Social-Media-Main-Post1-1759035170.jpg
Thursday, 15 Jan, 2026
nagar-shubha-1759206951.jpg

थाहा नगर

लालीगुराँस महिला बहुउद्देश्यीय सहकारी संस्थाको २३ औं वार्षिक साधारणसभा सम्पन्न

FB_IMG_1768138703028-1768138720.jpg

थाहा नगरपालिका वडा नं. १, ओखरबजारमा २०५९ जेठ २ गते स्थापना भएको लालीगुराँस महिला बहुउद्देश्यीय सहकारी संस्थाको २३ औं वार्षिक साधारणसभा जेसीज हलमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष रिता प्रधानको अध्यक्षतामा आयोजित उक्त साधारणसभामा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली प्रमुख अतिथिका रूपमा उपस्थित थिए।
साधारणसभामा अध्यक्ष रिता प्रधानले संस्थाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महिलाहरुको आर्थिक र सामाजिक स्तरलाई उकास्ने उद्देश्यका साथ विभिन्न आयमुलक कार्यक्रमहरुमा लगानी गर्दै आएको जानकारी दिनुभयो। संस्थाले महिला तथा बालबालिका कार्यालयको सहयोगमा विपन्न महिलाहरुको जीवनस्तर उकास्ने उद्देश्यले तरकारी खेती, पशुपालन जस्ता कार्यक्रमहरु सञ्चालन गरेको छ। अध्यक्ष प्रधानले घरेलु हिंसा पिडित महिलाहरुको लागि सेवाकेन्द्र स्थापना गर्ने, प्राथमिक मनोवैज्ञानिक सहयोग, पारिवारिक र सामुदायिक मनोविमर्श, बाख्रा पालन र कृषि तालिम जस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिवेदन प्रस्तुत गर्नुभयो।
संस्थाको शेयर पूंजी ४.०३ प्रतिशत वृद्धि हुँदै २६ लाख ५ हजार ९ सय पुगेको छ भने निक्षेप १८.५४ प्रतिशत वृद्धि गर्दै ९४ लाख ३२ हजार पुगेको जानकारी संस्थाका सचिव रितु कार्कीले प्रस्तुत गर्नुभयो। कोषाध्यक्ष नानीछोरी प्रधानले वित्तीय वर्ष २०८१/०८२ को वित्तीय प्रतिवेदन पनि प्रस्तुत गरे।
मुख्य अतिथी उपप्रमुख भरत गोपालीले सहकारी संस्थाको सामाजिक र आर्थिक योगदानको महत्त्वलाई स्वीकार गर्दै संस्थालाई अझ बढी सामाजिक क्रियाकलापमा संलग्न हुने आवश्यकता औल्याए। उनले खस्कदै गएको सामाजिक सद्भाव र एकतालाई बढावा दिने र आपसी सहकार्यको वृद्धि गर्ने महत्वका कुरा व्यक्त गरे।
साधारणसभामा उत्कृष्ट कारोबारी सदस्यहरुलाई सम्मानित गरियो। उत्कृष्ट कर्जा तर्फ सर्मिला देउला, माइली तामाङ, सुशीला प्रधान, निरमाया तामाङ, सोनी थोकर र सविता तामाङ, उत्कृष्ट बचत तर्फ गिता गुरुङ लामिछाने, सविना जोशी श्रेष्ठ, सरस्वती जिम्बा, अष्टमाया प्रधान, किशोरी बचत तर्फ एन्ज्योलिना थोकर, रिकृशा प्रधान, रमण आलेमगर, रोहित तामाङ, सेयर तर्फ गोपीनी तामाङ, ललिता प्रधान, सुनमाया घिसिङ लाई सम्मानित गरियो।
साधारणसभाको अवसरमा ६० बर्ष पुरा गरेका १६ जना जेष्ठ महिला सदस्यहरुलाई सम्मानित गरियो। साथै, लामो समयसम्म संस्थाको सल्लाहकारको रूपमा कार्य गर्दै बिदा भएका बारा जितपुर सिमराका शोम बहादुर जिम्बालाइ कदरपत्र सहित सम्मान गरियो।
 लालीगुराँस महिला बहुउद्देश्यीय सहकारी संस्थाले महिलाहरुको आर्थिक र सामाजिक सशक्तिकरणका लागि निरन्तर प्रयास गर्दै आएको छ र आगामी दिनमा थप महत्वपूर्ण योजनाहरू संचालन गर्न प्रतिबद्ध रहेको साधारणसभाले अनुमोदन गरेको थियो।

