1770381962.jpg

बोधिचर्य फाउन्डेसनको आयोजनामा थाहा नगरपालिकामा बृहत शान्ति तथा ध्यान शिविर अन्तर्गत तीनदिने “MIND AND MOTIVATIONAL WORKSHOP”...

थाहा–४ शिखरकोटकी एकल महिला चिनिमैयाँ नेपालीलाई वाईसीएलद्वारा पक्की घर निर्माण गरी हस्तान्तरण
FB_IMG_1770367131593-1770367228.jpg

थाहा नगरपालिका–४, शिखरकोट निवासी एकल महिला आमा चिनिमैयाँ नेपालीको जीर्ण तथा बस्न अयोग्य अवस्थामा रहेको घर...

लवशेर बिष्टको ईन्द्रसरोवर र थाहाको घरदैलोमा शानदार ईन्ट्री:-स्थानीयले भने बिष्ट हाम्रो उमेदवार हो
FB_IMG_1770303743606-1770303780.jpg

आसन्न प्रतिनिधि सभाको निर्वाचन नजिकिदै गर्दा यति खेर सबै पार्टीका उमेदवार घरदैलोमा ब्यस्त रहेकोछ । नेकपा (...

लायन्स बर्ष सम्मान सहित लायन्स र लियो क्लव अफ थाहा पिसको ९ औँ पदस्थापन सम्पन्न
FB_IMG_1770219071079-1770219085.jpg

थाहा नगरमा सामाजिक सेवामा सक्रिय  लायन्स क्लव लायन्स क्लव अफ थाहा पिसको वर्ष २०२५/०२६ का लागि ९ औँ पदस्थापन...