FB_IMG_1768138706173-1768138720.jpg

world-link-1690434568.jpg
Thaha-word-number-3-17539-1754198439.jpg
Stanpan-weekly-1-1754542401.jpg
khanepani-1759818717.jpg
थाहा नगरपालिकाको १९ औं नगरसभा सम्पन्न
FB_IMG_1768404470682-1768404507.jpg

मकवानपुर थाहा नगरपालिकाको १९औं अधिवेशनले चालु आर्थिक वर्षको हालसम्मको प्रगती समीक्षात्मक प्रतिवेदन बहुमतले...

सुखी भविष्य बचत तथा ऋण सहकारीको १६औँ वार्षिक साधारणसभा सम्पन्न
20260113_123644-1768290635.jpg

थाहा नगरपालिका–शिखरकोटस्थित विकास घरमा सुखी भविष्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारणसभा...

शिखरकोटमा पृथ्वीनारायण शाहको ३०४ औं जन्म जयन्ती र एकता दिवस मनाइयो
FB_IMG_1768144032739-1768144741.jpg

थाहा नगर, शिखरकोट, पौष २७ – राप्रपा थाहा नगर कमिटी र राप्रपा मकवानपुर प्रदेश (क)को आयोजनामा शिखरकोट स्थित कृष्ण...

लालीगुराँस महिला बहुउद्देश्यीय सहकारी संस्थाको २३ औं वार्षिक साधारणसभा सम्पन्न
FB_IMG_1768138703028-1768138720.jpg

थाहा नगरपालिका वडा नं. १, ओखरबजारमा २०५९ जेठ २ गते स्थापना भएको लालीगुराँस महिला बहुउद्देश्यीय सहकारी संस्थाको...

बागेश्वरी कृषि सहकारी संस्थाको ११ औं वार्षिक साधारणसभा सम्पन्न
FB_IMG_1768136296400-1768136314.jpg

थाहा नगरपालिकाको वडा नं. ३ मा स्थित बागेश्वरी कृषि सहकारी संस्थाको ११ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।...

बृत्ति मार्गनिर्देशन सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न
1768134003232-1768134032.jpg

थाहा नगरपालिका अन्तर्गत शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा बृत्ति मार्गनिर्देशन सम्बन्धी प्रशिक्षक...

थाहा नगरपालिकाको हिउँदे अधिवेशन पौष ३० गते हुने
FB_IMG_1743852711198-1768056769.jpg

मकवानपुर थाहा नगरपालिकाको १९औं नगर सभा (हिउँदे अधिवेशन) ३० पुसमा हुने भएको छ । नगरपालिकाले सभा सदस्यहरुलाई सभा...

प्रलोपाका नेता सन्तोष बिष्ट मकवानपुर क्षेत्र नं. २ बाट प्रत्यक्ष उम्मेदवार
InShot_20260110_181123878-1768048179.jpg

मकवानपुर । प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट सन्तोष बिष्ट मकवानपुर क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य...

थाहा दिवस २०८२: बिडारीलाई थाहा पत्रकारिता पुरस्कार, सानोभाई कार्कीलाई तिर्थदास सामाजिक सम्मान
InShot_20260110_133549017-1768031480.jpg

थाहा आन्दोलनका प्रणेता स्वर्गीय रुपचन्द्र बिष्ट (रुदाने) को ९२औँ जन्मजयन्तिको अवसरमा थाहा नगरपालिकामा विविध...